२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उम्मेदवारहरूको वास्तविक क्षमता हेरौं

उम्मेदवारहरूको वास्तविक क्षमता हेरौं

उम्मेदवारहरूको वास्तविक क्षमता हेरौं

उम्मेदवारहरूको वास्तविक क्षमता हेरौं

उम्मेदवारहरूको वास्तविक क्षमता हेरौं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • अबको दुई हप्तामा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । यो आम निर्वाचन लोकतन्त्रको आधारशिला हो । निर्वाचनलाई स्वतन्त्र, भयरहित र कुनै पनि दबाब वा प्रभावमुक्त बनाउनु नै लोकतन्त्रको वास्तविक मर्म हो । तर  अहिले मोबाइल फोनमा आउने एउटै ‘म्यासेज’ (सूचना) निर्वाचनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । निर्वाचनबारे कुराकानी, छलफल तथा आफ्ना–आफ्ना तर्कवितर्क चलिरहेका छन् । निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबिच चुनावी प्रचार–प्रसार, आगामी पाँच वर्षका प्रतिज्ञा र आरोप–प्रत्यारोपको श्रृंखला तीव्र हुनु स्वाभाविक हो । तर, यही सरगर्मीमा मिसिएर आउने गलत सूचना र अफवाहले तपाईं–हामीजस्ता नागरिकको धारणालाई मात्र प्रभावित पार्दैन, यसले समग्र समाजलाई नै अन्योल, अविश्वास र अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा निम्त्याउँछ ।


    हामीमध्ये अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताको मोबाइल स्क्रिनमा दैनिक रूपमा कुनै न कुनै गलत वा भ्रामक सूचना आइरहेको हुन्छ । विडम्बना त के छ भने, हामीमध्ये धेरैलाई आफूले प्राप्त गरेको सूचना साँचो हो कि झूटो भनेर छुट्याउन सक्ने आत्मविश्वास नै छैन वा हामी सक्दैनौँ वा त्यतातर्फ लाग्दैनौँ ।


    हामी केवल सूचनाका उपभोक्ता मात्र बनेका छौँ  । सत्यको संवाहक होइन । यसको मतलब हाम्रो स्क्रिनमा आउने सबै सूचना, समाचार, भिडियो वा फोटा गलत नै हुन्छन् भन्ने होइन, तर ती सबै पूर्णरूपमा सत्य हुन् भन्ने पनि होइन । सूचनाको यो बाढीमा हामीले प्राप्त गर्ने सूचना, समाचार, भिडियोहरू कतै न कतै तोडमोड गरिएका वा भ्रामक हुने जोखिम छ ।


    निर्वाचनका बेला यस्ता डिजिटल हतियारहरू मतदातालाई भ्रमित गर्नका लागि प्रयोग भइरहेका हुन्छन्  । निर्वाचन जस्तो संवेदनशील समयमा यस्तो भ्रमले मतदाताको धारणा मात्र होइन, सामाजिक सद्भाव र शान्ति सुरक्षालाई समेत गम्भीर रूपमा प्रभावित पार्न सक्छ । समाजमा गलत सूचना दुई तरिकाले फैलिरहेका छन् । एकथरीले अज्ञानताको कारण सूचनाको सत्यतथ्य थाहा नपाइकन वा नबुझीकन नै गलत सूचना फैलाइरहेका छन्, जसलाई ‘मिसइन्फर्मेसन’ भनिन्छ । तर अर्काथरीले भने निश्चित राजनीतिक स्वार्थ वा आर्थिक फाइदाका लागि जानीजानी गलत सूचना फैलाइरहेका छन्, जसलाई ‘डिसइन्फर्मेसन’ भनिन्छ । समाजका लागि यी दुवै हानिकारक छन् ।


    जानेर वा नजानेर गलत सूचना फैलाउने छुट कसैलाई पनि छैन । निर्वाचनको समयमा विपक्षीलाई बदनाम गर्न, विपक्षीका बारेमा अफवाह फैलाउन, मतदातालाई भ्रममा पार्न वा चुनावी वातावरण वा नतिजामाथि अविश्वास बढाउन यस्ता ‘डिसइन्फर्मेसन’ अभियानहरू चलाइन्छन् । तसर्थ हामीले सामाजिक सञ्जालमा आउने भ्रामक सूचना वा ‘एआई’ ले बनाएका भिडियोका आधारमा मात्र धारणा बनायौँ भने सही छनोटसम्म नपुग्न पनि सक्छौँ । एउटा सचेत मतदाताले उम्मेदवार छान्दा केही आधारभूत प्रश्नहरूबारे सोंच्नै पर्छ, थाहा नभए अरूलाई सोध्नै पर्छ । जस्तै उम्मेदवारको वास्तविक क्षमता कति छ ? उम्मेदवारको समाजप्रतिको जिम्मेवारी, उम्मेदवारका यसअघिका अभिव्यक्ति, आपराधिक क्रियाकलापमा संलग्न भएको वा नभएको, नैतिक आचरण कस्तो छ ? संसद भनेको कानुन बनाउने थलो हो; के उम्मेदवारसँग कानुन बनाउने ठाउँमा पुग्दा चाहिने आवश्यक ज्ञान, सीप र अनुभव छ ? उम्मेदवारको विगतको पृष्ठभूमि र समाजमा पु¥याएको योगदान के छ ? यी कुराहरू हेरेर मात्र उम्मेदवार छान्दा ठीक उम्मेदवार ठीक ठाउँमा पुग्न सक्छन् । अन्यथा, सामाजिक सञ्जालको भ्रममा परेर गलत निर्णय लिइयो भने अवस्था झन् खराब हुन सक्छ । को राम्रो भनेर छुट्याउन पाउने अन्तिम अधिकार र जिम्मेवारी तपाईं हाम्रै हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij