२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उत्कृष्ट पालिकाबाट सिकौं

उत्कृष्ट पालिकाबाट सिकौं

उत्कृष्ट पालिकाबाट सिकौं

उत्कृष्ट पालिकाबाट सिकौं

उत्कृष्ट पालिकाबाट सिकौं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ३ २०८२
आइतवार, फाल्गुण ३ २०८२
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, अर्घाखाँचीको पाणिनी गाउँपालिका उत्कृष्ट भएको छ । पाणिनी गाउँपालिकाले ८३ दशमलव ८४ प्रतिशत अंक पाएको छ । त्यसैगरी, उप–महानगरमा बुटवल उप–महानगरपालिकाले ६४ दशमलव ४४ प्रतिशत अंक ल्याई उत्कृष्ट भएको छ ।


    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहका काम कारवाहीलाई १७ सूचकमा मूल्याङ्कन गरी नतिजा सार्वजनिक गर्दै आएको छ । ती सूचकमा १० असारभित्र बजेट सार्वजनिक गरे, नगरेको, असार मसान्तभित्र बजेट पास गरे, नगरेको, आर्थिक वर्ष २०८१÷०८२ मा घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे, नगरेको समेत मूल्याङ्कनको सूचक मानिएको छ । त्यसैगरी, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरूजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउदर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोपलगायतका बालबालिकाको अनुपात समेत आयोगले मूल्याङ्कनका आधार मान्ने गरेको छ ।


    देशभरका स्थानीय तहमध्ये ८० प्रतिशत अंक कटाउने  चार पालिका छन् । तीमध्ये तीन पालिका लुम्बिनी प्रदेशका हुन् । गुल्मीको मालिका गाउँपालिकाले ८१ दशमलव ९७ र धुर्कोट गाउँपालिकाले ८० दशमलव ५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट भएका छन् । रूकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८२ दशमलव १५ प्रतिशत अंक पाएको छ । उत्कृष्टमा अगाडि लुम्बिनी प्रदेशका पालिका अगाडि हुनुले यहाँ कामको प्रतिस्पर्धा छ भन्ने एउटा उदाहरण हो । लुम्बिनीका अरू धेरै पालिका अन्य प्रदेशका पालिकाभन्दा अगाडि छन् । पालिकाको कामलाई चुस्त, पारदर्शी, आम्दानी र खर्चलाई लयमा ल्याउन, संविधान, ऐन कानुनको पालना गर्ने वातावरण तयार गर्न वित्त आयोगले हरेक वर्ष मूल्याङ्कन गर्दै आएको छ । असार १० गतेभित्र बजेट ल्याएको हुनुपर्नेलाई मूल्याङ्कनको आधार बनाउनुको अर्थ हो, संविधानको पालना गर्न प्रेरित गर्नु । असार १० भित्र बजेट ल्याउनुपर्नेमा अझै पनि कतिपय पालिकाले आन्तरिक झैँझगडामा फसेर समयमै बजेट ल्याउन प्राथमिकता दिएका छैनन् । संविधानको पालना गर्न ध्यान दिँदा नै हो, व्यवस्था बलियो र संस्थागत बन्ने । जब संविधानको पालना गर्न र गराउन प्राथमिकता दिइदैन्, व्यवस्थाप्रति नागरिकको विश्वास र भरोसा टुट्दैजान्छ । 


    बजेट विनियोजन गर्ने तर खर्च विधिसम्मत नगर्ने प्रवृत्ति मौलाएको बेला धेरै स्थानीय तहले खर्च विधिसम्मत गर्ने प्रयास गरेको देखिन्छ । यसले स्थानीय तहप्रति नागरिकको आशा र भरोसा बढ्दै जानेछ । स्थानीय तहलाई संविधानले सेवा प्रवाहको केन्द्र मानेको छ । सेवा प्रवाहको केन्द्रमा रहेको स्थानीय तह नागरिकको घरदैलोको सरकार हो । नागरिकको घरदैलोको सरकार नागरिकप्रति सिधँै सम्पर्क र सम्बन्ध हुने गर्छ । नागरिकप्रति सिधैँ सम्पर्क र सम्बन्ध हुने सरकार जवाफदेही र जिम्मेवार हुँदा प्रदेश र संघीय सरकारलाई नागरिकले हेर्ने सकारात्मक दृष्टिकोण बन्छ । र, प्रदेश र संघीय सरकारले पनि स्थानीय तहबाट धेरै कुरा सिक्न सक्छन् । त्यसैले स्थानीय तह अझै जिम्मेवार बन्नुपर्ने बेला आएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij