२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिब्बती गतिविधि नियन्त्रण नगर्दा पर्ने जोखिम

तिब्बती गतिविधि नियन्त्रण नगर्दा पर्ने जोखिम

तिब्बती गतिविधि नियन्त्रण नगर्दा पर्ने जोखिम

तिब्बती गतिविधि नियन्त्रण नगर्दा पर्ने जोखिम

तिब्बती गतिविधि नियन्त्रण नगर्दा पर्ने जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • धार्मिक प्रवचनका लागि भन्दै तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछेको नेपाल आगमन र सरकारको उच्च सुरक्षा व्यवस्थापनलाई लिएर प्रश्न उठेको छ । यो विषयमा चीनले कूटनीतिक तहबाट असन्तुष्टि जनाएको बताइए पनि स्वतन्त्र पुष्टि भएको छैन । जोनाङको आगमनलाई लिएर जुन राजनैतिक र कुटनीतिक तरंग पैदा भएको छ, यसले छिमेक सम्बन्धलाई असर गर्ने देखिन्छ ।


    सन् १९७० मा तिब्बतमा जन्मेका धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछेको नाम तुल्कु छोकी नाङपा रिन्पोछे हो । सन १९९३ देखि रिन्पोछे भारतमा बस्न थालेका उनी रिन्पोछे जोनाङ गुम्बा विश्वविद्यालय र भारतको शिमला तथा धर्मशालास्थित कालचक्र ध्यान केन्द्रमा अध्यापन गर्छन् । दलाई लामाबाट दिक्षित यी धर्म गुरुका गतिविधिप्रति उत्तरी छिमेकी चीनले प्रश्न उठाउनु नेपालको विदेश नीतिप्रति अविश्वास उब्जनु हो ।नेपालमा जेनजी आन्दोलनमा स्वतन्त्र तिब्बत पक्षधर समूहको सहयोग रहेको भन्ने दावीलाई सुशीला कार्की प्रधानमन्त्री हुँदा भारतमा निर्वासित दलाई लामा सरकारले बधाई दिएको घटनाले बल पु¥याएको छ । दलाई लामाको सरकारले विगतमा नयाँ प्रधानमन्त्री नियुक्त हुँदा बधाई दिएको थिएन् । अहिले तत्काल बधाई दिएर उसले आफ्नो निकटता स्थापित गर्न खोजेको छ । 


    नेपाल एक चीन नीतिको पक्षमा रहँदै आएको छ । तिब्बतलाई अलग गर्ने गतिविधिविरुद्ध नेपालले कडा कदम चाल्दै आएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पनि चिनियाँ अधिकारीहरुसँगको भेटमा एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीन विरोधी गतिविधि हुन नदिने बताएर विश्वास दिलाउने प्रयास गरेकी छिन् । तर घटनाक्रम जुन ढंगले विकास भइरहेका छन्, ती घटनाक्रमले नेपालमा चीन विरोधी गतिविधि बढ्दै जाने जोखिम बढेको छ । नेपालमा चीन विरोधी गतिविधि बढाएर चीनलाई दबाबमा राख्ने पश्चिमा रणनीतिअनुसार यो सरकारले काम गर्दाको असर मुलुकले व्यहोर्न थालेको छ । छिमेकी चीनको असन्तुष्टि असामान्य ढंगले बढ्दै जानुको असर नेपालले बहुआयामिक ढंगले व्यहोर्ने निश्चित छ । एकातिर भारतसँगको सम्बन्ध समधुर बन्न सकिरहेको छैन । लिपुलेकलगायत भारतसँगको सीमा विवाद र असमान सन्धिका कारण दुई देशबिच तनाव बढ्ने र साम्य हुँदै आएको छ ।

    समस्याको दीगो समाधानको पहलकदमी निष्कर्षमा नपुगेपछि नेपाल–भारतबिचको चिसोपना कायमै छ । अर्को छिमेकी स्वतन्त्र तिब्बत अभियानकर्ताको गतिविधिबाट झस्किदा सामान्य रुपमा लिइनु मुलुकको हितलाई प्रतिकुल असर पार्ने छ ।
    जोनाङ रिन्पोछे नेपाल आएपछि हुने सम्भावित जोखिमका बारेमा सरकारले हेक्का नराख्नु कूटनीतिक अपरिपक्कता हो । यही अपरिपक्कताले नेपाल भूराजनीतिक जोखिममा परेको छ । कुटनीतिक अपरिपक्कताले मुलुकलाई कमजोर बनाउँछ । विदेश सम्बन्धमा छिमेक नीति पहिलो हुनुपर्छ । परिपक्क राजनैतिक नेतृत्वले लिने यस्तो निर्णयले नै मुलुकको बाह्य सम्बन्धलाई भरपर्दो र विश्वासिलो बनाउनसक्छ । तर सरकारका पछिल्ला गतिविधिले छिमेकी असन्तुष्ट बन्दा आन्तरिक समस्या निम्तिनसक्छ भन्ने हेक्का नराख्नु यो सरकारको कमजोरी हो । मुलुकलाई भूराजनैतिक जोखिमबाट बचाउने हो भने आगामी दिनमा छिमेकको संवेदनशिलता सम्बोधन गर्नुपर्छ । नेपालमा तिब्बतीहरुको गतिविधिमाथि निगरानी र नियन्त्रण राख्नु नेपालको विदेश नीतिको व्यवहारिक कार्यान्वयनको पाटो पनि हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij