तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर ८ स्थित संगम टोल विकास संस्थाले टोलबासीहरूलाई तरकारीका बिरुवा वितरण गरेको छ।
बिहीबार टोलमा आयोजित एक कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडले संगम टोलका करिब २५० जना टोलवासीलाई फर्सी, घिरौला, करेला र काँक्राका बिरुवा वितरण गरेका हुन् ।
सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाडले नगरवासीहरु स्वस्थ जीवन जिउन आफैले उत्पादन गरेका तरकारी उपभोग गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य भन्दा ठूलो कुरा अरु नहुने भन्दै नगर प्रमुख खांणले नगरवासीहरूले आफ्नै खेत र करेसाबारीमा उत्पादन गरेर स्वस्थ तरकारी उपभोग गर्नुपर्नेमा जोड दिए।
बजारबाट आयातित तरकारीहरूमा विषादी हुने र त्यसले क्यान्सर लगायतका रोगहरुको जोखिम बढाई मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले आफै उत्पादन गर्नुपर्नेमा नगर प्रमुख विषादीयुक्त खानेकुराहरुका कारण मानिस विरामी भएर जटिल रोगहरु निम्त्याउने र उपचारमा ठूलो धनराशि खर्च हुने हुँदा त्यसबाट जोगिन आफै उत्पादनमा सक्रिय हुनुपर्ने नगर प्रमुख खांणको सुझाव छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्णप्रसाद पौडेल, टोल विकास संस्थाका अध्यक्ष बाबुराम खरेल, उपाध्यक्ष संगीता घिमिरे , सचिव जीवराज न्यौपाने लगायतले आफूले पाएका बिरुवाहरूको सही सदुपयोग गर्न आग्रह गरेका थिए। उक्त टोल विकास संस्थाले प्लास्टिकको प्रयोगलाई रोक्न र वातावरण संरक्षणमा योगदान गर्न टोलबासीहरूलाई कपडाको झोला समेत वितरण गर्ने भएको छ।




