२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ल्याण्डमार्कको स्पेल बी प्रतियोगितामा कान्ति प्रथम

ल्याण्डमार्कको स्पेल बी प्रतियोगितामा कान्ति प्रथम

ल्याण्डमार्कको स्पेल बी प्रतियोगितामा कान्ति प्रथम

ल्याण्डमार्कको स्पेल बी प्रतियोगितामा कान्ति प्रथम

ल्याण्डमार्कको स्पेल बी प्रतियोगितामा कान्ति प्रथम
शनिवार, माघ १७ २०८२
शनिवार, माघ १७ २०८२
  •  बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविले जितेको छ । ल्याण्डमार्कले शनिबार बुटवलमा आयोजना गरेको प्रतियोगितामा २३ वटा विद्यालयलाई पछि पार्दै उपाधि विजेता कान्ति माविका विद्यार्थीले नगद २० हजार पुरस्कार प्राप्त गरेका छन् । 
    प्रतियोगी विद्यालयहरुबाट कक्षा ११ र १२ मा अध्ययनरत उत्कृष्ट ५÷५ जना विद्यार्थीहरु बीच अँग्रेजी शब्दको स्पेलिङ भन्ने यो प्रतियोगितामा मणिमुकुन्द कलेज द्वितीय तथा न्यू होराईजन माध्यमिक विद्यालय तृतीय हुँदै क्रमशः १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका ल्याण्डमार्क बुटवल शाखा प्रमुख सागर बस्यालले जानकारी दिए । विद्यार्थीमा अध्ययन गर्ने बानीको बिकास तथा शैक्षिक संस्थाहरुबीच आपसी सम्बन्ध बिस्तार गर्ने उद्देश्यसहित तेस्रो संस्करणको रुपमा यो प्रतियोगिता सम्पन्न गरिएको बस्यालले बताए । 
    प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई तिलोत्तमा क्याम्पसका पूर्व प्रमुख प्रा.डा. आरसी आचार्य,  न्यू होराइजन माविका सह–प्राचार्य इन्द्र भुसाल र ल्याण्ड मार्कका सञ्चालक तथा इम्पेरियल वल्र्ड स्कुल काठमाण्डौंका सञ्चालक कुमार कार्कीले पुरस्कार वितरण गरेका थिए । 
    अस्ट्रेलिया तथा नेपालका ५ शहरमा शाखा कार्यालय रहेको ल्याण्डमार्कले अस्ट्रेलिया, क्यानडा, यूके र यूएस जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको छ । वार्षिक १ हजार बढी विद्यार्थीलाई परामर्श सेवा प्रदान गरी विदेश अध्ययनका लागि पठाउने गरेको यस संस्थाले आर्थिक रुपमा कमजोर विद्यार्थीलाई विदेश अध्ययनका लागि ऋण लगानी आवश्यक परेमा समन्वय समेत गर्ने गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij