२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साम्राज्यवादी चरित्र, ट्रम्पीयन दादागिरी र चुनौतीहरू !

साम्राज्यवादी चरित्र, ट्रम्पीयन दादागिरी र चुनौतीहरू !

साम्राज्यवादी चरित्र, ट्रम्पीयन दादागिरी र चुनौतीहरू !

साम्राज्यवादी चरित्र, ट्रम्पीयन दादागिरी र चुनौतीहरू !

साम्राज्यवादी चरित्र, ट्रम्पीयन दादागिरी र चुनौतीहरू !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • एच.के. श्रेष्ठ
    साम्राज्यवाद र उपनिवेशवाद लगभग उस्तै हुन् । साम्राज्यवादले उपनिवेश, सैन्य शक्ति र आर्थिक डोमिनेसनमार्फत् बाह्य देशहरुमाथि आफ्नो शक्ति र प्रभुत्व जमाउछ । साम्राज्यवादले बाह्य नक्सामात्र बदल्ने होइन, मनोवैज्ञानिक आतंक पनि मच्चाउँछ । भेनेजुएला आक्रमणपछि उत्तेजित भई आर्कटिक,साइबेरियन, ल्याटिन अमेरीकी, अरबियन क्षेत्रहरु र नाटो राष्ट्रहरुमा आतकंको दुस्प्रयास गरेको छ । ‘अमेरिकन ड्रीम’ तथा ‘अमेरिका फस्र्ट’ (प्रथम)को अवधारणाको वर्तमान ठेकेदार बनेको छ  । नवसाम्राज्यवादको निन्दनीय उन्नायकको सक्रियतामा छ, ट्रम्प । ग्लोबल सम्बन्धमाथि चुनौती खडा गरेर एक्ल्याउँदैै छ, अमेरिकालाई ।


    अमेरिकी राष्ट्रपतिकै इतिहासमा सबैभन्दा तानाशाही, क्रुर र आक्रमणकारी देखा परे ट्रम्प । उनको सक्रियतामा  भेनेजुयलासहित सम्पूर्णमा गरिएको आतंकित साम्राज्यवादी हमला विश्वभर निन्दनीय छ । खनिज, संशाधन तथा इन्धनको लागि जुनसुकै हत्कण्डा प्रयोग गरेर युद्ध लड्ने अमेरिकी परम्परा नै हो । हालसम्म आठ सयभन्दा बढी देशमा सैन्य अखडा खडा गरिसकेको छ । ७० भन्दा बढी पटक अन्य देशको सत्ता ढाल्ने कुचेष्टा गरिसकेको छ । निरन्तरतामा जनवरी ३ मा भेनेजुएलाको स्वाभिमान राष्ट्रपति निकोलस माधुरो र उनको पत्नी सिलिया एडेला फ्लोरेसलाई निवासबाटै क्रुर ढङ्गले अपहरण गरेर अमेरिका पु¥यायो । मादुरोलाई सैन्य कारबाहीमार्फत् अपहरण गर्नु आफैँलाई अपहरण गर्नु हो । किनकि भोलिका दिनहरूमा अरु कोही शक्तिशाली राष्ट्रपतिले उसलाई पनि त्यही गर्न मिल्ने नजिर बसालेको छ । अझै बहुला र सनकि ढङ्गले अन्य राष्ट्रमाथि आक्रमण गर्ने धम्की दिएर दादागिरी मचाउँदै छ । यतिबेला अमेरिकी साम्राज्यवाद निकै आवेगी बन्दैछ । ‘सूर्य उदाएपछि अस्ताउनपर्छ’ भन्ने ट्रम्पले बुझ्न जरुरी छ । महाशक्तिहरू पनि एउटा क्लाइमेक्समा पुगेर पतन हुने इतिहासतर्फ झस्किनु जरुरी छ । अहिले जताततै आक्रमण तीव्र पार्नु साम्राज्यवादी घमण्ड र अतिवादको पतनकै यात्रा हो ।  


      सन् १८२३ को राष्ट्रपति जेम्स मुन्नोको सिद्धान्तको निर्णायक मार्गमा ट्रम्प अघि बढेको छ । मुन्नोको सिद्धान्त युरोपलाई अमेरिकी महादेशबाट लखेट्नु थियो । ट्रम्पले कोलम्बिया, डेनमार्क, क्यानडा, मेक्सिको, क्युवा आदि राष्ट्रलाई प्रत्यक्ष धम्काउँदैछ । चीन, रूस, उत्तर कोरिया आदिसँग शीत युद्ध लड्दैछ । रूसको तेल ट्याङ्कर कब्जा गर्न पुगेको छ । इरानको आन्तरिक मामलालाई  हस्तक्षेप गरेर आक्रमणको धम्की दिँदैछ । सिङ्गो लेटिन अमेरिकाको दादागिरी बनेको छ । सामरिक महत्वको अधिनायक बन्न खोज्दैछ । आर्कटिक क्षेत्र, नाटो र लेटिनअमेरिकाकै सम्राट बन्ने दुष्प्रयास गर्दैछ । ग्रिनल्यान्डका कब्जा गर्न खोज्दैछ । यसपछि क्यानडा कब्जा गर्ने तयारीमा उन्मत्त देखिन्छ । 


    कमजोर र प्राकृतिक धनि राष्ट्रहरुमाथि अनेक आरोप साम्राज्यवादी नियति हो । कसैलाई केही कसैलाई केही मिथ्या आरोप भिडाएको हुन्छ ।  लागुऔषध तस्करी गरेर अमेरिका पु¥याएको । आतंकवादी गिरोहसँग अमेरिकामा  कुकिन पु¥याउने गरेको । यी बहाना र आरोपमा सहिन कक्षबाटै माधुरोको दम्पति उठायो । जो ऐतिहासिक अन्तराष्ट्रिय भुल ग¥यो । “साम्राज्यवाद अपराधिक आक्रोस”अमेरिकन एन्टी साम्राज्यवादी लिगको भनाइ सार्थक तुल्यायो ।


         आर्थिक साम्राज्यवाद
    ‘पुँजीको राष्ट्रियकरणले युद्ध संग्रामतिर लिडिङ गर्दछ’ । बिचारक निकोलाई बुखारिनको भनाइ छ ।  प्राचीन र मध्यकालीन सम्राज्यवादमा भूगोल र राजनीति प्रधान थियो । आधुनिक  र ट्रम्प साम्राज्यवादमा  आर्थिक साम्राज्य प्रधान छ । ‘पुँजीवादको अन्तिम अवस्था साम्राज्यवाद हो । साम्राज्यवादको विकास पुँजीवादको चरम रूप हो ।’ लेनिनको यो भनाइलाई अमेरिकी ट्रम्पवादी साम्राज्यवादले निकै सार्थक तुल्याएको छ । जुनसुकै कमजोर र प्राकृतिक संसाधन र स्रोतका खानी राष्ट्रहरूमाथिको  अमेरिकी हस्तक्षेपमा आर्थिक कारण नै हो । माधुरो माथिको आक्रमण नै त्यही हो । ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने जबरजस्ती त्यही हो । क्यानडा कब्जा योजना, चीन, रुष आदिसँगको द्वन्द्वको कारण त्यही हो । अन्य देशलाई युद्ध गराउनु र हतियार बेच्नु सबै  अमेरिकी आर्थिक साम्राज्यवाद हो ।


    साम्राज्यवादको दूई हतियार
    साम्राज्यवाद र उपनिवेशवादले निकै टेक्निक र कलात्मक बुद्धि प्रयोग गरेको हुन्छ । कुनै पनि कमजोर राष्ट्रमाथि उपनिवेश लाद्न वा साम्राज्य खडा गर्नको खातिर दुई खालको हतियार प्रयोग गर्दछ । एउटा नरम र अर्को कडा । 
    नरम हतियार


    साम्राज्यवाद तथा उपनिवेशवाद कुनै पनि देशमा सियो भएर पस्छ, हात्ती भएर निस्कन्छ ।  हरेक गतिविधि आफू अनुकुल गर्दछ । नरम हतियारअन्तर्गत अति चतुर कूटनीति, नीति, तरिका र कौशल्यपूर्ण व्यवहार पर्दछन् । साम्राज्य खडा गर्नु वा उपनिवेशको कब्जामा लिनुअघि धेरै हत्कण्डाहरू प्रयोग गर्दछ  । साना र कमजोर राज्यमा प्रवेश गर्न  विभिन्न जम्माजालको योजना बुन्छ । त्याहाँकै जनताको हित र देशको विकास गरिदिने नाटक गर्छ । जनतालाई फकाउँछ । आर्थिक सहयोगको र  विभिन्न अवसरको लोभ देखाउँछ । विभिन्न प्रोजेक्टहरू लागू गर्छ । सम्बन्धित देशका शासक र जनतालाई फुटाउने भूमिका खेल्छ ।  क्षेत्रीय तथा इलाका सम्बन्ध भत्काइदिन्छ । “फुटाउ र राज गर” को सिद्धान्तको भरपुर प्रयोग गर्दछ ।  दल र शासकलाई भिडाउँछ, खटाउँछ, टुक्र्याउँछ । सकेसम्म आफ्नै अनुकूलको आज्ञाकारी कठपुतली सरकार बनाउँछ । तमाम अफ्रिकी मुलुकहरूमा युरोपियन उपनिवेशवादीराष्ट्रहरुले गरेको उदाहरण छ ।  सम्बन्धित देशमा व्यापार, धर्ममार्फत् र अन्य  अन्तरजाल बिछ्यााएर प्रवेश गर्दछ । त्यहाँको प्राकृतिक स्रोत, साधन, इन्धन, धनसम्पत्ति र संसाधनमाथि अनेक दाउपेज लगाउँछ । यो हत्कण्डाबाट उद्देश्य पूरा हुने मेसो नभए अझ अघि बढ्छ ।


    ती कमजोर मुलुकहरूलाई ‘अदर’ (अरु- पराई) को रुपमा प्रस्तुत गर्दछ । सम्बन्धित राष्ट्रलाई कुरूप, असभ्य, कमजोर आदिको प्रोपकाण्ड फैलाउँछ । मार्जिनलाइज गराइदिने र विश्वसामु गलत देखाउदै गलत प्रचार गरिदिन्छ । त्यत्तिले पनि सफल नभए कर बढी लगाउने , टरीफ वा भन्सार महसुल वृद्धि गर्ने गर्दछ । नाकाबन्दी नै गरिदिन्छ । जो अमेरिकाले हाल विभिन्न युरोपियन नाटो र ग्रीनल्यान्ड लगायत इरान माथि गरिरहेको छ ।


     कडा हतियार 
    यी हस्तक्षेपकारी अपराधी नरम गतिबिधिले सफल नभए अझ कडा कदम चाल्दछ । ती राष्ट्रका भूगोलमा आफ्नो सैन्य अखडा खडा गर्दछ । ती राष्ट्रका सरकार ढाल्ने भूमिका खेल्छ । जो अमेरिकाले अरेबियन, युरोपियन, अफ्रिकन मुलुकहरूमा गर्दै आएको हो र जारी नै छ । अन्तिम घडीमा निर्दयी र अमानवीय दानवीय ढङ्गले आक्रमणमा उत्रन्छ । आधुनिक, अत्याधुनिक हतियार प्रयोगमा खनिन्छ । अणु, परमाणुयुक्त हतियार, बमबारुद, विस्फोट गराउँछ ।


     विशाल शक्तिशाली र सशक्त आक्रमण चाल्छ । स्थल, हवाई, समुद्री सबै आक्रमणमा उत्रन्छ । मिसाइल, रकेट लन्चर, ड्रोन, युद्धपोत आदि सबैको प्रयोगसहित आतंक मच्चाउँछ । भेनेजुयला पछि अन्य नाटो र ल्याटिन अमेरिकन मुलुकहरूमाथि धम्की दिँदैछ ।


    जतिसुकै शत्तिशाली भए पनि र बाह्य आक्रमणमा अघि बढे पनि आफैलाइ चुनौति संगसंगै खडा हुन्छ । “हरेक क्रियामा  बिपरित दिशाबाट तेहि बराबरको प्रतिक्रिया उत्पन्न हुन्छ” । न्युटनको तेस्रो नियम निस्चित सबैमा लागु हुन्छ । जति क्रियामा डोनाल्ड अघि बढेको छ । त्यतिनै आन्तरिक र बाह्य चुनौतीहरु छन् ।


     आन्तरिक चुनौती
    आफ्नै देशमा डोनाल्ड ट्रम्प असफल छन । एसएसआरएसले  गरेको एक सर्वेक्षणअनुसार ५८% अमेरिकीले दोस्रो कार्यकालको पहिलो वर्ष असफल रहेको दाबी गरेका छन् । उनी देशको गलत कार्यमा केन्द्रित भएको बहुमत धारणा छ । ह्वाईटहाउस र सिनेटकालागि हुन गइरहेको आगामी निर्वाचनमा अर्थतन्त्र नै प्रमुख मुद्दा बन्नेछ । अन्य विषयभन्दा लगभग दुई गुणा बढी समस्या अर्थतन्त्रको रहेको अमेरिकी ठम्माइ छ । दुई वर्षदेखि आर्थिक अवस्था खराब बनाएको भन्ने प्रतिशत ५९% देखिन्छ । उपभोग्य वस्तुको मूल्य घटाउन  नसकेको र आर्थिक डामाडोल गरेको तथ्याङ्क छ । ट्रम्पले देशको हितभन्दा व्यक्तिगत फाइदालाई जोड दिएको  ।  ट्रम्पले आधा काम पनि गर्न नसकेको आफ्नै रिपब्लिकन दलको सन्तुष्ट आरोप छ । आम नागरिकको चासो नदिएको उनलाई राष्ट्रपतिको पदीय हैसियतमा ठिक छन भन्ने प्रतिशत ३५% मात्र भेटिएको छ । 


    भेनेजुएला घट्नाको अमेरिकीले नै विभिन्न सहरहरूमा विरोध प्रदर्शन गरेर चुनौती दिएका छन । “भेनेजुएलामा बम विस्फोट बन्द गर”, “तेलको लागि रगत नबगाउ”,“युद्ध होइन ट्रम्प चाहिँदैन” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नारा जुलुस गर्नु ट्रम्प र उनको भेनेजुएला आक्रमणप्रति ठूलो चुनौती हो । उता आफ्नै राष्ट्रपतिको प्रतिस्पर्धी कमला ह्यारिसले पनि ट्रम्पको उक्त आक्रमणको घोर विरोध गरिन् । यसअघि  २ पटक महाअभियोग लगाइएको ट्रम्पलाई विपक्षी डेमोक्रयाट्ले महाअभियोग लगाउने हो कि भन्ने निकै त्रास छ ।


    बाह्य चुनौती 
    जतिसुकै साम्राज्यवादी, उपनिवेशवादी र हस्तक्षेपकारी सैन्य दादागिरीमा ट्रम्प लागे पनि त्यही चुनौतीको प्रतिक्रिया अन्य सरोकारवाला राष्ट्र र विश्वकै देश र नागरिकबाट पाइरहेको छ । माधुरो घटनाको विश्वभरका देश र राजनीतिक दलबाट निन्दा र भत्र्सना भएको छ । चीन, रूस र उत्तर कोरियालगायतले कडा विरोध गरेको छ । रुसी तेल ट्यांकर कब्जाको जवाफमा अमेरिकाको समुद्री डकैतीलाई बलियो मिलिटरी जवाफ दिने रुसी कडा चेतावनी आयो । ग्रिनल्याण्डमा ट्रम्पविरुद्ध अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन छ । “ग्रिनल्याण्ड बिक्रीको लागि होइन, हामी अमेरिकी हुन चाहँदैनौं” भन्ने विरोधका  प्लेकार्ड बोकेका ग्रिनल्याण्डवासीको कडा आक्रोश थिए । 


    युरोपियन देशहरू अमेरिकाविरुद्ध खडा भई  युरोप मिलेर अमेरिकालाई लखेट्ने चेतावनी दिएका छन । युरोपियन सेनाहरूसानै संख्यामा भए पनि ग्रीनल्याण्ड पुग्नु ट्रम्पलाई ठूलो सांकेतिक चुनौती हो । माधरो निकोलसलाई अपहरण गरेर अमेरिका लैजाँदा रुस र चिनले शैन्य आक्रमण गरेन । तथापि मौन आक्रमण सैन्य प्रदर्शनभन्दा कम महत्वको छैन । सैन्य मुठभेडमा नगई पर्ख र हेरमा गयो । चिन र रुस मौनता कमजोरी होइन दाउपेच हो । अमेरिकालाई भेनेजोयलाको आर्थिक भग्नावशेष सम्हाल्ने जिम्मामा छाडेका छन् । ३४ विलियन डलरको ऋण बोकेको अमेरिकाले भेनेजुयलाको तहस नहस अवस्थाको जिम्मा लिँदा अरबौं डलर खर्च गर्न पर्नेछ । 


    भेनेजुयलाको खाना, स्वास्थ्य, सुरक्षा र पुनर्निर्माणको जिम्मा लिनपर्नेछ । रुस र चिनले ऋण पासोमा फसाइदिने कुटिल चाल अमेरिकालाइ नै चुनौती हो । अमेरिकालाई सैन्य रुपमा रोक्नभन्दा आर्थिक रुपमै टाट पल्टिएको अवस्थामा जान दिने चलाखी हो । रुस र चिनले काराकासमा अमेरिकालाई विजयको उत्सव मनाउन दिनु निकै चतु¥याइ हो । अमेरिकाको आन्तरिक सन्तुलन बिग्रने गरी समस्याको भड्खारोमा हाल्दिएको हो । 


    यो शक्ति सन्तुलनको निकै चलाखी हो । सि जिङपिङले रुस र चीनको सम्बन्ध सबैभन्दा स्थिर, परिपक्व र रणनीतिक रुपमा महत्वपूर्ण भनेको छ । जो घुमाउँरो चुनौती हो । अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट अलग्गिएर विश्वव्यापी सहकार्यबाट टाढिनु आफूमै चुनौती हो ।  


    चीनसँगको व्यापार युद्धमा पनि पराजित छ । जनवरी १६ मा चिन र क्यानाडाको वर्षाैं तनावपछि बेइजिङमा प्रारम्भिक व्यापार सहमति भएको छ । विद्युतीय गाडीको ट्यारिफ घटाउने, क्यानेडेलीलाई भिषा विना चिन प्रवेश दिने निर्णय गरेको छ । विगतमा अमेरिकाको सबैभन्दा निकट मानिएको क्यानडा चिनसँग यस्तो सम्झौता गर्नु अमेरिका र ट्रम्प प्रशासनसँग सम्बन्ध बिग्रिएको र निकै चिडिएको पुष्टी हो । यो सम्झौता गरेर अमेरिकालाई कुटनीतिक चुनौती दिएका छन् ।


    स्वयम् माधुरोसमेत कमजोर होइन । उनले आत्मसमर्पण गरेनन्, स्वाभिमान झुकाएनन् । माधुरोमाथिको आक्रमणको जवाफ स्वरुप विश्धबाटै निन्दाको वर्षा भयो । इरान, रुस, चीन, उ.कोरिया, टर्कीलगायतको सञ्चार माध्यमहरुले आलोचनाको चुनौती दिए । सार्वभौम सत्तामाथि नाङ्गो हस्तक्षेप, अन्तर्राष्ट्रिय कानुन उल्लंघन जंगली कानुन, खराब अध्याय र अधिपत्यको पराकाष्ठ आदि । 
    साम्राज्यवाद पतन हुनु अघि झन आक्रमक, हतास, उग्र, खतरनाक, हिंसात्मक र अनियन्त्रित हँुदै जान्छ । जब कूटनीति र अन्तर्राष्ट्रिय कानुनमाथि उठेर अर्को सार्वभौम राष्ट्रको जन निर्वाचित नेतृत्वलाई क्रुर ढंगले हटाउने र कब्जा गर्ने गर्छ, त्यो महाशक्ति पतन भयो भन्ने संंकेत हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij