२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चुहिने झुपडी, निभेको बत्ती, दोहोरिँदै आएको चुनावी धोका

चुहिने झुपडी, निभेको बत्ती, दोहोरिँदै आएको चुनावी धोका

चुहिने झुपडी, निभेको बत्ती, दोहोरिँदै आएको चुनावी धोका

चुहिने झुपडी, निभेको बत्ती, दोहोरिँदै आएको चुनावी धोका

चुहिने झुपडी, निभेको बत्ती, दोहोरिँदै आएको चुनावी धोका
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
बिहिवार, फाल्गुण ७ २०८२
बिहिवार, फाल्गुण ७ २०८२
  • गुल्मी । बुधबार बिहानै गुल्मीको मालिका गाउँपालिका ७ को घमिर सिलादि टोलमा पुग्दा बाक्लो हुस्सु लागेको थियो । बासले बारेको चुहिने छाना मुनी बसेका परिबारजनहरु जाडोले कापेका थिए । बिशेष गरि बालबालिकाहरूको अबस्था निकै कारुणिक देखियो ।


    थोत्रा टिनको छानामुनि सुतेका परिबारजनहरुको बिस्तरा लिछिप्प भिजेको थियो । खरका छाना भएका परिबारको झुपडीमा बेलैमा छाउने उपाय नभए पछि डाडाभाटा देखिएका थिए । गार्हो भत्केर जोखिमपुर्ण बसाई बसिरहेका परिबारको अबस्था दयानिय देखियो ।


    घमिरको टुनिखोला गाउँमा थियो उनिहरुको पुर्खेयौलि घर थियो । तर मोटर बाटोका कारण उनिहरु बिस्थापित भई तल सिलादिको सार्वजनिक जमिनमा आएर बसेका थिए आज भन्दा २५ बर्ष अघि ।


    अहिले त्यस सुकुम्बासी बस्तिमा १४ घरधुरि छ्न् । कसैका झुपडीमा पनि बिधुत बत्ति छैन । २५ बर्ष देखि हरेक पटकको चुनाव विभिन्न दलका उमेदवार पुगे । आफुलाई जितए चुनाव पछि तत्काल लालपुर्जा दिलाई दिन्छौ भन्ने आश्वासन दिए । तर चुनाव जितेर गए पछि फर्केर हेरेन्न ।

    हरेक पटक आशको निरास पार्दै आएका छ्न । मालिका गाउँपालिकाको प्रवेश द्वार र मोटर बाटाको छेउको गत्तिलो जमिन भएकोले त्यहि ठाउँ बाट अन्यत्रै सार्ने चलखेल भई रहेको छ । त्यस बिरुद्ध ति बस्तिका पिडितहरुले हामी सङ्ग पटक पटक गुनासो सुनाउदै आएका छ्न । बुधबार बिहान चुनावी घर दैलो गर्न नेपाली कम्युनिस्ट पार्टिका उमेदवार श्रीराम महत लगायतका नेताहरु पुगेका थिए ।

    त्यो वस्तिमा भोट माग्न जाने महत युवा र पहिलो उमेदवार हुन । उनले जिते भने त्यो वस्तिको आवाज सम्बोधन गर्ने हुन कि होईन्न त्यो हेर्न बाकी छ । तर अरुले आशको निरास पारेको देख्दा भन्न मन लाग्छ हे नेताज्यु यो र यस्ता वस्तिमा अब कुन नाक लिएर भोट माग्न जानु हुन्छ ।


    २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन माओवादीका उमेदवार चन्द्र बहादुर थापा सागरले पनि आफुलाई भोट दिएर जिताए तत्काल लालपुर्जा दिलाएरै छाड्ने चर्को स्वरमा प्रतिबद्धता जनाएको र ति अभागी दलितहरुले परर तालि हानेको हाम्रो कानमा अझै गुन्जिदै छ ।

    आखिर उनिहरुलाई जुन जोगि आए पनि कानै चिरेको भन्ने उखान सिद्ध हुँदै आएको छ । उनिहरुको भोट अमुल्य तर लालपुर्जा नभएका कारण आधारभुत कुरा बिधुत जडान गर्न नमिल्ने यो कस्तो निति हो ? खै त नेता ज्यु यस्ता बर्ग समुदायलाई बिधुत जस्तो आधारभुत कुराको समेत अरु सो सरह सुविधा प्राप्त गर्न पाउने निति बनाएको । हिन्दि फिल्ममा एउटा गित छ ए अन्धा कानुन है ।

    साच्चि नै यस्ता बर्गका लागि यो देशको नितो कानुन दृस्टी विहिन नै छ । यसर्थ अब अब दलित सहित पछाडी परेको बर्ग अबको चुनावमा मासु भात जाड रक्सि र पैसामा बिकेर होईन विवेक पुराएर आफु र भावी सन्ततिको अबस्था पनि सधै यस्तै नहोस भन्ने सोचेर अब आफ्नो बर्गको हितमा निति निर्माण गर्ने नेताहरु चिनेर रोजेर भोट दिने गरौ अन्यथा आफैले आफ्नो खुट्टामा बन्चरो नहानौ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij