२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मतदाताको अवमूल्यन

मतदाताको अवमूल्यन

मतदाताको अवमूल्यन

मतदाताको अवमूल्यन

मतदाताको अवमूल्यन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • मतदाता भनेका चुनावमा प्रयोग हुने औजार मात्रै होइनन्, यी त सचेत नागरिक हुन् । उनीहरुले नै हो, राजनैतिक दल र उम्मेदवारको भविष्य निर्धारण गर्ने । अझ मतदाताको सुझबुझले नै उम्मेदवारको छनौट हुन्छ । मतदाताले विवेक प्रयोग गरे भने राम्रो उम्मेदवारले चुनावमा जित हासिल गर्छ । मतदाताले विवेक प्रयोग गर्न सकेनन् भने चुनावबाट गलत व्यक्ति नेतृत्वमा पुग्छ, त्यसको मुल्य मुलुक र व्यवस्थाले चुकाउँछ । फागुन २१ गते चुनाव हुन गइरहेको अवस्थामा मतदातालाई विवेक प्रयोग गर्न राजनैतिक दलले प्रेरित गर्नुपर्छ । मतदातालाई विवेक प्रयोग गर्न अग्रसर गराउनुको साटो भावनात्मक ब्यालकमेलिङको काम भइरहेको छ । 


    जब राजनैतिक दलहरु मतदातालाई भावनामा कुदाँउछन्, त्यो बेला मुलुक, व्यवस्था र स्वंय राजनैतिक दलका लागि राम्रो हुँदैन । अहिले दलहरुले भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई प्रमुख एजेन्डाको रूपमा अघि सारेका छन् । तर भ्रष्टाचार नियन्त्रण र सुशासनलाई बल पुग्ने गरी चुनावमा प्रचार अभियान अघि बढाएको पाइदैन । खासगरी अरु दललाई पूराना र आफूलाई नयाँ दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरुले गरेका भाषण ऐजेण्डा विपरीत छन् । ती गैरजिम्मेवार अभिव्यक्ति पनि हुन् । रविले भनेका छन्–अरु दल र उम्मेदवारले पैसा दिए लिनुहोला, मत चाही रास्वपालाई दिनुहोला । मासु भात दिए खानुहोला, मत घण्टीमा दिनुहोला ।


    रास्वपालाई मात्रै ठिक देख्ने रविको भनाई यस अर्थमा गलत छ कि मतदातालाई गलत गर्न उक्साएर मत मागेका छन् । पैसा, मासु भात खाऊ तर भोट रास्वपालाई देऊ भनेर मतदाताको भावनामाथि खेलवाड हो । सुशासनको कुरा गर्नेले पैसा, मासु र भात खाऊ भन्न मिल्दैन् । उनले यस्ता गैरजिम्मेवार अभिव्यक्ति निरन्तर दिइरहेका छन् । मासु, भात र पैसा कसैले दिए फिर्ता गर्नुस्, त्यसमा मत नदिनुस् तपार्इंको एक मत पैसामा नबेच्नुस् भन्नुपर्नेमा पैसा खानुस्, मासु भात खानुस्, तर मत रास्वपालाई दिनुस् भनेर सुशासनको धज्जी उडाएका छन् । नेताहरुका यस्ता अभिव्यक्तिले समाजलाई गलत दिशातिर लैजान्छ ।


    म्तदाता सार्वभौम नागरिक हुन् । उनीहरुको मत कसैको मासु, भात र पैसामा बन्दकी बन्ने होइन् । कसैको मासु भात खाएर कसैलाई दिने भन्ने विषय झनै राम्रो होइन् । मासु भात र पैसाको विषय नै चुनावमा निस्तेज पार्नुपर्छ । अरु राजनैतिक दललाई बदनाम गर्न रविले यो विषय उठाएका हुन् भने उनको यो शैली झनै गलत छ । मतदाताको मतको अवमुल्यन गर्ने अधिकार कसैलाई छैन । के मतदाता अहिलेसम्म मासुभातमा बिक्दै आएका हुन् ? त्यसो भनेर मतदाताको अवमूल्यन गर्ने छुट कसैलाई छैन । मतदातालाई आर्थिक लेनदेन नगर्न र मतको सही प्रयोग गर्न आग्रह गर्नु नै नेताको सही मार्ग निर्देश हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij