२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुलुक समृद्धिको मार्गचित्र

मुलुक समृद्धिको मार्गचित्र

मुलुक समृद्धिको मार्गचित्र

मुलुक समृद्धिको मार्गचित्र

मुलुक समृद्धिको मार्गचित्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको छ । यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो । चिनियाँ टोलीको विस्तृत अध्ययनपछि पूर्वअनुमानभन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको प्रमाणित भएको छ ।


    अब यसको व्यावसायिक उत्पादनका लागि सरकार अग्रसर हुनुपर्छ । मुलुक ग्यास र पेट्रोेलियम पदार्थमा परनिर्भर रहेको र अरु कुरामा पनि क्रमशः परनिर्भर बन्दै गएको बेला मुलुकलाई ग्यासमा आत्मनिर्भरताको बाटोमा यसले लैजाने छ ।  उत्खनन् क्षमताको वास्तविक जानकारी भने ‘वेल टेस्टिङ’पछि मात्र प्राप्त हुने बताइएको छ ।  पूर्वप्रधानमन्त्री केपी ओलीको अग्ररतामा परिमाणको पहिचान सम्भव भयो । राजनैतिक नेतृत्वको इच्छाशक्ति हुने हो भने दुरगामी प्रभाव छाड्ने र महत्वपूर्ण काम अघि बढ्न सक्छन् भन्ने यो एउटा उदाहरण हो । ग्यासको संभाव्यता र प्रारम्भिक अध्ययन तथा विस्तृत अध्ययनका लागि चिनियाँ सरकारको सहयोग महत्वपूर्ण छ ।

    छिमेक सम्बन्धको सेतु भनेको आपसी सहयोग महत्वपूर्ण हुन्छ । छिमेकीलाई सँगै हातोमालो गर्दै अघि बढ्न सघाउँदै हार्दिकता, सहयोग अभिवृद्धि र एकता संभव छ भन्ने चिनियाँ मान्यतालाई ग्यास अध्ययनमा गरेको सहयोगले पुष्टि गरेको छ । छिमेकी चीनले पञ्चायत कालमा मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न खालका उद्योग स्थापनामा सहयोग गरेको थियो । भृकुटी कागज कारखाना, लुम्बिनी चिनी कारखानालगायत आधा दर्जन दुरगामी महत्वका उद्योग स्थापना भए । कुनै बेला रोजगारी श्रृजनामा महत्वपूर्ण मानिएका यी उद्योगले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएका थिए । 


    दैलेखमा भण्डारको आकार पत्ता लाग्यो । अब व्यवसायिक उत्पादनका लागि योजनाबद्ध ढंगले लाग्नुपर्छ । राजनैतिक अस्थिरताको जाँतोमा यो आयोजना पिसिनु हँुदैन । कोदारी राजमार्ग बनाउँदा राजा महेन्द्रले खेप्नुपरेको अप्ठारो र केरूङ नाका खुलाउँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झेल्नुपरेको झण्झट झैँ अहिले केपी ओलीले पनि झेलिरहेका छन् । भारतीय नाकाबन्दीको सामना गर्न लिएको अडान, संविधान निर्माणका बेला झेलेको अवरोध र लिपुलेकसहितको चुच्चे नक्शाका कारण भारतीय निशानामा ओली परेका छन् । राष्ट्रिय स्वाधीनताको लडाइमा अब्बल सावित हुँदा त्यसको फाइदा मुलुकले लिन्छ । 
    मुलुक भूराजनीतिको दुष्चक्रमा फस्दै गएको बेला दैलेखमा ग्यास उत्खनन् जति कठिन छ, सबल राजनैतिक नेतृत्वले नै हो, त्यो कठिनाइ सामना गरेर सार्थक बनाउने । राजनैतिक इच्छा शक्ति भएर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयन गर्न भूराजनैतिक स्वार्थलाई मुलुक अनुकुल बनाउने र प्रतिकुल अवस्थामा सामना गर्न सक्ने नेतृत्व मुलुकले खोजेको छ । त्यसैले सबल राजनैतिक नेतृत्व चुन्ने अवसर फागुन २१ गते आएको छ । यो अवसरलाई परिणाममुखी बनाउने जिम्मा सचेत नेपाली नागरिकको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij