२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा आरएन बिजनेश लिंकद्वारा व्यवसायिक भेटघाट, नेपाल–भारत सिरेमिक सहकार्यमा नयाँ आयाम

बुटवलमा आरएन बिजनेश लिंकद्वारा व्यवसायिक भेटघाट, नेपाल–भारत सिरेमिक सहकार्यमा नयाँ आयाम

बुटवलमा आरएन बिजनेश लिंकद्वारा व्यवसायिक भेटघाट, नेपाल–भारत सिरेमिक सहकार्यमा नयाँ आयाम

बुटवलमा आरएन बिजनेश लिंकद्वारा व्यवसायिक भेटघाट, नेपाल–भारत सिरेमिक सहकार्यमा नयाँ आयाम

बुटवलमा आरएन बिजनेश लिंकद्वारा व्यवसायिक भेटघाट, नेपाल–भारत सिरेमिक सहकार्यमा नयाँ आयाम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • बुटवल ।  लुम्बिनी प्रदेशकाे नमुना सेरामिक उत्पादकआरएन बिजनेश लिंक (आरएनबीएल)ले बुटवलमा डिलर मिट गरेकाे छ ।

    लुम्बिनी प्रदेशमा व्यवसाय विस्तार, लगानी प्रवर्द्धन तथा अन्तरदेशीय सहकार्यलाई केन्द्रमा राख्दै आरएनबीएलले एक विशेष व्यवसायिक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा उद्योगी, व्यवसायी, वितरक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमका अध्यक्षका रूपमा भारतको गुजरातस्थित अर्मानाे सेरामिकका प्रतिनिधि सनी भाईले नेपालकाे उत्पादन भारतमा पनि राम्राे बजार पाइरहेकाे बताए । उनले अर्मानाे सेरामिकका उत्पादनहरूको आधिकारिक आपूर्ति, सम्भावित लगानी तथा व्यवसायिक सहकार्यबारे जानकारी गराएका थिए । 

    लुम्बिनी सेरामिक (ल्यामिनार) का उपाध्यक्ष गौरव बस्नेतले पछिल्लाे समय गुणस्तरमा ध्यान दिने ग्राहक हुँदा आफुहरुकाे उत्पादनले ग्राहककाे मन जितिरहेकाे बताए । आरएनबीएलमार्फत लुम्बिनी प्रदेशमा व्यवसाय विस्तार गर्ने, वितरण प्रणाली सुदृढ गर्ने तथा आगामी रणनीतिहरू कार्यान्वयन गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको बताए ।

    आरएनबीएलका बुटवल शाखा प्रमुख राजन ढकालले ब्यवसायीहरुलाइ कम्पनीबाट उत्पादित सामाग्रीहरुकाे बारेमा जानकारी गराउने र अनुभव आदानप्रदान गर्नेगरि कार्यक्रम आयाेजना गरिएकाे बताए । 

    यस अवसरमा लुम्बिनी सेरामिकबाट उत्पादन हुने ‘क्रेस्टा’ ब्रान्डका सामग्रीहरू ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउने, समयमै ढुवानी सेवा उपलब्ध गराउने तथा बजार विस्तार गर्ने योजनाबारे जानकारी गराइएको थियो। ल्यामिनारसँगको सहकार्यले आगामी दिनमा व्यवसायलाई थप व्यवस्थित, सशक्त र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरिएको छ।

    कार्यक्रममा नेपाल–भारतबीचको व्यवसायिक सहकार्यलाई अझ मजबुत बनाउने तथा लुम्बिनी प्रदेशमा सिरेमिक उद्योगको विकासमा नयाँ आयाम थप्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। यस्ता कार्यक्रमहरूले प्रदेशको औद्योगिक तथा व्यापारिक वातावरणलाई थप गतिशील बनाउने अपेक्षा गरिएको कार्यक्रम सञ्चालक एवं आरएनबीएलका म्यानेजिङ डाइरेक्टर राजन न्याैपानेले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij