२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आचारसंहिता पालनामा गम्भीर बनौं

आचारसंहिता पालनामा गम्भीर बनौं

आचारसंहिता पालनामा गम्भीर बनौं

आचारसंहिता पालनामा गम्भीर बनौं

आचारसंहिता पालनामा गम्भीर बनौं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • आसन्न निर्वाचनका प्रतिस्पर्धी उम्मेदवारबिच तुलना गरेर केही सञ्चारमाध्यमले फलानो उम्मेदवारको जित सुनिश्चित, फलानोले हार्दै भनेर समाचारहरु प्रकाशित गर्न थालेपछि यसबारे गम्भीर प्रश्न उब्जिएको छ । यस्तो कार्य निर्वाचन आयोगको आचारसंहिताको सरासर उल्लंघन हो । आइतबार मात्रै चितवन–३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ भन्दै सेतोपार्टीले चुनाव विश्लेषण–१ श्रृंखलाका नाममा समाचार प्रकाशन गरेपछि यसबारे दलहरु, नागरिक समाज, बुद्धिजीवि र सचेत मतदाताले समेत गम्भीर चासो राखेका छन् । अधिकांशले यस्तो समाचार आचारसंहिताको गम्भीर उल्लंघन मात्र नभई कसलाई मत हाल्ने भन्ने निर्णय गरिनसकेका मतदातालाई प्रभावित गर्ने उद्देश्यले समाचार प्रकाशित गरेको आशंका समेत गरेका छन् । 


    निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) अनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न पाइदैन । यही कारण आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आयोगले आवश्यक कारबाही गर्न प्रेस काउन्सिललाई सोमबार पत्राचार गरेको छ ।


    चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाबाट उम्मेदवार रेनु दाहालले मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत सामग्री प्रकाशित तथा प्रसारित गरिएकोप्रति गम्भीर आपत्ति जनाएकी छन् । चितवन–३ को सेतोपाटी ओपिनियन पोल गम्भीर षड्यन्त्रमूलक र योजनाबद्ध रहेको उनको मात्र नभई अन्य दलहरुको पनि धारणा रहेको छ । मतदान गर्न दुई हप्ता बढी समय हुँदा कहाँ कसले जित्छ र कसले हार्छ भन्ने कुरा पहिले नै निश्चित गर्न सकिंदैन । 


    चुनावी विज्ञानको विश्वव्यापी मान्यताअनुसार निर्वाचनभन्दा १५ दिन अगाडिसम्म न्यूनतम ४० प्रतिशत मतदाता अनिर्णित हुन्छन् । यद्यपी कतिपय अवस्थामा स्वतन्त्र अनुसन्धानकर्ताको रोहवरमा वैज्ञानिक विधिबाट सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न सकिन्छ । तर सेतोपाटीमा ५० प्रतिशत अनिर्णित मतदातालाई प्रभाव पार्न ९ सय जनामा मत सर्वेक्षण गरिएको भन्दै नियोजित समाचार सार्वजनिक गरिएको आशंका सम्बन्धित पक्षले गरेका छन् । यो विषयले समग्र सञ्चारमाध्यममाथिको विश्वसनियतामा प्रश्न उठ्न सक्छ । 


    सञ्चारकर्मीलाई सुनेका सबै कुरा लेख्ने छुट हुँदैन । वास्तवमा चुनावको सन्निकट किटानीका साथ फेक तथ्यांक प्रयोग गरेर फलानोले निश्चित जित्छ भन्नु अपराध हो । यस्तो काम एउटा मिडिया र मिडियाकर्मीले गर्न सक्दैन, गर्नुहुँदैन । कुनै मिडियाले ‘यसले जित्छ’ भनेर लेख्नु गलत हो, अर्कोले हार्छ भनेर लेख्नु पनि गलत हो ।


    लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोग जरुरी हुन्छ । लोकतन्त्रको सबैभन्दा बलियो आधार नागरिकको मत हो । नागरिकले आफैँ विवेक प्रयोग गरेर मत हाल्न सक्छन् । तसर्थ मतदाताको मतलाई प्रभावित पार्ने गरी आचारसंहिता उल्लंघन गरेर समाचार प्रकाशन प्रशारण गर्न रोक्नुपर्छ । यस्तो प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउँछ र अयोग्य, अवसरवादी तथा भिजनविहीन नेतृत्वलाई सत्तामा पुग्ने बाटो खोलिदिन्छ । जतिसुकै चुनौती आए पनि पत्रकारिता र पत्रकार हल्लाको पछि नलागि सन्तुलित, जिम्मेवार र जवाफदेही पत्रकारितामा अडिग रहनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij