पाल्पा ।
पाल्पा अस्पताललाई सफा, सुरक्षित र अत्याधुनिक बनाउने उद्देश्यका साथ फोहोर व्यवस्थापन तथा वातावरणीय सुरक्षा परियोजना सञ्चालन हुने भएको छ । लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तरराष्ट्रिय लायन्स क्लवको आर्थिक सहयोगमा अस्पताल प्रशासन र व्यवस्थापन समितिसँगको समन्वयमा यो परियोजनाको शुरु हुदैछ ।
अस्पतालको फोहोर व्यबस्थापन परियोजना महत्व
अस्पतालबाट दैनिक रुपमा निस्कने फोहोर सामान्य घरको फोहोर जस्तो हुँदैन । अस्पतालबाट निस्किने फोहोरहरु सुई, रगत लतपतिएका कपडाबाट संक्रमण फैलाउने जीवाणुहरू हुन्छन् । अस्पतालको फोहोरको उचित व्यवस्थापन नहुँदा अस्पतालमा आउने बिरामी, कुरुवा र अस्पताल वरपरका बासिन्दालाई समेत जोखिममा पार्दछ । यो परियोजनाले अस्पतालको फोहोरलाई वैज्ञानिक ढंगले निरुत्साहित र विसर्जन गर्नेछ ।
परियोजनाबाट अस्पताल र वातावरणलाई हुने फाइदा
यो परियोजना पूर्ण रूपमा कार्यान्वयनमा आउँदा विभिन्न किसिमका संक्रमणमा कमी हुनेछ । अस्पतालजन्य फोहोरको सही व्यवस्थापनले विभिन्न किसिमका जोखिम तथा विभिन्न समस्याहरुलाई घटाउँछ । वातावरणीय सुरक्षाः फोहोरलाई खुला ठाउँमा फाल्नु वा जलाउनुको सट्टा आधुनिक प्रविधिबाट प्रशोधन गर्दा जल, जमिन र वायु प्रदूषण कम हुन्छ । अस्पतालको छविः सफा र स्वच्छ अस्पतालले बिरामीको उपचार प्रक्रियामा सकारात्मक प्रभाव पार्छ र अस्पतालको गुणस्तर वृद्धि गर्छ ।
परियोजना कार्यान्वयनको अवस्था ।
परियोजनाको कूल लागतमध्ये ७५ प्रतिशत रकम ७५ हजार डलर अन्तर्राष्ट्रिय लायन्स क्लबले बेहोर्नेछ भने बाँकी २५ प्रतिशत रकमपाल्पा अस्पतालले ’म्याचिङ फण्ड’ का रूपमाउपलब्ध गराउनुपर्नेछ । लायन्स क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक सिनियर एडभाईजर प्रदिपकुमार उदयले परियोजनाको बजेट, कार्यान्वयन चरण र अवस्थाबारे जानकारी गराए ।
अस्पतालको ठूला परियोजनामा पाल्पाली लायन्स क्लवको ऐक्यवद्धता
अस्पताल प्रशासन तथा विकास समितिले जिल्लाका १४ वटा लायन्स क्लबहरूसँग गरेको छलफलमा लायनकर्मीहरूले अस्पतालको पूर्वाधार विकासमा ठूलो लगानी गर्न तयार रहेको बताएका छन् । लायन्सकर्मीहरु गंगाबहादुर खत्री, हरि रायमाझी, शुसिल प्रधान, त्रिलोचन पौडेल, राजेन्द्र लिगल, भिमसेन कार्की, सकुन्तला बज्राचार्य, सागर महर्जन, दिपक घिमिरे लगायतले अस्पतालको लागि ससाना टुक्रे सहयोग भन्दा पनि दीर्घकालीन प्रभाव पार्ने बहुउद्देश्यीय भवनको निश्चित विभाग निर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेका छन । अस्पताल प्रशासन तथा विकास समितिले ठोस योजना र प्रस्ताव लायन्स क्लवहरुलाई पेश गर्न र जिल्लाका सबै लायन्सकर्मीहरु विच बृहत छलफल कार्यक्रम राख्न लायन्सकर्मीहरुले सुझाव दिए । लायन्सले गरेको सहयोग सर्वसाधारणले प्रत्यक्ष महसुस गर्ने खालको हुने उनीहरुले जोड दिए ।
अस्पतालमाअप्रेसन सेवा शुरु हुदै
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन डा राजेन्द्र पौडेलले अस्पतालमा हाल ५ जनाविशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेको, फागुन मसान्त देखी अस्पतालमा अप्रेसन सेवा शुरु हुने बताए । अस्पतालमा अप्रेसन सेवा शुरु भएपछि खाली रहेको अन्यविशेषज्ञ चिकित्सकहरु पनीपाल्पा अस्पतालमा सेवा गर्न आउने, विरामीले सस्तोमा गुणस्तरीय उपचार सेवापाउने मेडिकल सुपरिटेण्डन डा. पौडेलले बताए । अस्पतालमा हाडजोर्नी, छाला, स्त्रिरोग, दाँत, आखा, फिजियो, विशेषज्ञ सेवा सहित आधुनिक एक्सेरे मेशिन, भिडियो एक्सरे देखीकल्चर ल्याव, फार्मेसी सेवा संचालनमा रहेको छ ।
अस्पतालको बहुतले बहुउद्देश्यीय भवन निर्माणको लागी डिपिआर बन्दै
अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले अस्पतालको बहुउद्देश्यीय बहुतले भवन निर्माणको गरी अत्याधुनिक उपचार सेवा प्रदान गर्नको लागी डिपिआर निर्माणको लागि तयारी भईरहेको बताए । डिपिआर निर्माण भएपछि लायन्स क्लव संग पुर्वाधार तथा मेडिकल उपकरणको लागी ठोस प्रस्ताव समेत पेश गरिने, सबैको सहयोगबाट अस्पताललाई ३ बर्ष नेपालकै सुविधा सम्पन्न अस्पताल बनाउन, गरिवहरुको लागि निशुल्क औषधी उपचार सुविधा पाउने राम्रो बनाउन सबै पक्ष संग सहयोजको लागि परेको समिति अध्यक्ष कर्माचार्यले जोड दिए ।




