२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तालिमले श्रृजना गरेको अवसर

तालिमले श्रृजना गरेको अवसर

तालिमले श्रृजना गरेको अवसर

तालिमले श्रृजना गरेको अवसर

तालिमले श्रृजना गरेको अवसर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • बुटवल उप–महानगरपालिकाले विभिन्न सीपमूलक तथा व्यवसायिक तालिम लिएकामध्ये ५९ प्रतिशतले रोजगारी पाएको र स्वरोजगार बनेको पाइएको छ । तीनवर्षमा बुटवल उप–महानगरपालिकाले आयोजना गरेको विभिन्न सीपमूलक तथा व्यवसायिक तालिममा सहभागीमध्ये ५९ प्रतिशत स्वरोजगार बन्नु र रोजगारी पाउनु सकारात्मक हो ।


    बुटवल उप–महानगरपालिकाका अनुसार, तीन वर्षमा तालिममा सहभागी १ सय ७५ मध्ये १ सय ४ जनाले रोजगारी पाएका र स्वरोजगार बनेको पाइएको छ । आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालन गरेको टायल मार्वल लगाउने तालिममा सहभागी २० जनामध्ये १३ जना रोजगारीमा संलग्न भएका छन् । बुटवलका सुनचाँदी गहना व्यवसायीले यहाँ मजदुर नपाएर भारतबाट ल्याउँदै आएका छन् । यहाँ सुनचाँदीका गहना बनाउने कालिगड उत्पादनलाई उप–महानगरपालिकाले प्राथमिकता दिएको छ । रोजगारीको राम्रो माध्यम भएकाले तालिम लिन युवा इच्छुक छन् । अहिले तालिम लिएका युवाले धमाधम काम पाउन थालेका छन् । भारतीय मजदुरको भर पर्दा विभिन्न खाले समस्या भोगेका व्यवसायीका लागि स्थानीय मजदुर पाइन थालेपछि खुशी भएका छन् । अझ व्यवसायीले नै अझै धेरै सीप भएका मजदुर उत्पादन गर्न उप–महानगरपालिकालाई भनिरहेका छन् ।


    मुलुकमा बेरोजगारी व्याप्त छ । मुलुकमै रोजगारी पर्याप्त नभएको अवस्था हुँदै हो, अझ यहाँ भएको कामलाई रोजगारी नै नमान्ने प्रवृत्ति युवा माझ झाङ्गिएको छ । शैलुन व्यवसायमा धेरै भारतीयहरु संलग्न छन् । नेपाली युवा अझै पहाडी समुदायका युवाले शैलुन व्यवसाय गर्न रूची नै छैन । शैलुन व्यवसाय राम्रो सम्भावनाको क्षेत्र हो । पैसा कमाइने यो व्यवसायप्रति युवाको रूची बढाउन आवश्यक छ । कतिपय युवाले यही केही गर्न खोज्दाखोज्दै सीपमूलक तालिम पाइरहेका छैनन् । व्यवसायिक योजना बनाउने क्षमता विस्तार हुन सकेको छैन । अहिले पालिकाहरुले बेरोजगार युवाको नाम संकलन गर्ने र सीपअनुसारको रोजगारीको अवसरबारे सूचना दिने, तालिमको रुची आवश्यकता पहिचान गरी उपलब्ध गराउने जस्ता काममा सहजीकरण गर्दै आएका छन् । 


    स्थानीय तहले अहिले गरिरहेको साना खालका तालिममा रूची र अवसर दुवै देखिएको छ । छोटो अवधिको तालिमबाटै रोजगारी श्रृजना हुने यस्ता विषयको पहिचान गरी अझै तालिम बढाउनुपर्छ । धेरै सम्भावना छ, तर कुन क्षेत्रमा सम्भावना छ भन्ने बारेमा पहिचान गर्नुपर्छ । बुटवल उप–महानगरपालिकाले गरेको यो सानो प्रयासको नतिजा रामै्र देखियो । अब आवश्यकता छ, रोजगारीको अवसर र युवाको रूची पहिचान । स्वरोजगारमूलक तालिम पाएपछि उनीहरुले सामान्य लगानी गर्ने अवस्था छैन भने बिउ पुँजीको रुपमा उपलब्ध गराउने र किस्तामा फिर्ता गर्ने गरी गरिबको जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्न सकिन्छ । स्थानीय स्रोत र साधनमा आधारित तालिम उपलब्ध गराउने र व्यवसाय श्रृजना गर्ने कामलाई प्राथमिकता दिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij