२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्दमा तेस्रो ग्लोबल बाइटस् फुड फेस्ट र ट्यालेन्ट शो सम्पन्न

मणिमुकुन्दमा तेस्रो ग्लोबल बाइटस् फुड फेस्ट र ट्यालेन्ट शो सम्पन्न

मणिमुकुन्दमा तेस्रो ग्लोबल बाइटस् फुड फेस्ट र ट्यालेन्ट शो सम्पन्न

मणिमुकुन्दमा तेस्रो ग्लोबल बाइटस् फुड फेस्ट र ट्यालेन्ट शो सम्पन्न

मणिमुकुन्दमा तेस्रो ग्लोबल बाइटस् फुड फेस्ट र ट्यालेन्ट शो सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • बुटवल । लुम्बिनी प्रदेशकै अग्रणी शैक्षिक संस्था मणिमुकुन्द कलेजमा विद्यार्थीहरुको आयोजनामा तेस्रो ग्लोबल बाइटस् फुड फेस्ट र ट्यालेन्ट शो सम्पन्न भएको छ । 
     कक्षा ११ र १२ का विद्यार्थीहरुको नेतृत्वमा भएका दुबै कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा र सीप प्रस्तुत गरेर सहभागीको मन जितेका थिए । 
    कक्षा १२ व्यवस्थापन संकायको होटेल म्यानेजमेन्टका विद्यार्थीले आयोजना गरेको फुड फेस्टमा विद्यार्थीहरुले कक्षा कोठामा सिकेको पाठ्यक्रमको ज्ञानलाई व्यवहारमा उतार्दै डेढ  दर्जन बढी परिकार बनाएर विक्रि गरेका थिए ।
    विद्यार्थीले तयार गरेका विभिन्न परिकारहरु अभिभावक, शिक्षक र विद्यार्थीले किनेर खाएका थिए । 

    b7feebd8-0f39-4f70-a16e-9fd7e54af21c.jpg
    undefined


    यस्तै कलेजकै विद्यार्थीहरु आवद्ध दुई संस्थाले आयोजना गरेको मिस्टर एण्ड मिस मणिमुकुन्द तथा गायन र नृत्य सहितको एमएमसी गट ट्यालेन्ट शोमा विद्यार्थीहरुले बेजोड प्रस्तुति देखाएर सहभागीलाई भरपूर मनोरन्जन दिलाउन सफल भएका थिए । मिस्टर मणिमुकुन्दमा आयुश कार्की र मिस मणिमुकुन्दमा कृपा घिमिरे विजेता बनेका छन् । 
    यस्तै ट्यालेन्ट शोमा नृत्य प्रस्तुत गरेका सायुस्का क्षेत्री र  आशिका जीसी प्रथम भए भने गायन प्रस्तुत गरेका रिदम न्यौपाने र खुश्बु सारु फस्ट रनरअप तथा नृत्य गरेका काब्यानी सिंह ठकुरी,युरिका श्रेष्ठ,सिमोन,अन्जली र सुप्रिया सेकेण्ड रनर अप भएका छन् । 
    कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मी र प्राचार्य टुकबहादुर क्षेत्रीले संस्थाले विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउन र पाठ्यक्रममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न विद्यार्थीहरुलाई नै आयोजक बनाएर हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको बताए । 
    उक्त कार्यक्रमलाई विद्यार्थीहरु आयुश कार्की,प्राप्तिी सापकोटा,प्रवेश बस्याल र  बृन्दा पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा दोस्रो त्रैमासिक परीक्षामा टप टेन स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । 

    0616e72a-60f1-4a2d-bba5-0d8e9c9bcbfa.jpg
    undefined

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij