२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चुनावमा मतदाता शिक्षा

चुनावमा मतदाता शिक्षा

चुनावमा मतदाता शिक्षा

चुनावमा मतदाता शिक्षा

चुनावमा मतदाता शिक्षा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका मतदातालाई जागरुक बनाउन समयसीमाले चुनौतीपूर्ण छ । मतदाताले मतदान गर्ने, तर मतदान बदर हुने समस्या चर्को छ । बदर मतको प्रतिशत हेर्दा मतदाताले दिएको मत खेर जाने क्रम बढ्दो छ ।
    २०७४ को पहिलो संघीय निर्वाचनको प्रत्यक्षतर्फ औसत ५ दशमलव १८ प्रतिशत बदर मत रह्यो । प्रदेशसभाको समानुपातिक निर्वाचनमा मतपत्रको जटिलता र गठबन्धनका कारण १४ दशमलव ५१ प्रतिशत मत बदर भयो । प्रत्यक्ष र समानुपातिकका लागि चारवटा अलग–अलग मतपत्र, उम्मेदवारको लामो सूची, हस्ताक्षर जाँच्ने प्रक्रियाले मतदाता अलमलिए । लोकतान्त्रिक मुलुकमा झण्डै १५ प्रतिशत मत बदर हुनुले गम्भीर प्रश्न खडा गरेको छ । २०७९ को संघीय तथा प्रदेश निर्वाचनमा क्रमशः ५ दशमलव ९ र ६ दशमलव ५५ प्रतिशत बदर मत रह्यो ।

    स्थानीय तह निर्वाचनमा केही ठाउँमा यो १३ प्रतिशतसम्म पुगेको देखिन्छ । आखिर मत बदर किन भइरहेको छ ? मतदाता शिक्षाको अभावले बदर मत बढेको हो । निर्वाचनमा दलहरुबिच गठबन्धन संस्कृतिले गर्दा मतदाता अलमलिएका छन् । स्थानीय तहको निर्वाचनमा मतपत्र धेरै र उम्मेदवार धेरै भएर पनि मतदाता अलमलिएका हुनसक्छन् । प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव एकैपल्ट हुँदा चार वटा मतपत्र हुँदा पनि मतदाताले झण्झट मानेका हुनसक्छन् । अहिले समानुपातिक र प्रत्यक्षको दुई मात्रै मतपत्र हुने भएकाले बदरमत घट्न सक्छ । विगतको अवस्थाले उल्लेख्य ढंगले बदर मत घट्ने देखिंदैन् ।


    कतिपय मतदाताले मतपत्रमा स्वस्तिक छाप नलगाई अन्य कुनै चिह्न लगाउँछन् । स्वस्तिक छाप कोठा वा बक्सबाहिर लगाउनु, लाइन छुनु वा गलत ठाउँमा लगाउनु  देखिन्छ । मतदाताले एकै पद वा मतपत्रमा दुई वा बढी उम्मेदवार वा दलमा छाप लगाउन सक्छन् । मत बदर हुनुको कारण मतदाता मात्रै दोषी होइनन् । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छुट्न सक्छ ।
    बदर मत घटाउनका लागि विगतको तथ्याङ्क हेरेर मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन निर्वाचन आयोग चुकेको छ । निर्वाचन सम्पन्न भइसकेपछि र निर्वाचन हुनु अघि मतदाता शिक्षा कार्यक्रम व्यापक बनाउन आवश्यक छ । आयोगलाई मतदाता शिक्षाका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न सरकार चुक्दै आएको छ ।


     लोकतन्त्रमा निर्वाचनमा आम नागरिकको सहभागिता गराउन मतदाता शिक्षा प्रभावकारी बनाउन आवश्यक छ । अहिले भइरहेको मतदाता शिक्षा कर्मकाण्डी भयो । आगामी दिनमा मतदाता शिक्षा समुदायगत, उमेर समूहका आधारमा र कुन तहको निर्वाचन हो त्यसैअनुसार सञ्चालन गर्ने गरी सरकार अग्रसर हुनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij