२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा आइकार भी २३ को विक्रि शुरु

बुटवलमा आइकार भी २३ को विक्रि शुरु

बुटवलमा आइकार भी २३ को विक्रि शुरु

बुटवलमा आइकार भी २३ को विक्रि शुरु

बुटवलमा आइकार भी २३ को विक्रि शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • बुटवल । बुटवलका लागि आइकार गाडीको आधिकारिक बिक्रेता सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३ लाइफस्टाइल इलेक्ट्रिक एसयूभीलाई औपचारिक रूपमा बुटवलमा सार्वजनिक गरेको छ ।
    बुटवलस्थित ओमोडा एन्ड जेको शोरुममा आयोजित विशेष समारोहबिच गाडीको अनावरण गरिएको हो । त्यस अवसरमा सञ्चारकर्मी, ग्राहक, गाडीप्रेमी तथा एसपीजी अटोमोवाइल्स प्रालिका उच्च तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका कार्यकारी निर्देशक सुरज क्षेत्रीले आइकार भी २३ नेपाली बजारका लागि फरक अनुभव दिने विद्युतीय एसयूभी भएको बताए ।
    “आइकार भी २३ केवल सवारीसाधन मात्र होइन, यो आधुनिक जीवनशैली, प्रविधि र वातावरणीय जिम्मेवारीको संयोजन हो,” उनले भने, “लुम्बिनी प्रदेश हुँदै नेपालभर उच्च प्रदर्शन र स्टाइलयुक्त इलेक्ट्रिक एसयूभीको मागलाई सम्बोधन गर्न यो मोडेल महत्वपूर्ण हुने विश्वास लिएका छौँ ।”
    यसैगरी क्षेत्रीय बजार प्रवन्धक विशेष दाहालले नेपाली उपभोक्तामा बढ्दो विद्युतीय सवारीप्रतिको आकर्षणलाई आइकार भी २३ ले अझ सशक्त बनाउने उल्लेख गरे । “रगेड डिजाइन, बलियो संरचना र अत्याधुनिक प्रविधिको संयोजनले आइकार भी २३ लाई आफ्नो सेगमेन्टमा फरक बनाएको छ,” उनले भने, “नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा यो गाडी उपयुक्त विकल्प बन्नेछ ।”
    ओमोडा एन्ड जेको तथा आइकार दुवै चिनियाँ अटोमोबाइल निर्माता चेरी ग्रुपअन्तर्गतका ब्रान्ड हुन् । चेरी ग्रुपले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको रूपमा आफ्नो पहिचान कायम राख्दै आएको छ । हाल चेरीले विश्वका ८० भन्दा बढी देश तथा क्षेत्रमा निर्यात गर्दै १ करोड ३० लाखभन्दा बढी सवारीसाधन वितरण गरिसकेको छ ।

    f4ec1fd9-4af0-493d-a72e-009a2e1ba8cb.jpg
    undefined


    आइकार भी २३ मा १०० किलोवाट क्षमताको सिंगल मोटर जडान गरिएको छ, जसले १८० एनएम टर्क उत्पादन गर्छ । यसमा ५९.९३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । गाडीको लम्बाइ ४ हजार २२० एमएम, चौडाइ १ हजार ९१५ एमएम, उचाइ १ हजार ८४५ एमएम र ह्वीलबेस २ हजार ७३५ एमएम रहेको छ, जसले सन्तुलित स्टेन्स र फराकिलो बनावट सुनिश्चित गर्दछ । यसले एकपटकको फूल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
    गाडीको क्याबिन आराम र व्यावहारिकतामा केन्द्रित रहेको छ । अगाडिको प्रशस्त स्पेस र पछाडिको फराकिलो सिटिङले यात्रालाई सहज बनाउँछ । भित्री भागमा प्रयोग गरिएका विशेष ‘मेकानिकल नब’हरूले रेट्रो क्लासिक शैलीलाई आधुनिक टच दिएका छन् ।
    प्रालिका प्रवन्धक राजीव खनालका अनुसार सुरक्षालाई उच्च प्राथमिकता दिँदै आइकार भी २३ को निर्माण गरिएको हो । “यसको ७० प्रतिशतभन्दा बढी संरचना हाइ–स्ट्रेन्थ स्टिलबाट बनेको छ,” उनले भने, “इन्टरप्राइज–ग्रेड ब्याट्री सेफ्टी मापदण्डले गाडीलाई थप सुरक्षित र टिकाउ बनाएको छ ।”
    आइकार भी२३  ६ वटा फरक कलर अप्सनमा उपलब्ध हुने र यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्रिमियम लाइफस्टाइल सेगमेन्टलाई लक्षित यो मोडेलको डेलिभरी प्रि–बुकिङ गरेका ग्राहकहरूका लागि एसपीजी अटोमोबाइल्सको नेपालभरको आधिकारिक डिलर नेटवर्कमार्फत तत्काल सुरु गरिने कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij