एच.के. श्रेष्ठ
सबैलाई सुन्दर बन्ने रहर जाग्छ । सबैले आफूलाई , आफ्नो मान्छे, आफ्नो स्वामित्वको भौतिक अभौतिक चिजहरु, सामानहरु आदि सुन्दर नै लाग्छ । त्यसो भए के होत सुन्दर, के होत कुरुप ? बडा जटिल छ बुझ्न । सौन्दर्यशास्त्रको गर्भबाट आएको ‘सुन्दरता’ अप्रत्यक्ष रुपमा देवी देवताको उत्पतिदेखि नै अनुशरणको तत्व बनेको थियो । मानव समाजको उत्पत्ति र विकाससँगसँगै सुन्दरताको अनुभूतिहरु तीव्र रुपमा घनिभूत हुन थाल्यो । सुन्दरताले सौन्दर्य विज्ञानसँग जोडिएको तात्विक विषय भएता पनि यो रहस्यात्मक छ । यसको बुझाइ क्षेत्र कनोटेटिभ र श्रृंखलाबद्धको छ । मानव युगको अगावै देवदेवताको युगमा नै सुन्दरताले महत्व बोकेको भेटिन्छ । हाम्रो हिन्दु धार्मिक कथामा जस्तै ग्रिक पौराणिक कथामा पनि सुन्दरताको देवी ‘भेनस’ र परी ‘हेलेन’ र साइकेलाई मान्दै आएको तत्यले पनि सुन्दरताले प्राथमिकता पाएको अनुभूति हुन्छ ।
सुन्दारतालाई बहुआयामिक कोण र दृष्टान्तबाट लिनु पर्ने र बुझ्नु पर्ने हुन्छ । यसलाई बुट्ने प्रस्पेकिटभहरु साधारण र दार्शनिक ढङ्गले हुनसक्छ । बाह्य र आन्तरिक हुनसक्छ र वास्तविक र आर्टिफिसल हुनसक्छ । कस्मेटिक र प्राकृतिक हुन सक्छ । वैयत्तिक र वश्विव्यापी हुनसक्छ । मानवीय र प्रकृतिक हुनसक्छ । भौतिक र मानसिक अर्थात् शारीरिक बौद्धिक हुन सक्छ । अझ सुन्दरताको कडी ‘रुप’ र ‘सार’ हुन सक्छ । त्यस्तै सुन्दरता ठाउँ, समय परिस्थिति जन्य हुन सक्छ ।
आजको युग विशेषप गरी आधुनिक युगको सुरुवात यतासुन्दरताको क्षेत्र अति नै फराकिलो हुँदै आएको छ । सामान्य अर्थमा हरेक व्यक्ति चाहे सग्लो वा लाटो गाँडो जस्तो सुकैलाई पनि बाह्य सुन्दरताको मोह छ । मान्छेहरु नुहाउने, कपाल कोर्न, तेल लगाउने, चुरा पोते तथा विभिन्न थरिका कस्मेटिक तत्वहरु प्रयोग गर्ने, पाउडर दल्ने, कपाल परंगाउने, लत्ता कपडा फेर्ने, चस्माको पारखी बन्ने, स्टाइल स्टाइलले हिंड्ने, प शरीर हल्लाउने, बोलि बिगारेर बोल्ने, गीत गुनगुनाउने आदि आदि गतिविधि गर्छन्, सबैले । अझ आजकलत सुन्दरताको कैयौँ अनौपचारिक प्रतियोगिता हुन्छन्, जहाँ मनोवैज्ञानिक विजयको निम्ति पहल भइरहन्छ भने औपचारिक रुपमा पनि संस्थागत रुपमा नै ‘मिस नेपाल’ ‘मिस वल्र्डस ‘मिस ट्यालेन्ट’ जस्ता ब्युटी कन्टेस्ट नै हुने गरेको छ । यद्यपि सुन्दरताको मापन सुन्दरता मापन गर्ने विषय नै होइन र मापन गर्न नै सकिन्न र पनि यो मापन गर्ने प्रयास भएको देखिन्छ । सुन्दरता निम्ति मान्छेले ठुलो धन राशी पनि खर्च गर्न तैयार देखिन्छ । तर यि सब बाह्य तथा भौतिक वा शारीरिक सुन्दरताको क्षेत्रमा पर्दछ ।
यस्तो खाले सुन्दरताको सुजबुझले बाह्य आँखा वा भौतिक आँखाको माग गर्दछ । तर सुन्दरता यति मात्र होइन जसको आयमहरु धेरै छ । जुन माथि चर्चा गरे झँै सुन्दरता आँखा आँखामा फरक वस्तु हो । दार्शनिक दृष्टान्त अर्कै छ, सुन्दरतालाई बुट्ने । दार्शनिक हिसाबले घोल्लिंदा हरेक वस्तु, हरेक चीज( सामान, रंग, तत्व, कपडा, मान्छे वा जे जति पनि छ यो संसारमा सबै सुन्दर छ पनि सुन्दर छैन पनि अथवा यसो भन्न सक्छ, सुन्दर छ वा राम्ररो छ भने सबै छ नभए केही पनि छैन र कोही पनि छैन । हामीले के बुझ्न जरुरी छ भने यदि एउटै मात्र अर्थात केहि निश्चित मात्र वस्तु, रंग, चीज, मान्छे वा त्यस्तै अरु सुन्दरताको लेवलमा पर्ने हो भनेत यो विश्व ब्रम्हाण्ड नै चल्दैन । सबैले त्यही सुन्दर वस्तुलाई मात्र रोज्ने र खोज्ने र परिस्थित आउँथ्यो । सबैले सुन्दरताको दायराभित्रको मान्छेलाई मात्र पछ्याउँथ्यो । जसले गर्दा समाज सञ्चालनमा, इको सिस्टमा र सिंगो कृत्रिम तथा प्रकृतिक वातावरणमा नै असर पर्दथ्यो । समास्या खडा हुन्थ्यो । तर्सथ आ–आफ्नो ठाउँमा सबैमा सुन्दर छ भनेर बुझ्नु पर्ने हुन्छ ।
यसैले विश्वमा विद्यमान हरेक वस्तु र मान्छेको सह–अस्थित्व छ । सबैको प्रयोग भएको छ । सबैको मूल्य मान्यता छ र समाज सञ्चालन भएको छ, सुन्दरताको मूल्य नजर र दृष्टिकोण, आवश्यकता, ठाउँ, समय र परिस्थितमा भर पर्ने हुनाले सबै वस्तु र मान्छे सन्तुलनमा छ । उदाहरण लिउँ अँध्यारोमा गर्ने कार्यहरु मस्त निदाउन, यौन सन्तुष्टी लिन, फिल्म हेर्ने, चोर्ने, डकैडी गर्न इत्यादिको लागि अँध्यारो नै सुन्दर हुन्छ भने कतिमय उज्यालोमा गर्नु पर्ने कार्यको लागि उज्यालो सुन्दर । त्यस्तै कुनै बेला राजका शालिक र स्मारकहरु सुन्दर दरबारहरु सुन्दर भने आज २१औँ शताब्दीमा शहीदहरुको शालिक स्मारकहरु सुन्दर । जाडोमा ताप, राप र घाम सुन्दर भर्ने गर्मीमा चिसो वातावरण अर्थात् चिसो हावा सुन्दर, विद्यार्थीको लागि प्रभावकारी पढाइ सुन्दर; कर्मचारीको लागि सन्तोषजनक तलव सहितको जागिर सुन्दर । व्यापारिक लागि अधिकतम मुनाफा सुन्दर, हाकिमहरुको लागि प्रमोसन । अतिथिहरुको लागि आसनग्रहण सुन्दर, नेताहरुको लागि भाषण सुन्दर । नोकरहरुलाई माया दिने र आरम दिने मालिकहरु सुन्दर त मालिक वर्गलाई अहोरात्र काममा दलिने नोकर चाकर सुन्दर । अगाएकाहरुलाई भोज सुन्दरत भोकाहरुलाई पेट भर्ने खाना सुन्दर घरवारविहीन सडक छापहरुलाई बास ओत लाग्ने झुप्रो सुन्दर त पुँजीपतिहरुलाई महल र बंगाला सुन्दर ।
त्यस्तै तिर्थ यात्रीहरुलाई धार्मिक स्थल सुन्दर, पुजारीहरुलाई भेटी सुन्दर, ड्रग एडिकहरुलाई ड्रग सुन्दर, किसानहरुलाई सिँचाइ सुन्दर, उद्योग पतिहरुलाई उत्पादनको अत्यधिक खपत, दलहरुलाई सत्ता सुन्दर, मजदूरलाई भत्ता, सकुम्बासीलाई भूमि, सरकारलाई मन्त्रीको कुर्सी, सुन्दर प्रमीकालाई प्रेमी तथा प्रेमीलाई प्रेमीका, यौन दुराचारीलाई करणी सुन्दर, दार्शनिकलाई दर्शन त साहित्यकारलाई पाठक, धर्मभक्तहरुलाई धर्म सुन्दर हुन्छ भने समालोचकहरुलाई समीक्षा इत्यादि । यस ढंगले सुन्दर अन्तरनिहित महत्वमा रहेको हुन्छ । यसो पनि हो एक जनालाई सुन्दर लागेको वस्तु वा मान्छे अर्को ठाउँमा र अर्को मान्छेलाई सुन्दर नलाग्न सक्छ । सुन्दरता अभाव र आवश्यतामा पनि भर पर्छ । तर्सथ यो व्यक्ति र युनिभर्सल महत्वको हुन्छ । यसो पनि हो उक्त ठाउँमा सुन्दर भएको र एक जनालाई सुन्दर लागेको वस्तु वा मान्छे अर्को ठाउँमा र अर्को मान्छेलाई सुन्दर नलाग्न सक्छ । सुन्दरता अभाव र आवश्यकतामा पनि भर पर्छ । यसर्थ यो व्यक्ति र युनिर्भल महत्वको हुन्छ । राजनैतिक भाषामा र दृष्टान्तमा पनि ‘सुन्दरता फरक पक्ष हो । माक्र्सवादी र बर्जुव सुन्दरताको दुई क्याटागोरीमा हेर्न सकिन्छ । माक्र्सवादी ‘सुन्दरता’ को मान्यता अनुरुप ‘सार’ (इसेन्स्) पक्ष र बुर्जुवा ‘सुन्दरता’ मा ‘रुप’ (फर्म) पक्षको स्थान हुन्छ । माक्र्सवादीले जनताभित्र वा समानभित्र अन्तरनिहित वास्तविक पीडा, दर्द, मर्म र वेदनाको विषय वस्तुको प्रस्तुतिमा सुन्दरता भेटिन्छ भने बुर्जुवा दृष्टान्तमा बाह्य रुप रंग रोगन् तडक, भडक, श्रृंगार पटार पर्दछ । बर्जुवा सुन्दरता कृत्रिम तथा आटिफिसल सुन्दरताअन्तरगत पर्दछ । शारीरिक सुन्दरता बाह्य हो । भने अर्को ‘सुन्दरता’ बौद्धिक सुन्दरता हो । यसलाई अंग्रेजीमा इन्टलेक्चुयल बयटी (Intellectual Beauty) भनिन्छ । इनलेक्चुयल ब्युटीभित्री सुन्दरता हो । कुनै पनि मान्छे पूर्ण सुन्दर हुनको लागि शारीरिक र बौद्धिक दुवै सुन्दरताको आवश्यकता पर्छ । यदि जो कसैमा एउटा पक्षको मात्र अभाव छ भने त्यो पूर्ण सुन्दर होइन । यदि मान्छेमा बौद्धिक दुवै सुन्दरताको अभाव भयो भने त्यसले आफैँमा ठूलो ध्वंस निम्त्याउँछ । ग्रिक पौराणिक मान्यताअनुसार ‘हेलेन’ विश्व सुन्दरी परी हुन् । उनमा शरीरिक सुन्दरताले विश्व जितेको थियो, ता पनि बौद्धिक सुन्दरताको अभावले दश वर्षसम्म ट्रोजन युद्ध भयो, उनी ट्रोयको राजकुमार पेरिससँग पोइल जानाले । जहाँ उनैको कारण भयंकर धनजनको क्षति भयो । इन्टलेक्चुयल सुन्दरताको जिज्ञाषालाई अझ खोतल्दा बौद्धिक सुन्दरता त्यास्तो हो जसले उच्चतम विवेक र मानसिक फ्याकल्टीको अधिकतम अभ्यासपश्चात् सही र गलत, असल र खराब, न्यायिक र अन्याकि, सत्य र असत्य यर्थात्को सही पहिचान गरी सृजनात्मक ढंगले जीवन निर्देश गर्दछ ।
यस्तो सुन्दरता समाजको सुन्दर सम्पत्ति हुन्छ, सुसंस्कृतिक आन्दोलन हुन्छ र सभ्यास बन्दछ । यस सिलसिलामा प्राचीनकालीन ग्रिसमा जन्मेका एक बहुप्रतिभाशाली, सागर दार्शनिक शुक्ररातलाई उदाहरणीय रुपले लिन सक्दछौ । उनी शारीरिक रुपमा नमिलेको शरीर, उछिट्टिएको भुँडी, पुड्के, थेप्चो नाक भएको कुरुप व्यक्ति थिए । तर बुद्धि विवेक र प्रतिभाको मामिलामा विश्व सुन्दर नै थिए । आज संसारले उनैको वौद्धिक योगदानलाई ससम्मान लिइ रहेको छन । यस्तै अन्य थुप्रै व्यक्तिहरु छन् । शारीरिक रुपमा कुरुप र बौद्धिक रुपमा अत्यन्त सुन्दर बेलायति लेखन तथा विश्व साहित्यकार जोन किट्स रुषी रास्पुटिन, लियो टोल्स्टोय, अमेरिकी अन्धी, बाहिरी र लाटी हेलेनकेलर रुषी साहित्यकार म्याक्सिम गोर्की मदर टेरेसा जर्मेकाको बब मार्ले, ग्रिक दार्शनिक प्लेटो क्युवाका चेग्वेभारा आदि जस्ता महान बौद्धिक प्रतिभाहरुले बौद्धिक योगदानले विश्वमा बौद्धिक सुन्दरताको आयाम थपेका थिए । उबचब अजबलनभ यि विविध दृष्टान्तहरुको वाबजुद ‘सुन्दरता’ ‘इस्थेटिक मोभ्मेन्टको रुपमा १९औँ शताब्दीमा युरोमा चलेको थियो । ग्रिक पदावाली ‘बभकतजभतभ’बाट आएको शब्दपछि इस्थेटिसिजम्को रुपमा चल्यो । सुन्दरता र स्वादको सिद्धान्तलाई अंगाल्दै अगाडि बढ्यो । खासगरी यस्तो आन्दोलन कला, म्यूजिक र साहित्य सुन्दरतर्फ समर्पित थियो । मुख्य हेडक्वार्टर फ्रान्स भएको यो आन्दोलन ‘कला’ कलाको लागि भन्ने अवधारणातर्फ उदत थियो । जर्मन दार्शनिक कान्ट, बेलायती एड्गर अलन पो, वोडेलियर, फ्लोवर्ट, मलार्मे, वाल्टर पेटरहरुको नाम यस आन्दोलनमा अगाडि आउँछ ।
जे होस् सौन्दर्य शास्त्र र सौन्दर्यतालाई दार्शनिक रुपमा बुझ्दा हरेक, हरेक वस्तु र मान्छेमा निहित हुन्छ । यो अब्सोलुट नभएर रिलेटिभ सापेक्षित हुन्छ । सुन्दरता हेराइमा भर पर्ने तथा समय, स्थान रर परिस्थिति केन्द्रित हुन्छ । कुनै पनि चीज सुन्दर छैन कुनै पनि चीज कुरुप छैन । आवश्यक्ताले पनि सुन्दरताको निधो गर्दछ । शारीरिक र बौद्धिक सुन्दरता नै पूर्ण मानिन्छ । सुन्दरतालाई ‘रुप’ र ‘सार’ मा हेर्ने सकिन्छ । यो दृष्टिकोण जन्य उपज हो र एक आत्मारति वा आत्मा सन्तुष्टी मात्र हो । सुन्दरता एकजना आनी कलाकारको गीत जस्तो ‘पूmलको आँखामा पुूलै संसार काँडाको आँखामा काँडै संसार’ !




