२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चर्को पार्किङ शुल्क

चर्को पार्किङ शुल्क

चर्को पार्किङ शुल्क

चर्को पार्किङ शुल्क

चर्को पार्किङ शुल्क
आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सवारीसाधन पार्किङ गरेबापतको शुल्क अत्याधिक वृद्धि भएपछि चौतर्फी आलोचना हुनु स्वाभाविक छ । पहिले मोटरसाइकलको पाँच रुपैयाँ, कारजीपको १० रूपैयाँ र बस ट्रकको ४० रुपैयाँ शुल्क लाग्थ्यो, अहिले प्रतिघण्टाको हिसाबले मोटरसाइकलको ३० रुपैयाँ, कारजीपको ६० रुपैयाँ र बस ट्रकको १ सय २० रुपैयाँ तिर्नुपर्छ । विमानस्थल प्रशासनकाअनुसार अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डअनुसार पार्किङ शुल्क बढाइएको हो । 


    गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल हो, तर अहिले आन्तरिक बाहेक अरु उडान हुन्न । आन्तरिक उडानमा सीमित विमानस्थलको पार्किङ शुल्कमा भएको भारीवृद्धि नाजायज छ । वृद्धि गर्नुपहिले विमानस्थल आन्तरिकमै सीमित भएको हेक्का नहुनु विमानस्थल प्रशासनको गैरजिम्मेवारीपन हो । विमानस्थल पार्किङ शुल्कका लागि भैरहवाको इब्राहिम कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले वार्षिक २४ लाख ८२ हजार ५ सयमा सम्झौता गरेको छ । यो विगतको तुलनामा तीन गुणा बढी हो ।


    विमानस्थलको सञ्चालन हुन नसकिरहेको बेला चौतर्फी निराशा छ । विमानस्थल चल्ने आशाले होटललगायतमा भएको ठूलो लगानी जोखिममा छ । सरकारले विमानस्थल पूर्णरुपमा चलाउन सक्दा मात्रै समाजको निराशा आशामा बदलिने हो । विमानस्थल सञ्चालन नभएपछि व्यवसायी मारमा परेकै छन् । अझ विमानस्थल पुग्ने सर्वसाधारणले चर्को शुल्क तिर्नुपर्ने अवस्थाले समाजमा आक्रोश बढाउने छ नै, सरकारी निकायले कतिपय निर्णय गर्दा प्रक्रियागत ढंगले अघि बढेर मात्रै हुँदैन । समाजको मनोविज्ञानको पनि ख्याल गर्नुपर्छ । विमानस्थल अन्तर्राष्ट्रिय हो, तर अन्तर्राष्ट्रिय उडान नभएको अवस्थामा आन्तरिककै पार्किङ शुल्क बनाउनु उत्तम हो । अन्तर्राष्ट्रिय उडानहरु हुन थालेपछि पार्किङ शुल्क वृद्धि स्वाभाविक हुन्छ । तसर्थ, चर्को पार्किङ शुल्कमा पुनः विचार हुनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij