परासी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नवलपरासी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।माघ २५ गतेदेखि २८ गतेसम्म नियमित खोप अन्तर्गत एचपीभी खोप जिल्लाका संचालन हुन लागेको हो ।बिद्यालय केन्द्रीय नियमित एचपीभी खोप सम्बन्धि जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम जानकारी दिईएको थियो ।
कक्षा ६ अध्ययनरत किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने लागिएको स्वास्थ्य कार्यालय बरिस्ठ खोप अधिकृत भेषराज शर्माले बताए ।
उनको अनुसार जिल्लामा ३हजार ७ सय५५ जना किशोरीलाई एचपिभी खोप लगाइने जानकारी दिए ।
जिल्लाका समुदायिक र संस्थागत गरी२०४ वटा विद्यालयमा स्थापना गरिएका जसमा दुई वटा बाहिर खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ ।
बिद्यालय बाहिर रहेका २०० जना किशोरीहरू रहेको स्वास्थ्य जनाएको छ ।
विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीहरूलाई समेत खोपको पहुँचमा ल्याइने स्वास्थ्य कार्यालयका प्रमुख अगद बहादुर शाहीले बताए ।
किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।प्रत्येक दिन पाठेघर मुख क्यान्सर बाट मुत्यु हुने गरेको स्वास्थ्य कार्यालय परासीका बरिस्ठ खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।
उनको अनुसार भने हरेक बर्ष १ हजार ३ सय ९३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको बताए। जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले ,प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतले सबै आफ्नो क्षेत्रबाट लागि खोप अभियानमालाई सफल बनाउने भन्दै खोपबाट बन्चित नहुने बताए ।




