२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

एक हजार जना नयां सदस्य बनाउने, २०८३ पुसमा बुटवल मण्डपमा पाचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आयोजना, सचिवालय भवन निर्माण लगायत प्रमुख योजना छन् ।

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

एक हजार जना नयां सदस्य बनाउने, २०८३ पुसमा बुटवल मण्डपमा पाचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आयोजना, सचिवालय भवन निर्माण लगायत प्रमुख योजना छन् ।

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२

  • बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न योजनाहरु पारित गरेको छ । चितवनको सौराहामा सम्पन्न कार्यशालाले आगामी दुई वर्षदेखि दश वर्षसम्म गर्न सकिने योजनाहरु छनोट गरी पारित गरेको हो । जस अनुसार स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मुल नारालाई आत्मसाथ गर्दै सदस्यता विस्तार, २०८३ पुसमा बुटवल मण्डपमा पाचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आयोजना, संस्थागत सुदृढीकरण,उद्योगी व्यावसायीहरुको क्षमता विकास,अवलोकन भ्रमण, नीति संवाद, १५ वटा वस्तुगत समिति गठन र विस्तार,आर्थिक पत्रकारिता पुरस्कारलाई निरन्तरता लगायत योजना पारित भएका छन् ।  कार्यशालाले आगामी एक वर्षभित्र एक हजार जना नयां सदस्यलाई संघमा आवद्ध गराउने, आजिवन सदस्यता बिस्तारमा सयजना थप गर्ने, मानार्थ सदस्यमा २० जना थप गर्ने र निष्क्रिय तथा पुराना सदस्यलाई सक्रिय बनाउन बिशेष अभियान सञ्चालन गरिने भएको छ । 
    यस्तै संघको भवन निर्माण, नयाँ प्रविधि तथा व्यवस्थापन अध्ययन, औद्योगिक÷व्यावसायिक सिप बिकास सम्वन्धी तालिम, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रर्दशनी सहभागिता तथा अवलोकन,राजनैतिक दलहरुसँग भेटघाट,सरकारी,गैरसरकारी निकायहरुसँग भेटघाट तथा समन्वय गर्ने योजना पारित भएको छ ।
    यस्तै संस्थागत क्रियाकलापमा  सिप बिकास तथा उद्यमशील तालिम÷अभिमुखिकरण तालिम, भन्सार एकरुपताका तथा भन्सार नियमावली, आयात निर्यात,खुल्ला सिमाना सम्वन्धी अन्तरक्रिया÷गोष्ठी, लेखा,कर राजश्व र भन्सार सम्वन्धि प्रशिक्षण तालिम,स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रयोग प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया गर्ने योजना पारित भएका छन् । यस्तै दिर्घकालिन योजना अन्तर्गत उद्योग व्यापार संघ बुटवलको राहत कोष स्थापना÷ कल्याणकारी कोष स्थापना, सचिवालय भवन निर्माण,मानार्थ सदस्यता प्रदान
    ,आर्थिक पत्रकारिता पुरस्कारलाई निरन्तरता र सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्ने योजना पनि पारित भएका छन् । 
    यस्तै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग तथा राहत अनुदानको लागि पहल,घर भाडा समस्या समाधानमा पहल,बस्तुगत समितिका समस्या पहिचान गरि समाधानमुलक कार्यक्रम,स्थानीय सरकारसँग समन्वय तथा बिभिन्न व्यवसायिक कार्यक्रममा सहभागिता,अनुदानमा आधारित कार्यक्रमहरु, आन्तरिक राजश्व कार्यालय सँग समन्वय तथा कर दिवश कार्यक्रम,व्यवसाय मैत्री हेल्थ डेक्सको सुरुवात गर्ने योजना कार्यशालाले पारित गरेको महासचिव विजय आचार्यले जानकारी दिए । 
      सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसँग संस्थाको सहकार्य संस्थाप्रति समाजको सकरात्मक छवि निर्माणलाई प्राथमिकता दिएर धरासायी तथा समस्याग्रस्त व्यवसायीको परिवारलाई सहयोग,बृक्षारोपण तथा संरक्षण,रक्तदान, प्राकृतिक दैवी प्रकोपबाट प्रभावितहरुलाई सहयोग,सास्कृतिक सम्पदा संरक्षण, बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने योजना पनि पारित भएका छन् । 
    कार्यशालाले  अध्ययन अवलोकन संयोजकमा उद्योग उपााध्यक्ष केशव श्रीस, अनुगमन संयोजकमा निवर्तमान अध्यक्ष बिष्णु प्रसाद पाण्डे, सरकारी तथा गैर सरकारी संघसंस्था समन्वय संयोजकमा वरिष्ठ उपाध्यक्ष पदम जि.सी,सदस्यता बिस्तार तथा नवीकरणमा  पदम जि.सी ,केशव श्रीस,यमलाल मरासिनी,माया पाण्डे रहेको टिम बनाउने योजना पारित गरेको छ । 
    सचिवालय एबम् प्रशासनिक संयोजकमा महासचिव बिजय आचार्य,आर्थिक उन्नतिको योजना सहित कोष लेखाको व्यवस्थापन संयोजकमा कोषाध्यक्ष दिलिप शर्मा,अभिलेखिकरण अन्तरक्रिया तथा महासचिव सहयोगी भुमिकामा सौरभ भुसाल, वस्तुगत उपसमिति गठन र परिचालन संयोजकहरुमा  होटल तथा रेष्टुरेण्टमा बाणिज्य उपााध्यक्ष यमलाल मरासिनी, औषधी सर्जीेकलमा नारायण प्रसाद पाण्डे, भबिश्वर ढकाल, सुसिला खनाल, कस्मेटिक तथा ब्युटिपार्लर र महिला उद्यमीमा माया पाण्डे, अटो इन्जिनियरिङ्गमा पदम जि.सी,खुद्रा किरानामा कृष्ण प्रसाद भुसाल, कपडा, फेन्सी,व्याग तथा तयारी पोशाकमा बिनोद आचार्य,
    सुनचाँदीमा बिनोद खाती, शैक्षिक परामर्श, स्वदेशी तथा बैदेशिक रोजगार परामर्शमा दिलिप शर्मा र तिलक राम पाण्डे, निर्माण सामाग्री तथा रङरोगनमा बिशाल पन्थी, प्रशान्त बन्जाडे
    ,नर्सरी तथा पोल्टी फर्ममा प्रकाश भण्डारी,उद्योग तथा गार्मेन्टमा केशव श्रीस,जुत्ता चप्पल तथा व्यागमा न्याजुद्धिन मियाँलाई जिम्मेवारी दिने कार्यशाला वैठकले निर्णय गरेको छ । 
    यस्तै  बृक्षारोपण तथा संरक्षणमा लक्ष्मण ज्ञवाली,रक्तदानमा केशव पौडेल,भित्तेपात्रो प्रकाशनमा बिनोद आचार्य,बार्षिक बुलेटिन प्रकाशनमा बिजय आचार्य, स्थापना दिवशमा दिलिप शर्मा, मुख स्वास्थ्य सम्वन्धी कार्यक्रममा ज्योती सापकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ ।  
    कार्यशालामा संघका अध्यक्ष लोकनाथ पन्थीले सदस्यता विस्तार र २०८३ को बुटवल मण्डपमा आयोजना हुने पांचौ औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला संघको तत्कालीन पहिलो प्राथमिकता भएकाले त्यसमा केन्द्रीत हुंदै अन्य योजनालाई पनि सफल बनाउने बताए । 
    संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले उद्घोषण कला तथा व्यक्तित्व र नेतृत्व क्षमता विस्तारबारे प्रशिक्षणूलक भनाई राखेका थिए । कार्यशालामा नेपाल जेसिसका पूर्व केन्द्रिय उपाध्यक्ष शिव प्रसाद भुसाल,सल्लाहकार बाबुराम पोख्रेल, सल्लाहकार पुष्पराज ढकाल, कानुनी सल्लाहकार दामोदर घिमिरे, निवर्तमान अध्यक्ष बिष्णु प्रसाद पाण्डेले आआफ्नो भनाई राखेका थिए ।  
    कार्यशालामा कार्यक्रम संयोजक एवं संघका बरिष्ठ उपाध्यक्ष पदम जि.सी, उद्योग उपाध्यक्ष केशव श्रीस,महासचिव विजय आचार्य,कोषाध्यक्ष दिलिप शर्मा ले आआफ्नो जिम्मेवारीका विषयमा प्रस्तुतिकरण दिएका थिए भने समूहगत प्रस्तुतितर्फ गु्रप एबाट कृष्ण भुसाल, बिबाट  बिशाल पन्थी र  सिबाट तिलकराम पाण्डेले प्रस्तुतिकरण दिएका थिए । 

    625395693_2538341399951047_5077885472716140553_n.jpg
    undefined

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij