२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भाटभटेनीका ग्राहकलाई लुम्बिनी केबलकारमा छुट

भाटभटेनीका ग्राहकलाई लुम्बिनी केबलकारमा छुट

सम्झौता अनुसार भाटभटेनीमा एक हजार रुपैयां बराबरको सामान खरिद गर्ने ग्राहकले केबलकारको टिकट दरमा २० प्रतिशत छुट पाउने छन् ।

भाटभटेनीका ग्राहकलाई लुम्बिनी केबलकारमा छुट

भाटभटेनीका ग्राहकलाई लुम्बिनी केबलकारमा छुट

सम्झौता अनुसार भाटभटेनीमा एक हजार रुपैयां बराबरको सामान खरिद गर्ने ग्राहकले केबलकारको टिकट दरमा २० प्रतिशत छुट पाउने छन् ।

भाटभटेनीका ग्राहकलाई लुम्बिनी केबलकारमा छुट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  •  

    बुटवल । देशव्यापी चेन भएको भाटभटेनी सुपर मार्केटका ग्राहकले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन् । भाटभटेनीको बुटवल शाखा र लुम्बिनी केबलकार लि. बुटवलबीच शुक्रबार छुट सम्बन्धी  सम्झौता  भएको हो । सम्झौता अनुसार भाटभटेनीमा एक हजार रुपैयां बराबरको सामान खरिद गर्ने ग्राहकले एउटा कुपन पाउने छन् । उक्त कुपन लिएर आउने ग्राहकले लुम्बिनी केबलकारको ७५० रुपैयांको टिकट दरमा २० प्रतिशत छुट पाउने छन् । सम्झौतापत्रमा लुम्बिनी केबलकारका तर्फबाट स्टेशन म्यानेजर डिएन कायस्थ सैंजू र भाटभटेनीका तर्फबाट बुटवल शाखा प्रबन्धक रोशनी अधिकारीले हस्ताक्षर गरेका छन् । 
    एक हजारको सामान खरिदमा एउटा कुपन पाए अनुसार ग्राहकहरुले दुई हजारको सामान किन्दा दुई वटा र एवं रितले खरिद अनुसार कुपन पाउने केबलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले बताए । 
    केबलकारका स्टेशन म्यानेजर कायस्थले बजार प्रवद्र्धनका लागि संस्थाले विभिन्न व्यवसायिक,शैक्षिक र अन्य संघसंस्थासंग सम्झौता गरेर छुट सुविधा दिने गरेको बताए ।
     भाटभटेनीकी शाखा प्रबन्धक रोशनी अधिकारीले लुम्बिनी प्रदेशकै पहिलो र नेपालको दोस्रो लामो तथा पर्यटकको पहिलो रोजाईको लुम्बिनी केबलकारसंगको सम्झौताले भाटभटेनीका ग्राहकहरु लाभान्वित हुने बताइन् ।  
      
    आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको गरी डेढ अर्ब लगानीमा सञ्चालित  केवलकारमा  साढे दुई वर्ष बढी अवधिमा करिब पांच लाख पर्यटक भित्रिएको कम्पनीले जनाएको छ । जसमा भारत उत्तर प्रदेशका विभिन्न शहरबाट केवलकार चढ्न र घुम्न आउनेको संख्या उल्लेख्य छन् । 
    केवलकारको माथिल्लो स्टेशनमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर र सय वर्षदेखि पुजाआजा हुँदै आएको दुर्गा मन्दिर,जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ, बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हललगायत धार्मिक र पर्यटकीय संरचना बनेकाले पर्यटकलाई दिनभर घुम्ने र रमाउने वातावरण बनेको छ । 
    केवलकारले जन्मदिनमा निःशुल्क यात्रा, हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघसंस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवर्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए । 

     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij