२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आचारसंहिता उल्लंघनले निम्त्याउने जोखिम

आचारसंहिता उल्लंघनले निम्त्याउने जोखिम

आचारसंहिता उल्लंघनले निम्त्याउने जोखिम

आचारसंहिता उल्लंघनले निम्त्याउने जोखिम

आचारसंहिता उल्लंघनले निम्त्याउने जोखिम
बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • निर्वाचन आचारसंहिताले बालबालिकालाई प्रचारप्रसारमा संलग्न गराउन निषेध गरेको छ । निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को उपदफा १ मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिताले बालबालिकाको संलग्नतालाई अस्वीकार गरेको भए पनि दल र उम्मेदवारहरूले बालबालिकाको प्रयोग गरिरहेका छन् । दलको झण्डा र चिन्ह बोक्न, साँस्कृतिक कार्यक्रम, ¥यालीमा बालबालिकाकाको प्रयोग भएको छ । दलको चुनाव चिन्ह भएको टिसर्ट लगाएर प्रदर्शन गर्न बालबालिकाको प्रयोग भएको छ । त्यसैगरी, सामाजिक सञ्जालमा विभिन्न कन्टेन क्रियशन गर्न बालबालिका संलग्न छन् । दलहरूले बालबालिकालाई आचारसंहिताविपरीत गरेका क्रियाकलाप निन्दनीय छन् ।


     निर्वाचन आयोगमा दल र उम्मेदवारले बालबालिकाको प्रयोग भएको बारे उजुरी परेका छन् । आयोगका अधिकारीहरूले प्राप्त उजुरीको छानबिन भइरहेको भने पनि कारबाहीको सम्भावना न्यून छ । निर्वाचन आचारसंहिताको पालना गर्न राजनैतिक दलहरू गम्भीर नभइरहेको बेला आयोगको फितलोपनले उनीहरूलाई झनै मनपरी गर्न बल पुगेको छ । आचारसंहिता भनेको पालना गर्नैपर्ने भन्ने हुन्न भन्ने बुझाइ दलहरूको छ । आचारसंहिता अनुशासनमा बाँध्ने हतियार हो, तर कानुन झै बाध्य हुन्न भनिए पनि खासमा निर्वाचन आचारसंहिता बाध्य हुन्छ । दल र उम्मेदवारलगायत सरोकारवाला सबैलाई जवाफदेही बनाउने अस्त्र हो । निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र भयरहित बनाउने साधन हो । लोकतन्त्रमा शान्तिपूर्ण, मर्यादित र भयरहित निर्वाचन हुन सक्दा मात्रै निर्वाचनप्रति नागरिकको भरोसा र विश्वास बढ्छ । निर्वाचनप्रति विश्वास जगाउन र बढाउन आचारसंहिताको पालना अनिवार्य शर्त हो ।


    निर्वाचन आचारसंहिताको उल्लंघनमा आयोगले एक लाखसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था छ । यो जरिवाना केवल दस्ताबेजमा उल्लेख गर्ने विषय मात्रै होइन्, कार्यान्वयनको सवाल हो । कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाचन आयोगको हो । निर्वाचनमा बालबालिकाको प्रयोगको सवालमा आयोग गम्भीर बन्नुपर्छ । 


    त्यसो त आचारसंहिता उल्लंघन भइरहँदा आयोगले नियन्त्रणको पहलकदमी प्रभावकारी गर्न सकेको छैन । गाडीबाट टाउको देखाएर हात हल्लाउँदै ¥यालीमा सहभागी गर्न रोक लगाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई छोएको छैन । आयोगले जे गरोस्, उनीहरू निष्फिक्री प्रचारमा हिंडिरहेका छन् । आचारसंहिताविपरीत फागुन ४ गते अघि नै कोणसभा गर्दै हिंड्न भ्याए । अनलाइन पोर्टलहरूले मत सर्वेक्षण भन्दै कसैको जित र हारको नतिजा निकालिरहेका छन् । आयोगले स्पष्टीकरण सोधेको छ, तर त्यसपछिको कारबाही के हो ? आयोग प्रष्ट हुनुपर्छ । आचारसंहिताको पालना गराउनका लागि आयोग निर्मम बन्दा मात्रै निर्वाचन मर्यादित बनाउन सम्भव छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij