२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जसरी पनि स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्नेतिर लाग्छौं : प्रधानमन्त्री

जसरी पनि स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्नेतिर लाग्छौं : प्रधानमन्त्री

जसरी पनि स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्नेतिर लाग्छौं : प्रधानमन्त्री

जसरी पनि स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्नेतिर लाग्छौं : प्रधानमन्त्री

जसरी पनि स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्नेतिर लाग्छौं : प्रधानमन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धी समस्या तत्काल समाधान गर्ने बाटोतिर लाग्ने प्रतिबद्धता जनाएकी छिन् ।

    बुधबार सम्बन्धित पक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने प्रतिबद्धता जनाएकी हुन् । साथै, उनले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताइन् ।

    ‘अर्थमन्त्री टुर (भ्रमण) मा हुनुहुन्छ । उहाँ आएपछि यसो बसेर छलफल गरेर ऋणपान गरेर हुन्छ कि, खोजेर हुन्छ कि । मान्छेले अनिकाल भयो भने के हुन्छ रु छोराछोरीको माखामुन्द्रा तानतुन पारेर भएपनि झिटीझाम्टा बेचेर भएपनि काँसमा थाल रहेछन् भने बरु सिलेवरमा खाएर बेचेर पनि गर्छ । त्यसैले केही उपाय त गर्नुपर्छ । नगरी त हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

    गरिव वर्गलाई, अपांग, अशक्तलाई लगायतका कमजोर मानिसहरुका लागि सो कार्यक्रम भएकाले उनीहरुको हित हुनेगरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

    ‘स्वास्थ्य बीमा कार्यक्रमलाई नियमन गर्न जरुरी छ । १६ लाखको दुस्खी, गरिब असहाय सबैलाई सडकमा बसेका गरिब विपन्न वर्ग, त्यसपछि अल्पसंख्यकहरू, अब त्यस्तोलाई दिने हो भने त्यो हिसावबाट एकद्वारबाट जानुपर्‍यो,’ प्रधानमन्त्री कार्कीले अघि भनिन्, ‘पैसा पनि गइराखेको छ, उपचार पनि पाइराखेको छैन । कहाँ के भएको हो रु अब त्यो त ठिक भएन,’ उनले भनिन् ।

    प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बीमाका लागि आवश्यक  बजेटको व्यवस्था गर्ने पनि बताएकी छिन् ।

    ‘यसरी लथालिंग कसैलाई व्यापार र कसैलाई अपार गरेर अनि पाउने मान्छे चाँही केही नपाउने गरेर त्यो गरेर हामीले यसलाई छाडा रुपमा चाँही राख्नु हुँदैन,’ प्रधानमन्त्रीको भनाइ छ, ‘त्यसलाई एउटा नियमपूर्वक दिनुपर्छ भन्ने मलाई लाग्दछ । आजको कार्यक्रम यही कुराको सुचित होस सम्भवत हामी ढिलो गर्दैनौ होला । मिटिङ गरेर, जे गरेर हुन्छ । अर्थमन्त्री बाहिर भएको हुनाले हामी बसेर छलफल गरेर यसलाई हामी सुधार्नेमा जान्छौं । जसरी पनि यो समस्या समाधान गर्नेतिर जान्छौं ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij