२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पामिरमा पुरस्कार वितरण तथा अभिभावक दिवस

पामिरमा पुरस्कार वितरण तथा अभिभावक दिवस

पामिरमा पुरस्कार वितरण तथा अभिभावक दिवस

पामिरमा पुरस्कार वितरण तथा अभिभावक दिवस

पामिरमा पुरस्कार वितरण तथा अभिभावक दिवस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२, रूपन्देहीमा पुरस्कार वितरण तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


    कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाकी उप–प्रमुख जगेश्वरदेवी चौधरीले विद्यालयले गुणस्तरीय शिक्षा र अनुशासनमार्फत् उदाहरणीय काम गरिरहेको बताइन् । उनले सामुदायिक सहकार्य र अभिभावकको सक्रिय सहभागिताले मात्रै शिक्षाको स्तर उकास्न सकिने धारणा राख्दै नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको स्पष्ट पारिन् ।
    विद्यालय सञ्चालक समितिका अध्यक्ष मोहन चापागाईंले विद्यार्थीको समग्र विकासका लागि शैक्षिक उत्कृष्टतासँगै नैतिक शिक्षा र सीपमूलक गतिविधिमा जोड दिइएको बताए ।


     उनले विद्यालयलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।
    त्यसैगरी निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याव्सनका केन्द्रीय सचिवालय सदस्य खेमेन्द्र रानाले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गरे । उनले प्रतिस्पर्धात्मक युगमा दक्ष, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्नु आजको आवश्यकता भएको बताए ।


    तिलोत्तमा–२ का वडाध्यक्ष डिलबहादुर भट्टराईले वडाबाट विद्यालयलाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउँदै शिक्षाको विकास नै समृद्धिको आधार भएको धारणा राखे ।


    विद्यालयका प्राचार्य गोपाल गौतमले विद्यालयले शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा अनुशासनमा उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिए । उनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षाका लागि नवीन कार्यक्रम ल्याइने बताए ।
    कार्यक्रममा विद्यार्थीहरूले आकर्षक गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको सहजीकरण शिक्षकद्वय केशव खनाल र अर्जुन पन्तले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij