२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निर्वाचनमा खर्च नियन्त्रणको पहलकदमी

निर्वाचनमा खर्च नियन्त्रणको पहलकदमी

निर्वाचनमा खर्च नियन्त्रणको पहलकदमी

निर्वाचनमा खर्च नियन्त्रणको पहलकदमी

निर्वाचनमा खर्च नियन्त्रणको पहलकदमी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ २३ २०८२
शुक्रवार, माघ २३ २०८२
  • निर्वाचन आयोगले आगामी फागुन २१ गतेको चुनावलाई लक्षित गरी उम्मेदवारले गर्न पाउने खर्चलाई नियन्त्रण गर्न पहलकदमी लिनु सकारात्मक छ । त्यसका लागि राजनैतिक दल तथा उम्मेदवारले निर्वाचनका बेला पाउने नगद सहयोग तथा चन्दा अब बैंक खातामा राखेर कारोबार गर्नुपर्ने व्यवस्था गरेर मनपरी खर्चमा नियन्त्रण गर्न खोजेको छ ।


    निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूका लागि निर्वाचन अभियान बैंक खाता कार्यविधि-२०८२ मा  बैंक खातामा राखेर कारोबार गर्ने व्यवस्था गरेर पारदर्शी खर्च प्रणाली व्यवस्थापन गरेको हो । यो व्यवस्थाले राजनैतिक दल तथा उम्मेदवारले नगद वा चेक जुनसुकै माध्यमबाट रकम प्राप्त गरेपछि खातामा जम्मा गरेर मात्रै खर्च गर्नुपर्नेछ ।  मनपरी खर्चले निर्वाचन भड्किलो बन्दै गएपछि आयोगले नियन्त्रणको प्रयास गर्दा भड्किलो निर्वाचन प्रचार नियन्त्रण हुनसक्छ । त्यसैगरी निर्वाचन पैसा हुनेले मात्रै टिकट पाउने र जित्ने अवस्थाको अन्त्य हुन बल पुग्छ । अहिले कतिपय उम्मेदवार पैसाको आडमा टिकट पाउने र राजनैतिक दलका शीर्ष नेता नै पार्टीलाई आर्थिक सहयोग गरेकै आधारमा कतिपयलाई टिकट दिने प्रवृत्ति मौलाएको छ । यसले उम्मेदवार बन्नकै लागि पैसा चाहिने र धनाढ्यले नै निर्वाचन कब्जा गर्दा लोकतन्त्रको मर्ममाथि नै प्रहार हुने जोखिम बढ्दै गएको छ । स्वच्छ र मर्यादित निर्वाचनमाथि नै प्रहार हुँदा खर्च नियन्त्रणले निर्वाचनलाई मर्यादित र स्वच्छ बनाउने छ ।


    सरकार वा सरकारी बजेट परिचालन हुने ठाउँमा आर्थिक सहयोग लिन नपाउने व्यवस्थाले पनि भ्रष्टाचार नियन्त्रणमा बल पुग्ने छ । पब्लिक कम्पनीहरूबाट पनि आर्थिक सहयोग लिन नपाउने व्यवस्थाले पनि पहुँच भएको उम्मेदवारले मात्रै निर्वाचनमा स्रोत परिचालनको अवसरलाई नियन्त्रण गर्न खोज्नु सकारात्मक छ । विदेशी सरकार, संस्था वा व्यक्तिबाट पनि सहयोग लिन नपाइने व्यवस्थाले निर्वाचन पैसाको आडमा होइन, जनताको मनलाई जितेर अघि बढ भन्ने सन्देश हो । यद्यपि यो व्यवस्थाको व्यवहारिक कार्यान्वयनको पाटो कत्तिको सहज हुन्छ । र आयोगले कार्यान्वयनका लागि कत्तिको प्रभावकारी ढंगले अग्रसर हुन्छ, त्यो नै महत्वपूर्ण प्रश्न हो ।


    निर्वाचन भड्किलो बन्नबाट रोक्न आयोगले चालेका कदमलाई व्यवहारिक कार्यान्वयन गर्न सबै राजनैतिक दल र उम्मेदवारको साथ र सहयोग आवश्यक छ । राजनैतिक दलले सुशासनको एजेण्डा उठाउने, तर निर्वाचनमा हुने खर्च र त्यो खर्चको स्रोतको पारदर्शितामा प्रश्न उठिरहेका बेला पारदर्शिताका लागि बाध्यकारी बनाउनुले निर्वाचनलाई सकारात्मक प्रभाव पर्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij