२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ब्रिटिस ग्रामर स्कुलमा  क्रियटिभ फेस्ट सम्पन्न

ब्रिटिस ग्रामर स्कुलमा  क्रियटिभ फेस्ट सम्पन्न

ब्रिटिस ग्रामर स्कुलमा  क्रियटिभ फेस्ट सम्पन्न

ब्रिटिस ग्रामर स्कुलमा  क्रियटिभ फेस्ट सम्पन्न

ब्रिटिस ग्रामर स्कुलमा  क्रियटिभ फेस्ट सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ २४ २०८२
शनिवार, माघ २४ २०८२
  • तिलोत्तमा । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा चौथो क्रियटिभ  फेस्ट सम्पन्न भएको छ ।

    फेस्टको उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय इकाइ रूपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीले विद्यालयले सञ्चालन गर्ने यस्ता कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता, नेतृत्व क्षमता र व्यक्तित्व विकास हुने, आत्मबल बढ्ने, इनोभेसन गर्न सिकाउने, आफूले आफैलाई चिन्न सघाउने धारण व्यक्त गरे । विश्वव्यापीकरणको जमानामा  किताबी ज्ञान भन्दा पनि बाहिर जीवन र शिक्षा छ भन्ने  यस्ता कार्यक्रमले सिकाएकाले अन्य विद्यालयले सिको गर्नुपर्ने विचार व्यक्त गरे । 


     विद्यार्थीको पूर्ण नेतृत्व र सहभागितामा सम्पन भएको फेस्टमा विद्यार्थीले लाइभ गीत, नृत्य, आफूले लेखेका पुस्तकको प्रदर्शनी, बनाएका कलात्मक चित्र,  लगायतका पेन्टिङ, बृहत् मार्केट, शैक्षिक कार्यशाला,  रोबोटिक, लट्री, आर्केट, क्याफे, हन्टेड हाउस सहितका आफ्ना मौलिक सृजना प्रस्तुत गर्नुका साथै बजारमा बिक्री गरेका थिए । 

    फेस्टमा कक्षा पिजी दोखि १२ सम्मका ५५० विद्यार्थी र एकहजार भन्दा बढी दर्शक अभिभावक सहभागी थिए ।

    विद्यालयकी निर्देशक पुष्पा कँडेलले विद्यार्थीको सर्वाङ्गीण विकास, नयाँ सोच र चिन्तनको विकास गर्दै पढाइलाई उत्साहित बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम मोफसलका विद्यालयको पृथक र सफल कार्यक्रम  रहेको बताइन ।

    कक्षा ११ र १२ पढ्ने विद्यार्थीको नेतृत्व, विद्यालय तहका विद्यार्थीको सक्रियता र शिक्षकहरुको सहजीकरणमा सम्पन्न  फेस्ट्मा विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवर, सह–प्राचार्य महेश पौडेल क्षेत्री,  उमेश कंडेलले शुभकामना मन्तव्य राखेका थिए ।

    विद्यार्थी अदनान शेखको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई ४० भन्दा बढी विद्यार्थीले क्रमिक रूपमा सञ्चालन गरेका थिए ।

    ca1f69e7-7182-45eb-b70e-6ff96ccbbd29.jpg
    undefined

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij