२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रवि–जीबीलाई उन्मुक्ति दिँदाको जोखिम

रवि–जीबीलाई उन्मुक्ति दिँदाको जोखिम

रवि–जीबीलाई उन्मुक्ति दिँदाको जोखिम

रवि–जीबीलाई उन्मुक्ति दिँदाको जोखिम

रवि–जीबीलाई उन्मुक्ति दिँदाको जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • वित्तीय कारोबारको निगरानी गर्ने अन्तर्राष्ट्रिय मञ्च ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को ‘ग्रे–लिस्ट’ बाट बाहिरिन दिएको दुई वर्षमध्ये एक वर्ष सकिएको छ । आगामी एक वर्षभित्र तीव्र गतिमा सुधारका काम गरेर बाहिर निस्कुनपर्ने चुनौतीपूर्ण काममा लाग्नुको साटो सरकार आफ्नै गतिमा बेलगाम घोडा झैं अघि बढेको छ । चुनावी सरकारका गैरजिम्मेवार क्रियाकलापको मार मुलुकले व्यहोर्नुपर्ने जोखिम छ ।


    रवि लामिछानेलाई उन्मुक्ति दिन जीबी राई समेत दजनौको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने सुशीला कार्की सरकारको निर्णय गैरजिम्मेवार मात्रै होइन, यो मुलुकप्रति गरेको बेइमानी हो । त्यसो त यो सरकारलाई सुरुदेखि नै आलोचकहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार भन्दै आलोचना गर्दै आएका छन् । घोषित रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार नभए पनि मन्त्रिपरिषद्मा सहभागी पात्रहरू धमाधम राजीनामा दिएर रास्वपाबाट चुनाव लड्न मैदानमा उत्रेका छन् । सरकारले रविलाई उन्मुक्ति दिन अरूलाई पनि माफी दिने निर्णय गर्छ । रविलाई उन्मुक्ति दिन २१ अर्ब रुपैयाँको सम्पत्ति शुद्धिकरणको मुद्दालाई आँखा चिम्लिदा मुलुकमाथि के संकट आइपर्छ भन्ने हेक्का पटक्कै भएन् ।


    गत वर्ष  नेपाल ‘ग्रे–लिस्ट’ मा परेसँगै त्यसबाट बाहिरिन एफएटीएफले दिएको कार्ययोजनाअनुसार काम गर्नुको साटो उल्टो बाटो हिंड्दा मुलुकलाई पर्ने हेक्का नहुने सरकारले सुशासनको चर्को कुरा गरेर नागरिकलाई उल्लु बनाउने काम गरेको छ । सुशासनको सवालमा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि कुनै दबाब दिएर वा बाध्य पारेर मात्रै गर्नुको साटो नियमित प्रक्रियाका रूपमा गर्नु अनिवार्य छ । यी सुधार अरूलाई देखाउनका लागि नभई नागरिकप्रतिको जवाफदेहीका लागि हो भन्ने बुझ्नुपर्छ ।  पछिल्लो एक वर्षमा केही सुधार भएको र अबको एक वर्षभित्र बाँकी सबै सुधारका काम पूरा गर्नुपर्ने आवश्यकता अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् ।


    तर समग्र सुधारको विषय आउँदा रवि लामिछाने, जीबी राईसहितको सम्पत्ति शुद्धिकरणको मुद्दा किन फिर्ता लिइयो ? यो प्रश्नबाट अर्थमन्त्री बाहिर निस्कन पाउँदैनन् । त्यसो त महान्याधिवक्ता कार्यालयले रविरहितको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्ताको निर्णय कार्यान्वयन गर्न अदालत हच्किएको छ । अदालत यो अडानमा कायमै रहे मुलुकको बचेखुचेको प्रतिष्ठा जोखिएला । मुद्दाको किनारा अदालतले लगाउने हो । अदालती प्रक्रियाको सामना गर्नै नपर्ने अवस्थाको श्रृजना गरेर मुलुकलाई अँध्यारो सुरूङतिरको यात्रामा हिंड्ने हकर्त बन्द गर्न जरूरी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij