२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दश वर्षे जनयुद्धको तीस वर्ष

दश वर्षे जनयुद्धको तीस वर्ष

दश वर्षे जनयुद्धको तीस वर्ष

दश वर्षे जनयुद्धको तीस वर्ष

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • संसार हल्लाउने १० वर्ष अर्थात् १० वर्षे माओवादी जनयुद्ध थालनी भएको ३० वर्ष पूरा भई ३१औं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा नेपालको तत्कालीन राजा, कांग्रेस, एमाले सामन्ती, दलाल तथा नोकरशाही बुर्जुवा राज्यसत्ताको मात्रै होइन त्यसले विश्व साम्राज्यवाद खासगरी अमेरिकी साम्राज्यवाद साथै भारतीय विस्तारवादको समेत निन्दहराम अर्थात् गम्भीर चिन्तामा पारेको थियो । भारतको चिन्ता आफ्नै देशमा भइरहेको भा.क.पा.(माओवादी) हरुको बढ्दो जनलहर अनि त्यसमा नेपालका माओवादीहरुको समर्थन र सहयोगप्रति थियो भने अमेरिकाको चिन्ता कतै यसको फैलावट भारत हुँदै विश्वव्यापी यो हुने हो कि ? भन्नेमा थियो । हुन पनि यसको समर्थन र सहयोग विश्वव्यापी रुपमा नै भइसकेको थियो । स्वयं अमेरिकी कम्युनिष्ट पार्टी क्रान्तिकारीको एक लेखिका लि. अनेष्टोद्वारा लेखिएको एउटा पुस्तक ‘नेपालको जनयुद्धले दिएको सन्देश’मा उनले भनेकी छिन् ‘नेकपा (माओवादी) सर्वहारा अन्तर्राष्ट्रियवादलाई विशेष महत्व दिन्छ । यसले यसलाई रिभोल्यौनरी इन्टरनेशनल मुभेण्ट (रिम) मा सहभागिता जनाई सांगठानिक विस्तार पनि गरिरहेको छ । रिममा नेकपा (माओवादी) लगायत विश्वभरिका माओवादी पार्टीहरु र संगठनहरु सदस्य छन् । नेकपा (माओवादी) ले भारतीय महादीपका माओवादी संगठनहरुसँग आफ्नो भातृत्वपूर्ण सम्बन्ध रहेको कुरा पनि गोप्य राखेको छैन । यस क्षेत्रमा जनयुद्ध फैलाउनका लागि दक्षिण एसियाका माओवादी पार्टी र संगठनहरुलाई एकताबद्ध गर्नु र उनीहरुका क्रियाकलापका बिच समन्वय गर्नु हो । नेपाली जनयुद्धबाट भारतका माओवादी पार्टीहरुले स्पष्ट रुपमा साहस र विश्वास पाएका छन् ।’


    त्यस्तै उक्त पुस्तकमा नै उनले अमेरिकी चासोबारे लेखिकी छन्–‘सन् २००५ मा नेपाल सम्बन्ध परिषद्को एउटा छलफलमा अमेरिकी राजदूत जेम्स एफ मेरियार्टीले आफ्नो भाषणमा भनेका छन्–‘मलाई बारम्बार सोध्ने गरिन्छ, किन अमेरिकाले नेपालमा यति बढी चासो दिइराख्छ, यस क्षेत्रमा स्थिरता हासिल गर्ने मामिलामा हाम्रो चिन्ता एउटा प्रमुख कारण हो भन्ने कुरामा कुनै शंका छैन । तर एउटा हिंस्रक र सिद्धान्तवादी माओवादीहरुको विद्रोहले राज्य नै हत्याउन खोजिरहेको छ र क्रान्तिलाई शान्तिपूर्ण छिमेकी देशहरु कहाँ निर्यात गर्न चाहान्छ भने त्यो हाम्रो लागि ठूलो चिन्ताको विषय हो ।’ अमेरिकी चिन्तालाई मध्यनजर गरेर नै उनले अघि लेखिकी छन्–‘अमेरिकाले शाही नेपाली सेनालाई शैन्य तालिम दिएको छ, सल्लाहकारहरु दिएको छ, कमसेकम दुई करोड २० लाख डलर आर्थिक सहयोग दिएको छ र हजारौं एम सिक्स्टिन राइफल हतियारको सप्लाई गरेको छ ।’ तै पनि समयमै यो माओवादी जनयुद्धलाई भारत अमेरिकाले समाप्त पार्न सकेनन् । एकपछि अर्काे रुपमा यसको प्रगति र विकास तुफानी हिसाबले बढी नै रह्यो । यस्तो अमेरिकी सहयोग नेपाली सेनाले अहिले पनि पाइरहेको छ ।  स्वयं अमेरिकी सेनाहरु नेपाली सेनाको सैनिक परेटमा देखा पर्न थालिसकेका छन् । यो त्यसैको निरन्तरता नै हो । 


    माक्र्सवादी समाज विज्ञानमा कुनै पनि वस्तुको विकास र अन्त्य मूलत त्यसको आन्तरिक पक्षमा निर्भर हुन्छ । ठीक यो त्यो नेपालको माअ‍ोवादी जनयुद्धको विकास र विनासमा पनि देखा प¥यो । तत्कालीन पार्टी नेतृत्व खासगरी प्रचण्डले केही पार्टीको आधारभूत मालेमावादी सिद्धान्त अनि त्यसको रणनीति र कार्यनीतिमा हेरफेर गराउन पुगे । जसरी नयाँ जनवादको विकल्पमा २१औैं शताब्दीको जनवाद, पार्टीको दीर्घकालीन जनयुद्धको फौजी कार्य दिशालाई सशस्त्र फौैजी कार्यदिशामा रुपान्तरण अर्थात् यी दुईबिचको फ्युजन जुन सार संग्रहवादको एउटा भद्दा नमूना थियो । त्यस्तै पार्टी नेतृत्वको केन्द्रीयकरणको नाममा ‘प्रचण्डपथ’ जस्तो व्यक्ति केन्द्रित व्यक्तिवादमा पार्टी रुपान्तरण हुन पुग्यो । आसेपासे, भजनमण्डलीहरुको विकास अनि पार्टी अन्तर संघर्षमा पूर्णविराम नै लाग्यो । खाली प्रचण्डकै गुनगान, तारिफ अनि त्यसो नगर्नेहरुप्रति दुष्मनी र आक्रमण हुन थाल्यो । यही पार्टीभित्रको अन्तर संघर्ष, गुट–उपगुटबिचको अन्तर विरोध र संघर्षकै कारण एकले अर्काको सुराकी र गिरफ्तारी आदिले गर्दा पार्टी नेतृत्व भारतमा आश्रय स्थल बनाई बस्नै सक्ने स्थिति रहेन । यो सबै भारतीय र अमेरिकी गुप्तचरहरुको डिजाइनमा भएको थियो ।
    यो सब बुझेका प्रचण्ड अन्ततः भारत बस्न नसकी नेपालमा नै बस्ने गरी आए । तर प्रचण्डको संदिग्ध चरित्र अर्थात् भारतमा रहँदा भारतीय शासकहरुसितको निकटता अनि नेपालमा पनि त्यस्तै भारत विरोधी आवाज र नेपाली शासक खासगरी तत्कालीन राजाप्रतिको निकटताकै बिचमा प्रचण्ड–बाबुरामबिचको आरोप प्रत्यारोप अर्थात् प्रचण्ड दरबार परस्त र बाबुराम भारत परस्तबिचको अन्त द्वन्द्व उत्कर्षमा पु¥याइयो । जसको फलस्वरुप एकले अर्कालाई गिरफ्तार गर्ने उस्तै परे मार्ने–सफाय नै गर्ने जस्ता घटनाहरु देखिए । यही मौकामा चौका मार्ने दाउँ तत्कालीन राजा ज्ञानेन्द्रबाट हुन थाल्यो । सैनिक दमन, हत्या, हिंसा, आक्रमण तीव्र पारियो । अन्ततः प्रचण्डलाई भारतसामु आत्मसमर्पण नगरी सुखै भएन । भारत–अमेरिकाकै डिजाइनमा उनीहरुकै छत्रछाया र आँगनमा बसी माओवादीसहितको १२ बुँदे दिल्ली समझदारी पत्र बनाइयो र त्यसमा प्रचण्डलाई हस्ताक्षर गर्न लगाई आत्मसमर्पण गराइयो । 


    २०५२ साल फागुन १ गते जन्माइएको त्यो शिशु माओवादी जनयुद्धलाई आफ्नै पार्टी प्रचण्ड–बाबुराम पार्टी नेतृत्वले साम्राज्यवादी र विस्तारवादी सामु आफैँले त्यसको घाँटी रेटी हत्या गर्न पुगे । यसको जतिसुकै निन्दा र घृणा गरे पनि कमी नै हुन्छ ।  पाप धुरीबाट कुलिन्छ भने जस्तै यी हत्याराहरुको यो पाप अहिले ३० वर्षपछि एकपछि अर्काे रुपमा प्रकट भइरहेको छ । बाबुरामविना पार्टीका तैपनि पद, प्रतिष्ठा र कुर्सीका लागि विश्व साम्राज्यवाद र विस्तारवादको घर आँगनमा भिक्षा माग्दै छन् भने अर्काेतिर तिनैका नेपाली दलाल बालेन, रवि र वाग्लेको दलाली र चाकडी गरिरहेका छन् । भावी राष्ट्रपतिका लागि उनीहरुसँग बिन्ती भाउ गरिरहेका छन् । कस्तो अचम्म ! १० वर्षे त्यो माओवादी जनयुद्धका नायक क. लालध्वज उर्फ डा. बाबुराम भट्टराई आज यिनै विदेशी दलाल बालेन, रवि र वाग्लेका कारिन्दा बनेका छन् । मर्न लागेको बुढी बाख्राका जुम्रा जस्तै सबै उनीबाट अहिले बाहिरिसके । मर्ने बेलामा आफू एक्लै । अब कसैले पनि पत्याउनेवाला छैनन् । अन्ततः हाम्रा १० वर्षे माओवादी जनयुुद्धका नायक प्रचण्ड, बाबुराम दुवैको अवस्था सिक्किमी राष्ट्रघाती दलाल लेण्डुपेको जस्तै भइसकेको  र हुने निश्चित छ । 


    तै पनि प्रचण्डले अझै सास छउन्जेल  आश हुन्छ भने जस्तै किसिम किसिमका नाटक मन्थन गरी आफ्ना नेता कार्यकर्ता र जनताहरुलाई तमसा देखाइरहेका छन् । माओवादी पार्टीको विघटन अनि फेरि भ्रष्टाचार आरोपित माधव नेपालको समाजवादी नामको पार्टीसँग पार्टी एकीकरण त्यसपछि अहिले कथित तीन दर्जन पार्टीबिचको एकता आदि इत्यादि गरी देशको पहिलो दल बनाउने चिच्याहट सुनाउँदै हिडिरहेका छन् । निश्चय नै अनेक थरी रंगी बिरंगी टालाटुली बटुली एउटा पुतली त बन्ला, त्यसले तत्काल हेर्नको लागि मनोरञ्जन त देला । तर त्यसले देश र जनताको परिवर्तनको लागि होइन, यही सामन्ती दलाल र नोकरशाही बुर्जुवा संसद बन्नका लागि सहयोग पु¥याउने नै छ । तर पुरेतका दानबाट आएका गाई जस्तै सबै एकपछि अर्काे रुपमा जुन गोठबाट ल्याइएका वा आएका अन्ततः ती सबै त्यतै  नै जाने छन् । जस्तो हालत अहिले डा. बाबुरामको भयो त्यस्तै हालत अब प्रचण्डको पनि हुने निश्चित छ । 


    यो प्रचण्ड–बाबुरामको मात्रै होइन अरु १० वर्षे माओवादी जनयुद्धकै नाममा बनाइएका माओवादी नामका अरु दलहरुमा पनि देखिने निश्चित छ । जब एउटा क्रान्तिकारी पार्टीमा विना अन्तर संघर्ष र अन्तर विरोध सिंगो पार्टी नै दक्षिणपन्थी अवसरवादअन्तर्गत प्रतिक्रियावादी सामु आत्मसमर्पण गर्छ अन्ततः ढिलो चाँडो त्यो समग्र पुरै पार्टी नै विसर्जन भई यही सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ताकै एउटा बफादार अंग बनिछाड्छ । उदाहरण अहिले प्रचण्ड नेतृत्वकै नेकपा नामधारी पार्टी बनेको छ । माओवाद, जनयुद्ध र आफैँ नेतृत्वको १० वर्षे माओवादी जनयुद्ध उनीहरुका लागि उग्रवामपन्थी घाँडो बन्न थालेको छ । यो प्रचण्ड–बाबुरामको लागि मात्रै होइन माओवादीको नाममा बनाइएका अरु जो कुनै साना दल र ग्रुपहरुका लागि पनि सत्य हो । 


    त्यसैले अब त्यो १० वर्षे माओवादी जनयुद्धको विचार, सिद्धान्त र लाइन अनि यसको त्यो क्रान्तिकारी पुरानो ऐतिहासिक विरासतलाई जोगाउने, संरक्षण गर्ने र यसलाई फैलाउने जिम्मेवारी आम नेपाली सर्वहारा मजदूर–किसान अनि देशभक्त र जनवादी जनसमुदायहरुकै काँधमा छ । त्यसैले आजको यो दिन अर्थात् फागुन १ माओवादी जनयुद्ध दिवसको अवसरमा देशका संघर्ष न्यायपप्रेमी सर्वहारा किसान, मजदुर देशभक्त र जनवादी सबैका लागि एउटा सन्देश १० वर्षे माओवादी जनयुद्ध– जारी छ । माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद । सबै खाले प्रतिक्रियावादी र आत्मसमर्पणवादी गद्दार–मूर्दावाद । १० वर्षे माओवादी जनयुद्धका सम्पूर्ण सहिदप्रति भावपूर्ण क्रान्तिकारी लाल अभिवादन ।

    अन्त्यमा ‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तिमसम्म लैजाने दृढता विना सशस्त्र संघर्ष थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने प्रतिक्रियवादीलाई दबाब दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि  दिइने छैन ।’  यो जनयुद्ध थालनीका लागि तत्कालीन नेकपा (माओवादी)ले जारी गरेको पहिलो योजनाको प्रस्ताव २०५२ मा जारी गरिएको थियो । यसप्रतिको गद्दारी र अपराध हिजो प्रचण्ड–बाबुराम नेतृत्वले ग¥यो । अब अरु माओवादीहरु कसैले पनि त्यस्तो नगरौं । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij