२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आमसभाभन्दा घरदैलो र डिजिटल प्रचारमा जोड

आमसभाभन्दा घरदैलो र डिजिटल प्रचारमा जोड

आमसभाभन्दा घरदैलो र डिजिटल प्रचारमा जोड

आमसभाभन्दा घरदैलो र डिजिटल प्रचारमा जोड

आमसभाभन्दा घरदैलो र डिजिटल प्रचारमा जोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • पाल्पा
    फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा जिल्लामा चुनावी सरगर्मी बढेको छ ।  यस पटकको निर्वाचनमा  पाल्पाका राजनीतिक दल र उम्मेदवारहरूले विगतको परम्परागत शैलीलाई त्याग्दै नयाँ फरक शैलीमा  प्रचारप्रसारलाई अगाडि बढाएका छन् ।  विगतमा पाल्पामा हुने  ठूला र खर्चिला आम सभा कुनै पनि राजनितिक दलहरूले गरेका छैनन् । पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका  उम्मेदवारहरू मतदाताको घरदैलो र सामाजिक सञ्जालमा बढी केन्द्रित देखिएका छन् । 


    उम्मेदवारी मनोनयन पत्र दर्तापछि राजनीतिक दल तथा उम्मेदवारहरूले माघ ६ गतेदेखि फागुन ३ गतेसम्म  नै आन्तरिक तयारी, रणनीति निर्माण चुनावी घरदैलो अभियानमा जुटेका छन् ।  माघ ६ देखि फागुन ३ गतेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले वडादेखि जिल्ला तहसम्मका नेता तथा कार्यकर्ताहरूसँग सघन भेटघाट र सांगठनिक रणनीति निर्माणका कामहरू चलायमान बनाएका छन् ।  सोही अवधिमा टोल–टोलमा पार्टी सम्पर्क कार्यालयहरू स्थापना गरी संगठनलाई चलायमान बनाए । फागुन ४ गतेदेखि भने उम्मेदवारहरूले  प्रचारप्रसारलाई   तीव्रता दिएका छन् । 


    विगतमा जिल्ला, पालिका र इलाकास्तरमा हुने ठूला आमसभा र कोणसभाहरू यसपटक निकै कम देखिएका छन् । त्यसको सट्टा उम्मेदवारहरू आफैँ टोल–टोल र घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । बजारदेखि गाउँसम्म माइकिङ, तुल र ब्यानरहरू प्रयोग भए पनि डिजिटल प्रचारको प्रभाव निकै बढेको छ । सामाजिक सञ्जालमा चुनावी एजेण्डाहरूको ‘बाढी’ नै आएको छ, जहाँ उम्मेदवारहरूले भिडियो सन्देशमार्फत मत मागिरहेको नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । 


    युवा उम्मेदवार र सभ्य प्रतिस्पर्धा यसपटक पाल्पामा अधिकांश राजनीतिक दलले नयाँ र युवा अनुहारलाई चुनावी मैदानमा उतारेका छन् । उम्मेदवारहरूबिच व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा पनि मित्रवत रूपमा स्वस्थ प्रतिस्पर्धा भइरहेको पाइएको छ । अधिकांशले केन्द्रीय घोषणापत्र र स्थानीय प्रतिबद्धता पत्रलाई मुख्य आधार बनाएर आफ्ना एजेण्डाहरू प्रस्तुत गरिरहेको नेपाली काग्रेसका उपसभापति झपेन्द्र गहिरेले बताए ।

     
    निर्वाचनको अंकगणित र तयारी पाल्पामा दुई निर्वाचन क्षेत्रका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लाभर निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । 


    पाल्पामा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच बढी प्रतिष्पर्धा देखिए पनि अन्य राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी,  राष्ट्रिय जनमुक्ति पार्टी, सार्वभौम नागरिक पार्टीहरूले ठुला पार्टीबाट जनताहरू रूष्ट रहेकोले आफ्नो पक्षमा जनमत आउने दाबी गर्दै आएका छन् । 


    पाल्पा क्षेत्र नं. १ मा  ५२ मतदान स्थल र ११७ मतदान केन्द्र रहेका छन्, जसमा  ९८ हजार ३ सय ८३ मतदाता छन् ।  जुनमा १४ जना उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ ।  पाल्पा क्षेत्र नं. २ मा  ६६ मतदान स्थल र १३४ मतदान केन्द्र रहेका छन्, जसमा  १ लाख ९ हजार ५३ मतदाता छन् ।   क्षेत्र नं. २ मा  १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  निर्वाचनको लागि जिल्लाभर १ हजार ५ सय १८ जना निर्वाचन कर्मचारी परिचालन गरिँदैछ ।  सुरक्षा व्यवस्था चुस्त बनाउन मतदानको पहिलो सुरक्षा घेरामा  ७५१ जना नेपाल प्रहरी र १ हजार ४ सय १३ जना निर्वाचन प्रहरी खटाइएको छ । अहिलेसम्म पाल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन प्रचारको काम भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij