२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रसारण लाइनले खोलेको ढोका

प्रसारण लाइनले खोलेको ढोका

प्रसारण लाइनले खोलेको ढोका

प्रसारण लाइनले खोलेको ढोका

प्रसारण लाइनले खोलेको ढोका
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  •  नेपाल विद्युत् प्राधिकरणले ४ अर्ब ७६ करोड लागतमा बुर्तिबाङ– पौदीअमराइ– तम्घास– सन्धिखर्क– गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना सञ्चालनमा ल्याएको छ । यसले अर्घाखाँची, गुल्मी र बागलुङको बिजुली आपूर्ति व्यवस्थित हुनेछ ।
    पहिला ३३ केभीमा लाइन आउँदा दैनिक १०–१५ पटक विद्युत् आपूर्तिमा समस्या भोगेका गुल्मी र बाग्लुङका बासिन्दा अब नियमित विद्युत् उपभोग गर्न पाउने भएका छन् । छिनछिनमा बिजुली जाने, बिजुली आउँदा मधुरो आउने समस्याले गुल्मी र बाग्लुङको पश्चिम क्षेत्रका बासिन्दा प्रभावित थिए ।

    उनीहरुको घरमा बिजुली थियो, तर बत्ती थिएन् । गुणस्तरीय बिजुलीको अभावमा विद्युतीय सामान उपभोगमा समस्या थियो । टेलिभिजन, फ्रिजलगायतका विद्युतीय सामग्री छिटो—छिटो बिग्रने समस्याले पीडित रहेका बासिन्दाले अब गुणस्तरीय बिजुली उपभोग गर्न पाएका छन् । मोबाइल चार्ज नहुँदा सञ्चार सम्पर्कमा पनि समस्या थियो । सरकारी रेकर्डमा बिजुली पुगेको देखिए पनि नागरिकको घरमा बिजुली बल्ने आक्कल झुक्कल मात्रै थियो । अब नियमित विद्युत् आपूर्तिमा समस्या नआउने प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।


    बिजुली आधारभूत आवश्यकता हो, यसले हाम्रो दैनिकीलाई सहज र छरितो बनाउँछ । त्यसैगरी, उद्यमशिलता विकास र पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान दिनसक्छ । अब प्राधिकरणले  उद्योग–व्यवसायीहरुलाई समेत प्राधिकरणले भरपर्दोे र गुणस्तरीय विद्युत् उपलब्ध गराउन सक्ने बताएको छ । अब यी क्षेत्रमा कृषि उद्योग, साना उद्योग र ठूलाठूला उद्योग–व्यवसायको अवसर श्रृजना भएको छ । प्राधिकरणले गरेको लगानीले यहाँको अर्थतन्त्रलाई थप माथि उठाउन र रोजगारी सिर्जना गर्न सहयोग पुग्नेछ । ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि अभिवृद्धि भएपछि बढ्दो बसाईसराइ नियन्त्रण गर्न सघाउ पुग्नेछ ।


    नयाँ विद्युत् आयोजना निर्माणमा पनि ढोका खुलेको छ । बुर्तिबाङ आसपास अरु विद्युत् आयोजना अघि बढाउन निजी कम्पनीका लागि लगानी गर्ने अवसर खुलेको छ । बिजुली आयोजनाले ल्याउने अवसरमा राज्यले नागरिकलाई जोड्न सक्नुपर्छ । उद्यमशिलताको विकास गर्न यो क्षेत्रमा कस्ता खालका उद्योग आकर्षित गर्न सकिन्छ, त्यो अध्ययन गरी उद्योगी व्यवसायीलाई आकर्षित गर्न सकिन्छ । साना खालका उद्योगमा लगानी गर्न वैदेशिक रोजगारीबाट फर्केका युवालाई आकर्षित गर्न परियोजनामा आधारित ऋण उपलब्ध गराउने व्यवस्थाले युलालाई गाउँमै राख्ने वातावरण तयार गर्नेछ । बिजुलीको पहुँचसँगै राज्यले एकीकृत अवसर उपभोगको वातावरण बनाउन नसक्दा ग्रामीण क्षेत्र उजाड हुँदै गएका हुन् । यो आयोजना सम्पन्न भएसँगै यहाँ गर्न सकिने काम र श्रृजना भएको अवसरका बारेमा प्रदेश सरकारले अध्ययन गरी प्रतिवेदन तयार गर्न सक्छ, जुन सरोकारवाला सरकारी निकायलाई र निजी क्षेत्रलाई काम लाग्न सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij