२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्थानीय तहका आशा जगाउने काम

स्थानीय तहका आशा जगाउने काम

स्थानीय तहका आशा जगाउने काम

स्थानीय तहका आशा जगाउने काम

स्थानीय तहका आशा जगाउने काम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण घरदैलोमै गर्न सुरु गरेको घोषणा गरेकी छिन् । महानगरपालिकाको कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेपछि एकपछि अर्को जनस्तरमा प्रभाव पार्ने सुधारको काम अघि बढाएकी उनले नागरिकले स्थानीय सरकारको अनुभूति पाएका छन् । महानगरपालिका मात्रै नभई अन्य पालिकाले सेवा प्रवाहको क्षेत्रमा नमूना काम गरेर नागरिकको मन जित्ने प्रयास गरिरहेका छन् ।


    पाल्पाको रिब्दीकोट गाउँपालिकाले अकबरे खुर्सानी खेतीमा  आकर्षण बढाउन नागरिकलाई अकबरे खुर्सानीको बिउ वितरण गरिरहेको छ । पालिकाले किसानलाई अकबरे खुर्सानी खेती गर्न आकर्षण गरेपछि अहिले यहाँ मनग्गे आम्दानी गर्ने बढेका छन् । गत वर्ष रिब्दीकोट गाउँपालिकाबाट ६ करोड रुपैयाँको अकबरे खुर्सानी निर्यात भएको थियो । पाल्पाको पूर्वखोला गाउँपालिकाले सबै निजी विद्यालय बन्द गरेर सरकारी विद्यालयमा समायोजन गरेर शिक्षामा आमुल सुधारको प्रयास गरेको छ । रूपन्देहीको गैंडहवा गाउँपालिकाले छोरी बचाउन बालिका बिमा कार्यक्रम ल्याएर कार्यान्वयन गरिरहेको छ । पालिकालाई शून्य होम डेलिभरी बनाउन अस्पतालसम्म पुग्न निःशुल्क एमबुलेन्स, सुत्केरी भएको ३५ दिनसम्म सुत्केरीलाई पौष्टिक आहारा वितरण जस्ता कार्यक्रम लागु गर्ने पालिका धेरै छन् । विशेषतः सामाजिक सुरक्षा, कृषि उत्पादन, पर्यटन प्रवद्र्धन र जेष्ठ नागरिकको सम्मानमा पालिकाले गरेका काम अब्बल देखिएका छन् ।


    मुलुकमा संघीय शासन प्रणाली स्थापना भएपछि स्थानीय तहले गरेका कामले मुलुकमा संघीय शासन प्रणालीको अनुभूति दिएको छ । नागरिकले सरकारको अनुभूति गर्न पाएका छन् । सेवा प्रवाहमा अब्बल ठहरिएका छन् । मुलुकमा केही नभएको भाष्य खडा गरेर वितृष्णा जन्माउने एउटा तप्का भएपछि स्थानीय सरकारले गरेका कामले नागरिकमा आशा जगाएको छ ।  कुनै पनि कामको लागि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता हटेको छ । अदालत र जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित काम बाहेक अरु काम पालिकाबाटै हुँदा नागरिकको खर्च बचेको छ । घण्टौं लाग्ने काम पालिकामा छिनभरमै हुँदा सरकारप्रति नागरिकको भरोसा र विश्वास बढेको छ ।


    त्यसो त पालिकाले सुधार गर्नुपर्ने विषय धेरै छन् । अनुभवको अभावमा कतिपय कमजोरीले भएका आलोचनालाई सहजै ग्रहण गर्दै सुधार गर्नुपर्ने अपेक्षा छ । योजना निर्माण, बजेट विनियोजनमा प्राथमिकीकरण गर्न धेरै पालिका चुकेका छन् । पालिका गौरवका आयोजना अघि बढाएर थोरै बजेटबाट पनि प्रभाव पार्न सकिने काम गर्न सकिन्छ भन्ने मानक स्थापित गर्न धेरै पालिका चुकेका छन् । ठूला आयोजनाका लागि संघीय र प्रदेश सरकारको मुख ताकेर पालिकाको बजेट कनिका छरेझैं छर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ । अहिलेसम्मका कमजोरी सुधार गरी हरेक पालिकालाई उत्पादनको केन्द्र बनाउने गरी योजना निर्माण र बजेट विनियोजन गर्न सक्दा हाम्रा ग्रामीण बस्ती गुल्जार गर्न सकिन्छ । यो योजना कार्यान्वयनका लागि प्रदेश र संघीय सरकारको साथ आवश्यक छ । पालिका प्रदेश र संघ सरकार खोज्दै जानुको साटो प्रदेश र संघ स्थानीय सरकार खोज्दै तल झर्नुपर्ने अवस्था श्रृजनाका लागि पालिकाको नेतृत्व लाग्दा सम्भव छ । अहिले गरिरहेको सेवा प्रवाहको नमूना योग्यकामलाई निरन्तरता दिँदै अब उत्पादनमुखी अभियानमा लाग्दा स्थानीय तह अरुका लागि पनि अनुकरणीय हुनसक्छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij