२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रैनादेवी छहरा गाउँपालिकाले  पाठेघर मुखको क्यान्सर रोक्न  छात्राहरुलाई एच पि भि खोप लगाउने

रैनादेवी छहरा गाउँपालिकाले  पाठेघर मुखको क्यान्सर रोक्न  छात्राहरुलाई एच पि भि खोप लगाउने

रैनादेवी छहरा गाउँपालिकाले  पाठेघर मुखको क्यान्सर रोक्न  छात्राहरुलाई एच पि भि खोप लगाउने

रैनादेवी छहरा गाउँपालिकाले  पाठेघर मुखको क्यान्सर रोक्न  छात्राहरुलाई एच पि भि खोप लगाउने

रैनादेवी छहरा गाउँपालिकाले  पाठेघर मुखको क्यान्सर रोक्न  छात्राहरुलाई एच पि भि खोप लगाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २० २०८२
मंगलवार, माघ २० २०८२
  • कृष्ण पोखरेल/ पाल्पा ।रैनादेवी छहरा गाउँपालिकाले २१० जना छात्रालाई  पाठेघर मुखको क्यान्सर रोक्न एच पि भि खोप लगाउने भएको छ । यही माघ २५ गते देखी फागुन २ गते सम्म पालिका भित्रका ८ वटै वडाका कक्षा ६ मा अध्यन गर्ने छात्राहरुको लागी पाठेघर मुखको क्यान्सर बाट बचाउन एच पि भि खोप लगाउने भएको हो ।

    पालिका भित्रका २८ वटा विधालयका २०९ जना छात्रा र गत बर्ष छुटेको १ जना छात्रा गरी २१० जनालाई एच पि भी खोप लगाईने भएको हो । गाउँपालिका स्वास्थ्य शाखाले ८ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई खोप सेवा संचालन कार्यनिती, कार्ययोजना, आईपर्ने जोखिम तथा कठिनाईन, समन्वय, सहकार्यको बारेमा प्रशिक्षण दिएको छ ।


    प्रशिक्षण कार्यक्रममा गाउँपालिका समाजिक विकास समितीका सभापती प्रदिप पौडेलले पालिका भित्र एच पि भी खोप प्रभावकारी रुपमा संचालनको लागी जनचेतना, समन्वय, सहकार्यमा जनप्रतिनिधीहरुको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । एचपिभी खोपलाई  पाठेघरमा हुने क्यान्सर रोकथामको सबैभन्दा सुरक्षित र प्रभावकारी उपायका रूपमा रहेकोले छात्राहरुले ढुक्क भएर लगाउनु अनुरोध गरे ।  एच पि भी खोपको लागी नेपाल सरकारले ठुलो लगानी गरेकोले मौकाको फाईदा उठाउन सभापती पौडेले आग्रह गरे ।


    नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुख (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । चिकित्सकहरूका अनुसार यस क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) संक्रमण हो । यही संक्रमणबाट जोगिन एचपिभी खोप नेपालका लागि अत्यन्तै महत्वपूर्ण र आवश्यक बन्दै गएको छ । नेपालमा प्रत्येक वर्ष सयौँ महिलामा यो क्यान्सर देखिने र धेरैको अकालमै ज्यान जाने गरेको तथ्यांकले देखाउँछ ।

    विशेषगरी ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई यौन सम्पर्क सुरु हुनुअघि खोप लगाउँदा बढी प्रभावकारी हुने मानिन्छ । त्यसैले विद्यालय उमेरमै खोप कार्यक्रम सञ्चालन गर्नु अत्यन्त जरुरी रहेको रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विबेक रणपाल परियारले बताए ।

    एचपिभी खोपले लगाउनाले  छात्राहरुमा भविष्यमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरको जोखिमबाट बचाउने,  दीर्घकालीन स्वास्थ्य समस्या रोकथाम गर्ने, महिलाको जीवन रक्षा र जीवनस्तर सुधार गर्ने, स्वास्थ्य उपचारमा लाग्ने खर्च घटाउने, देशको समग्र स्वास्थ्य सूचकांक सुधारमा सहयोग पुर्याउने रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जिवन रानाले बताए ।


    नेपाल सरकारले गत बर्षदेखी एचपिभी खोपलाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा खोप अभियान सञ्चालन गर्दै आएको छ ।

    केही जिल्लामा विद्यालय लक्षित कार्यक्रममार्फत किशोरीहरूलाई निःशुल्क खोप प्रदान गरिएको छ । एचपिभी खोपबारे जनचेतना अभाव, सामाजिक भ्रम र जानकारीको कमीका कारण खोप लिन हिच्किचाउने अवस्था देखिन्छ ।

    त्यसैले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्ने  पालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको  छहरा स्वास्थ्य चौकीका  मेडिकल अधिकृत डा शिसिर कुमार पटेलले बताए ।  खोपको प्रभावकारीका शत प्रतिशत रहेको, कहि कतै खोपको कारण नभई अन्य कारण बाट छात्रामा साईड इफेक्ट परेमा नआत्तिन चिकित्सक पटेलले अनुरोध गरे ।


    प्रशिक्षणमा सहभागी स्वास्थ्यकर्मीहरुले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निति नियम र प्रोटोकलमा रहेर निर्धारित समय भित्रै एच पि भी खोप संचालन गर्ने प्रतिवद्धता जनाएका छन । महिलाको स्वास्थ्य सुरक्षा र सर्भाइकल क्यान्सर जस्तो प्राणघातक रोगको रोकथामका लागि एचपिभी खोप महत्वपूर्ण हुने देखिन्छ । यो खोपको बजार मुल्य प्रति डोज ६ हजार ५ सय रुपैया रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij