२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुलुक लयमा हिड्ने अपेक्षा

मुलुक लयमा हिड्ने अपेक्षा

मुलुक लयमा हिड्ने अपेक्षा

मुलुक लयमा हिड्ने अपेक्षा

मुलुक लयमा हिड्ने अपेक्षा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • फागुन २१ गते चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यौलका बिच चुनाव शान्तिपूर्ण ढंगले सम्पन्न भयो । चुनाव शान्तिपूर्ण सम्पन्न गराएर प्रधानमन्त्री सुशीला कार्कीले जितेकी छिन् । जेनजी आन्दोलन र विध्वंशपछि उनको प्रमुख जिम्मेवारी चुनाव गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु थियो । तोकिएको समयमा चुनाव गराउन प्रधानमन्त्री कार्कीले खेलेको भूमिका प्रशंसनीय छ । चुनावमा सुरक्षालगायत विषय उठाएर सशंकित दलहरूलाई विश्वासमा लिंदै  अन्ततः  सबै राजनैतिक दललाई चुनावमा सहभागी हुने वातावरण तयार गरेर प्रधानमन्त्री सुशीला कार्कीले महत्वपूर्ण काम गरेकी छिन् । फागुन २१ मा चुनाव सम्पन्न हुनु उनको सुझबुझ, कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताले काम गरेको छ ।


    अब मुलुकमा छिट्टै निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी जनताका चुलिएका आकांक्षा पूर्तिका लागि नयाँ सरकारले मिहिनेतपूर्वक काम गर्नुपर्नेछ । सेवा प्रवाहमा सुधार, नीतिगत सुधार, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधन जस्ता काममा सरकारको प्राथमिकता हुनुपर्छ । सरकारी सेवा प्रवाहमा भइरहेको ढिलाइले चुलिएको आक्रोश मत्थर पार्न तत्काल सुधार थालिहाल्नुपर्ने छ । बजेट खर्च, पारदर्शीता, सुशासनलगायतका विषयलाई चुस्त बनाउन नीतिगत सुधारको खाँचो छ । भ्रष्टाचार नियन्त्रणको विषय एकातिर व्यक्तिगत आचरणमा सुधारले मात्रै सम्भव छ, अर्कोतिर नीतिगत सुधारबाट गर्न सकिन्छ । परम्परागत कर्मचारी प्रशासनलाई सुधार गरी आधुनिक बनाउन आवश्यक छ । प्रविधिसँग जोडिएको कर्मचारी प्रशासनले प्रविधिमार्फत् कामकाज छरितो र विश्वसनीय कसरी गर्न सकिन्छ भन्ने बारेमा चिन्तन गरी निष्कर्ष निकाल्न चुकेको छ । त्यसको भारी राजनैतिक नेतृत्वले व्यहोर्नु परेको छ । अख्तियारलगायत संवैधानिक निकायमा पदाधिकारी नियुक्तिमा भएको दलीय भागबण्डाले संवैधानिक निकायप्रतिको विश्वास खस्केको छ । आम नागरिकमा संवैधानिक निकायप्रति खस्केको विश्वासलाई उकास्न सरकार आग्रह र पूर्वाग्रहबाट मुक्त भएर राम्रा जति हाम्रा भन्ने नीतिलाई व्यवहारमा उर्तान सक्यो भने राज्यप्रतिको विश्वास बढ्नेछ ।


    मुलुक संघीयतामा गएपछि बन्नुपर्ने कानुन नबन्दा प्रणालीले राम्ररी काम गर्न सकेको छैन । प्रणालीले राम्ररी काम गर्न सक्दा मात्रै नागरिकका आकांक्षा पूर्ति हुने हो । त्यसका लागि पहिलो संसदबाट नै विधेयक पारित गर्न आवश्यक छ । संसदमा विचाराधीन विधेयकलाई पारित गर्न ढिलाइ गर्न हुन्न । संविधान संशोधन जस्तो संवेदनशिल विषयका लागि सरकारले विवेक पु¥याएन भने दुर्घटना हुनसक्छ । दुई तिहाइको नजिक पुगेको रास्वपाका लागि राष्ट्रियसभाको  गणित सहज छैन । तसर्थ कांग्रेस-एमाले सहितका दलहरूसँग सहकार्यको ढोका बन्द गर्न हुन्न । चुनावले नयाँ राजनैतिक नेतृत्व मात्रै ल्याएन्, जेनजी आन्दोलनपछि बाटो बिराएको संविधानले बाटो समाएको छ, संविधान सही बाटोमा हिंड्दा मुलुक लयमा हिंड्ने अपेक्षा गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij