२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एक चीन नीतिबारे प्रष्ट गर

एक चीन नीतिबारे प्रष्ट गर

एक चीन नीतिबारे प्रष्ट गर

एक चीन नीतिबारे प्रष्ट गर

एक चीन नीतिबारे प्रष्ट गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • एक चीन नीतिप्रति प्रतिबद्ध नभएर नेपालले अविश्वास र आशंका बढाउन बल पु¥याएको छ । जेनजी आन्दोलन र विध्वंशको बलमा प्रधानमन्त्री सुशीला कार्की सरकारको काम छिमेकी चीनलाई चिढ्याउने ढंगले भइरहेको छ । नेपालको एक चीन नीति कुरामा होइन, व्यवहारमा देखाउनुपर्छ ।


    यतिखेर नेपालमा चीन विरोधी गतिविधि तीव्र ढंगले बढिरहेको छ । स्वतन्त्र तिब्बतका अभियन्ताहरुको खुलेयाम आगमन र उनीहरुका कार्यक्रम चीन विरोधी गतिविधिका उदाहरण हुन् । २९ जनवरीमा दलाई लामा निकट धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछेको नेपाल आगमनमा सरकारी तहबाटै भएको स्वागत गम्भीर र निन्दनीय छ । धार्मिक प्रवचनको नाममा यहाँ आउने र तिब्बत स्वतन्त्रताको गतिविधि गर्नेविरुद्ध सरकारी तहबाटै स्वागत र सुरक्षा व्यवस्थापन गर्नुले यो सरकारको बोली र व्यवहारबिच भिन्नता देखिन्छ । प्रधानमन्त्री सुशीला कार्कीले चिनियाँ अधिकारीसँगको भेटमा एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै आएकी छन्, तर यो सरकारको व्यवहार प्रष्ट ढंगले चीन विरोधी देखियो ।


    सन् १९७० मा तिब्बतमा जन्मेका धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे सन १९९३ देखि भारतमा बस्न थालेका हुन् । दलाई लामाबाट दिक्षित यी धर्म गुरुका गतिविधिप्रति उत्तरी छिमेकी चीनले गम्भीर ढंगले लिनु र त्यसप्रति सरकारले सामान्य रुपमा लिनुले मुलुक झनै कमजोर हुँदै जाने जोखिम छ । नेपालमा भएको जेनजी आन्दोलन र विध्वंशमा बाह्य प्रभाव र  हस्तक्षेप भएको अब लुकेको विषय होइन्, यो आन्दोलनपछि नै हो, चीनलाई चिढ्याउने गरी चीन विरोधी गतिविधि भएको । 


    नेपालले कुनै छिमेकी देशको सार्वभौमसत्ताविरुद्ध गतिविधि गर्न दिँदैन भन्ने प्रष्ट नीतिप्रति सरकार नै मौन बसेर घोषित नीतिविरुद्ध लागेको छ । अहिलेसम्म भारतमा निर्वासित तिब्बती सरकारले नेपालमा कसैलाई बधाई दिएको थिएन् । जब सुशीला कार्की प्रधानमन्त्री भइन्, तत्काल निर्वासित दलाई लामा सरकारले बधाई दियो । त्यसपछिका घटनाक्रम हेर्दा थाहा लाग्छ, त्यो बधाईको अर्थ के रहेछ भन्ने कुरा ।


    नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहनु मुलुकको सार्वभौमसत्ता र एकताको रक्षाको लागि पनि आवश्यक छ । क्षेत्रीय सुरक्षा, शान्ति र एकताका लागि मात्रै नभएर मुलुकको सार्वभौमसत्ताको रक्षाको लागि एक चीन नीतिप्रति प्रतिबद्ध रहनु आवश्यक छ भन्ने हेक्का नहुनु यो सरकारको कमजोरी हो । नेपालमा चीन विरोधी गतिविधि बढाएर चीनलाई दबाबमा राख्ने पश्चिमा रणनीतिअनुसार यो सरकारले काम गर्दाको असर मुलुकले व्यहोर्न थालेको छ ।
     छिमेकी चीनको असन्तुष्टि असामान्य ढंगले बढ्दै जानुको असर नेपालले बहुआयामिक ढंगले व्यहोर्ने निश्चित छ ।
    सरकारको कुटनीतिक अपरिपक्कताले नेपाल भूराजनीतिक जोखिममा परेको छ । कुटनीतिक अपरिपक्कताले मुलुकलाई कमजोर बनाउँछ । विदेश सम्बन्धमा छिमेक नीति पहिलो हुनुपर्छ । परिपक्क राजनैतिक नेतृत्वले लिने यस्तो निर्णयले नै मुलुकको बाह्य सम्बन्धलाई भरपर्दो र विश्वासिलो बनाउन  सक्छ । तर सरकारका पछिल्ला गतिविधिले मुलुकलाई अविश्वनीय बनाइरहेको छ । मुलुकलाई भूराजनैतिक जोखिमबाट बचाउने हो भने आगामी दिनमा छिमेकको संवेदनशिलता सम्बोधन गर्नुपर्छ । 
    नेपालमा तिब्बतीहरुको गतिविधिमाथि निगरानी र नियन्त्रण राखेर एक चीन नीतिप्रति प्रतिबद्ध रहेको व्यवहारिक ढंगले सन्देश देऊ । छिमेकीसँग राम्रो सम्बन्ध बनाउन कुरा र बोलीमा होइन्, व्यवहारमा कार्यान्वयन गरेर देखाऊ  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij