२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी आई केयरका सेवाग्राहीलाई लुम्बिनी केबलकारमा छुट

लुम्बिनी आई केयरका सेवाग्राहीलाई लुम्बिनी केबलकारमा छुट

लुम्बिनी आई केयरका सेवाग्राहीलाई लुम्बिनी केबलकारमा छुट

लुम्बिनी आई केयरका सेवाग्राहीलाई लुम्बिनी केबलकारमा छुट

लुम्बिनी आई केयरका सेवाग्राहीलाई लुम्बिनी केबलकारमा छुट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • बुटवल । बुटवलको लुम्बिनी आई केयर सेन्टर ( आंखा उपचार केन्द्र) का सेवाग्राही ग्राहकहरुले लुम्बिनी केबलकार लि.को टिकटमा छुट पाउने भएका छन् ।

    केबलकारको टिकट दरमा छुट र दुई संस्थाबीच अन्य व्यवसायिक प्रवद्र्धन सम्बन्धी सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता अनुसार लुम्बिनी आई केयरका सञ्चालक र कर्मचारीहरुले परिचयपत्रको आधारमा केबलकारको टिकट खरिदमा २० प्रतिशत  छुट पाउनेछन् भने आई केयरमा आंखा जांच र चश्मा खरिद गर्न आउने ग्राकहले एक हजार रुपैयां बराबरको उपचारमा खर्च गरेको बिल देखाएमा पनि केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

     सेवाग्राहीले आंखा चेकजांच र चश्मा आदि खरिद गरेको दुई महिनाभित्र उक्त छुट पाउनेछन् । यस्तै केबलकारका ग्राहकले पनि टिकटका आधारमा र कर्मचारीले परिचयपत्रका आधारमा लुम्बिनी आईकेयरमा डाक्टर फी,औषधि र चश्मा खरिदमा २० प्रतिशत सम्म छुट पाउने छन् । दुबै पक्षले दिने छुट सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ । केबलकारको तर्फबाट  स्टेशन म्यानेजर डिल्लीनारायण (डिएन) कायस्थ  र लुम्बिनी आई केयर सेन्टरका तर्फबाट प्रोप्राइटर विश्वास भण्डारीले हस्ताक्षर गरेका छन् । 


    सम्झौतापछि बोल्दै केबलकारका स्टेशन म्यानेजर कायस्थले केबलकारमा आन्तरिक पर्यटक आगमन बढाउन संस्थाले विभिन्न व्यवसायिक,शैक्षिक र अन्य संघसंस्थासंग सम्झौता गरेर छुट सुविधा दिने गरेको बताए ।
    लुम्बिनी आई केयर सेन्टरका प्रोप्राइटर विश्वास भण्डारीले लुम्बिनी प्रदेशकै पहिलो र अत्याधुनिक प्रविधिको भएकाले पर्यटकको पहिलो रोजाईमा परेको लुम्बिनी केबलकारसंगको सम्झौताले आफ्ना ग्राहकहरु लाभान्वित हुने बताए ।  
      
    केवलकारले सामाजिक उत्तरदायित्व अन्तर्गत जन्मदिन परेको दिनमा जो सुकैलाई जन्म मिति खुल्ने सरकारी कागजपत्रको आधारमा निःशुल्क यात्रा, हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर दिने गरेको प्रबन्धक प्रज्ज्व्ल घिमिरेले बताए ।

    नेपालकै दोस्रो लामो लुम्बिनी केबलकारको माथिल्लो स्टेसनमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर र सय वर्षदेखि पुजाआजा हुँदै आएको दुर्गा मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ, बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हललगायत धार्मिक र पर्यटकीय संरचना छन् ।

    समुन्द्री सतहदेखि एक हजार मिटर उचाईमा रहेको बसन्तपुर डांडामा गर्मी याममा तराई भन्दा १० डिग्री सेल्सियससम्म कम तापक्रम हुने भएकाले शिलत हुन्छ भने हरियालीयुक्त र स्वच्छ शान्त वातावरणले पर्यटकलाई दिनभर घुम्ने र रमाउने वातावरण बनेको कम्पनीले जनाएको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij