२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निपाह भाइरसको संक्रमण

निपाह भाइरसको संक्रमण

निपाह भाइरसको संक्रमण

निपाह भाइरसको संक्रमण

निपाह भाइरसको संक्रमण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • मलेशियामा २६ वर्षअघि देखिएको निपाह भाइरसले अहिले अरू मुलुकलाई सताएको छ । पहिलोपल्ट भाइरस भेटिएको मुलुक अहिले भाइरस मुक्त छ, तर त्यहाँबाट भाइरस विभिन्न मुलुक घुम्दै भारतसम्म आइपुगेको छ । नेपाल–भारत खुला सीमाका कारण नेपाल पनि उच्च जोखिममा छ । चीनमा भेटिएको कोभिड भाइरस पनि भारत हुँदै नेपालमा आइपुगेको थियो ।


    नेपालमा कुनै महामारी नियन्त्रणको पूर्व तयारीभन्दा पछिको प्रतिकार्यमा ध्यान जान्छ । महामारी नियन्त्रणको पूर्व तयारी कमजोर भएको मुलुकमा यस्ता महामारीले जोखिम निम्त्याउने हुन् । भारतको बंगालमा भाइरस भेटिएकोले यहाँ पनि आउने जोखिम छ । सर्तकता अपनाउनुपर्नेछ । संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सर्तकता अपनाएको जानकारी दिएको छ । तर त्यो सर्तकताको व्यवहारिक पाटो कमजोर छ । पूर्व तयारी र प्रतिकार्य कमजोर छ । संक्रमित क्षेत्रबाट आउने व्यक्तिलाई निगरानी गर्ने र संक्रमण फैलिन नदिन सर्तकता अपनाउन प्राथमिकता दिनुपर्छ । संक्रमणदर कमजोर भएपनि संक्रमण भएपछि मृत्यु दर उच्च रहेकोले नागरिकको ज्यान बचाउन राज्यको संवेदनशिलता बढी हुनुपर्छ ।


    चमेरो, सुँगुर, घोडा वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले यी तीन चिजहरूलाई मध्यनजगर गरेर आम नेपाली नागरिकलाई पनि निपा भाइरस संक्रमण फैलिएको ठाउँबाट आउने मानिसलाई केही समय क्वारेन्टाइनमा रहने व्यवस्था गरिएको छ । कोभिड महामारीमा क्वारेन्टाइनमा नबसेका कारण महामारी गाउँ–गाउँ फैलिएको थियो । त्यसैले क्वारेन्टाइनमा बसाल्नका लागि स्थानीय तहले काम गर्नुपर्छ । यस्ता महामारीबाट नागरिकको जीवन बचाउने तहगत सरकारको संयोजनबाट मात्रै सम्भव छ ।
    भारतमा जंगल डुलेर फलफूल खाने समुदाय छन् । नेपालमा भने त्यस्तो समुदाय छैन । तसर्थ चमेरोबाट समुदायसम्म निपाह भाइरस पुग्ने जोखिम कमै रहेको देखिन्छ । यहाँ सुँगुरबाट सर्ने जोखिम छ । सुँगुरसँग मान्छेको सम्पर्क सहजै हुने भएकाले कुनै कारणवश सुँगुर मरेमा मृत्युको कारण खोज्नुपर्छ । सुँगुरको मृत्यु भएमा प्रहरी वा स्थानीय तहलाई खबर गर्नुपर्छ । र, मृत्युको खोजी हुनुपर्छ ।


    मलेशियाले निपाहा भाइरस नियन्त्रण गर्न १० लाख सुँगुर नष्ट गरेको थियो । यो कठोर निर्णय कार्यान्वयन गर्न नागरिकले जुनस्तरको सहयोग गरे, त्यसपछि नै मलेशियामा त्यसपछि निपाहा भाइरसको संक्रमण छैन । यहाँ पनि निपाहा भाइरसको संक्रमण नियन्त्रण गर्न राज्यले चालेका कदमप्रति नागरिकको सहयोग आवश्यक छ । कोभिड महामारी राज्यको प्रयासले मात्रै नियन्त्रण भएको होइन्, राज्यको पहलकदमीमा आम नागरिकको सहयोगबाट मात्रै सम्भव भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij