२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी सिटी कलेजमा शारदा विश्वविद्यालयका प्रशिक्षकद्वारा आइओटी तथा अटोमेशन तालिम सम्पन्न

लुम्बिनी सिटी कलेजमा शारदा विश्वविद्यालयका प्रशिक्षकद्वारा आइओटी तथा अटोमेशन तालिम सम्पन्न

लुम्बिनी सिटी कलेजमा शारदा विश्वविद्यालयका प्रशिक्षकद्वारा आइओटी तथा अटोमेशन तालिम सम्पन्न

लुम्बिनी सिटी कलेजमा शारदा विश्वविद्यालयका प्रशिक्षकद्वारा आइओटी तथा अटोमेशन तालिम सम्पन्न

लुम्बिनी सिटी कलेजमा शारदा विश्वविद्यालयका प्रशिक्षकद्वारा आइओटी तथा अटोमेशन तालिम सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • बुटवल ।  लुम्बिनी सिटी कलेजमा शारदा विश्वविद्यालय, दिल्ली (भारत) का प्रतिनिधिहरूद्वारा एकदिने आइओटी (IoT) तथा अटोमेशन सम्बन्धी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बुधबार आयोजित “IoT and Automation” विषयक उक्त तालिममा कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    कार्यक्रममा शारदा विश्वविद्यालयका इनोभेशन मेन्टर रोहन शाह र प्रबन्धक सुरेन्द्र श्राफले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक रोहन शाहले आइओटीका आधारभूत सिद्धान्त, अटोमेशन प्रणालीको प्रयोग, स्मार्ट उपकरण तथा सेन्सर, कन्ट्रोलर र माइक्रोकन्ट्रोलरको व्यवहारिक प्रयोगका विषयमा विस्तृत जानकारी गराउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रभावकारी उपयोगमार्फत नवप्रवर्तन र अनुसन्धानलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे पनि अन्तरक्रिया गर्नुभयो।

    कार्यक्रमका अध्यक्ष प्रा.डा. गणेश प्रसाद पाठकले यस्ता प्रविधिमैत्री तालिमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सीप र अनुभव हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले कलेजले सदैव नयाँ प्रविधिको अनुसरण गर्दै विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा जोड दिँदै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार यस्ता तालिमले विद्यार्थीहरूको भविष्यमा रोजगारी तथा उद्यमशीलताका अवसरहरू विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

    तालिमले विद्यार्थीहरूमा नवप्रवर्तन, अनुसन्धान तथा प्रयोगात्मक सिकाइप्रति रुचि बढाएको कलेज प्रशासनले जनाएको छ। आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूलाई स्वरोजगार बन्न प्रेरित गर्ने प्रतिबद्धता कलेजले व्यक्त गरेको छ।

    बि.सि.ए. तथा बि.आइ.टी.एम. कार्यक्रम संयोजक विशाल कंडेलको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी एलाइट आईटी क्लबका प्रतिनिधि उज्ज्वल गौतमले उद्घोषण गर्नुभएको थियो। कार्यक्रम व्यवस्थापन लुम्बिनी एलाइटका अध्यक्ष कल्पित नेपाल तथा कक्षा प्रतिनिधिहरूको सहयोगमा सम्पन्न भएको जनाइएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij