२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठानमा प्युठान नगरपालिका उत्कृष्ट, माण्डवी अन्तिम

प्युठानमा प्युठान नगरपालिका उत्कृष्ट, माण्डवी अन्तिम

प्युठानमा प्युठान नगरपालिका उत्कृष्ट, माण्डवी अन्तिम

प्युठानमा प्युठान नगरपालिका उत्कृष्ट, माण्डवी अन्तिम

प्युठानमा प्युठान नगरपालिका उत्कृष्ट, माण्डवी अन्तिम
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • प्युठान।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मूल्याङ्कनमा प्युठान जिल्लाको प्युठान नगरपालिका पहिलो भएको छ।भने,माण्डवी  गाउँपालिकाले कम अंक प्राप्त गरि अन्तिम नतिजा हासिल छ।

    आर्थिक वर्ष ०८१/०८२ मा आयोगले सार्वजनिक सार्वजनिक गरेको प्रतिबेदनमा प्युठान नगरपालिका ६७.१५ अंक पाएर प्युठानमा पहिलो बनेको हो।   त्यस्तै प्युठानका ९ स्थानीय सरकारका कार्यसम्पादन अंक र स्थान यसप्रकार छ।

    पहिलो प्युठान नगरपालिका ६७.१५ अंक, दोश्रो नौबहिनी गाउँपालिका ६५.१६ अंक तेश्रो, गौमुखी गाउँपालिका ६४.६७ अंक, चौथो स्वर्गद्वारी नगरपालिका ६२.०४ अंक, पाँचौ सरुमारानी गाउँपालिका ६०.३२ अंक, छैठौं झिमरुक गाउँपालिका ५८.०२ अंक, सातौ ऐरावती गाउँपालिका ५६.३२ अंक, आठौं मल्लरानी गाउँपालिका ५३.९७ अंक र  नवौं माण्डवी  गाउँपालिका ४५.१५ प्रतिशत अंक ल्याएको हो।

    प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएको कार्य सम्पादन सूचनाको मुल्यांकन गरि अंक प्रदान गरिएको आयोगले जनाएको छ।

    साथै प्राप्त अंकमा चित नबुझे सोही कार्य बाधिको दफा ९ अनुसार सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसुची ५ को ढाँचामा निवेदन गर्न आयोगले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij