२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१६औं स्थापना दिवसमा आर्थिक सहयोग प्रदान

१६औं स्थापना दिवसमा आर्थिक सहयोग प्रदान

१६औं स्थापना दिवसमा आर्थिक सहयोग प्रदान

१६औं स्थापना दिवसमा आर्थिक सहयोग प्रदान

१६औं स्थापना दिवसमा आर्थिक सहयोग प्रदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • बुटवल । ग्रील,स्टिल तथा आल्मुनियम व्यवसायी संघ रुपन्देहीको १६औं स्थापना दिवसमा आर्थिक सहयोग प्रदान गरिएको छ । संघकी अध्यक्ष मिना थापा तुलाधर लगायतले  देवदहका व्यवसायी मुक्ति बहादुर केसीलाई ८० हजार रुपैयां राहत स्वरुप प्रदान गरेका हुन् । उक्त रकम संघमा आवद्ध व्यवसायीबाट र संघको तर्फबाट संकलन गरी प्रदान गरिएको हो । कार्यक्रममा संघकी अध्यक्ष  तुलाधरले संघको स्थापना गर्ने संस्थापकहरुप्रति सम्मान व्यक्त गर्दै स्थापना दिवसको अवसरमा सबै व्यवसायीलाई शुभकामना दिंदै संघलाई अझै गतिशील र व्यवसायीको हितमा काम गर्ने  प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा  सल्लाहकार बिनोद दर्लामी, निवर्तमान अध्यक्ष बुद्धि प्रसाद गुरुङ, सल्लाहकार पुर्ण बहादुर सारु , पुर्व अध्यक्षहरु तुलबहादुर सारु , मोहनप्रसाद भट्टराईले पनि व्यवसायीबीच एकता र मित्रता हुनुपर्नेमा जोड दिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष  टोलराज डम्बरपाल, सचीव नारायण प्रसाद नेपाल,  कार्यक्रम संयोजक अनिल विकले पनि  शुभकामना मन्तव्य व्यक्त गरे भने आर्थिक सहयोग प्राप्त गरेका मुक्ति बहादुर केसीले संघबाट प्राप्त रकमले राहत मिलेको भन्दै संघलाई धन्यवाद प्रकट गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij