२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कहाँ गयो कृषिको लगानी ?

कहाँ गयो कृषिको लगानी ?

कहाँ गयो कृषिको लगानी ?

कहाँ गयो कृषिको लगानी ?

कहाँ गयो कृषिको लगानी ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण ७ २०८२
बिहिवार, फाल्गुण ७ २०८२
  • राष्ट्रिय कृषि गणना-२०७८ का अनुसार, लुम्बिनी प्रदेशमा ६७ प्रतिशत घरपरिवारको मुख्य पेशा कृषि रहेको छ । नेपालमा कुल घर परिवारमध्ये ६२ प्रतिशतको मुख्य पेशा कृषि हो । जनसंख्याको ठूलो हिस्सा कृषिमा  आश्रित रहेको र त्यसको व्यवसायिक विकासका लागि राज्यले ठूलो लगानी गरे पनि अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन । कहाँ गयो राज्यले गरेको लगानी ? लगानीअनुसारको प्रतिफल किन प्राप्त हुन सकेन्  ? यो विषयको खोजी हुन आवश्यक छ ।


    कृषिमा एकीकृत तथ्याङ्क प्रणालीको अभावमा राज्यस्रोतको दोहोरोपनाको उपभोग गर्ने वर्ग एकातिर छँदैछ, अर्कोतिर राज्यस्रोतको पहुँच नपुग्ने वर्ग सधैँ निराश भएको छ । मुलुक संघीय शासन प्रणालीमा गइसकेपछि कृषि तहगत सरकारको साझा अधिकारको विषय हो । तहगत सरकारले कृषिमा अनुदान, उपकरण, मलबिउ खरिद गरी वितरण गरिरहेका छन् । तहगत सरकारले वितरण गर्ने अनुदान, उपकरण र मलबिउमा दोहोरोपना आएको छैन, भन्ने ग्यारेण्टी छैन । एकीकृत तथ्याङ्क प्रणाली व्यवस्थापनमा ध्यान दिएको भए तहगत सरकारले गरेको लगानीको प्रतिफल पाउन सम्भव हुन्थ्यो । अहिले स्थानीय तहबाट अनुदान लिने किसानले प्रदेश र संघबाट पनि लिएको छ, प्रदेशबाट लिनेले स्थानीय तहबाट पनि लिएको छ । कसैले कतैबाट पनि पाएको छैन । एउटै टोलको एउटा किसानले दुईभन्दा बढी सरकारबाट अनुदान पाएको र अर्को किसान अनुदानबाट वञ्चित रहेको घटनाले समाजमा निराशा र आक्रोश  बढाउनु अस्वभाविक होइन । कृषि अनुदान, औजार र मल बिउमा किसानको पहुँच बढाउन र मनपरी रोक्न एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणाली व्यवस्थापनमा ढिलाइ गर्न हुन्न । 


    एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणालीको विकास गर्न सक्दा तहगत सरकारले सूचना प्रविधिको प्रयोग गरी उपभोग गर्न सक्छन् । यो तथ्याङ्क प्रणालीबाट अनुदान, मलबिउ र औजार वितरण पनि पारदर्शी हुन्छ । कर्मचारीसँगको मिलेमतोमा टाठाबाठा किसानको मात्र पहुँच हुन्न । नेपालमा २०७८ सालमा कृषि गणना भयो । यो गणनाबाट प्राप्त तथ्याङ्कप्रति सरकारी निकाय नै प्रश्न गरिररहेका छन् । गणनाबाट प्राप्त तथ्याङ्क यथार्थपरक र वस्तुवादीभन्दा अनुमानित जस्तो भएको टिप्पणी हुँदै आएको छ । कृषि गणनामा आवश्यक समेटिनुपर्ने विषयवस्तु के–के हुुन् ? कृषि गणनाका लागि कस्तो खालको जनशक्ति आवश्यक पर्छ ? भन्ने विषयलाई ख्याल गरेर कृषि गणना गर्न आवश्यक छ । कृषि गणनालाई केवल औपचारिकतामा सीमित गर्न हुन्न । 


    अहिले तथ्याङ्क व्यवस्थापन प्रणाली व्यवस्थित गर्न सहज छ । डिजिटल नेपाल बनाउने लक्ष्यअनुसार काम भइरहेकोले सूचना प्रविधिको प्रयोग गरी तथ्याङ्क प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाउन आवश्यक छ । कृषिमा अपेक्षित नतिजा निकालेर युवालाई कृषिमै टिकाउने हो भने एकीकृत तथ्याङ्क प्रणाली व्यवस्थापन गर्न ढिलाइ गर्न हुन्न । अनुदान, औजार, मलबिउ पाउने किसानको तथ्याङ्क रहने र सहजै हेर्न मिल्ने भएकाले तहगत सरकारका काम पारदर्शी हुन्छन् । सरकारका काम पारदर्शी हुँदा सरकारप्रति विश्वास बढ्छ । सरकार जवाफदेही जति धेरै हुन्छ, नागरिकको भरोसा बढ्दा लोकतान्त्रिक प्रणाली बलियो हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij