२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भोलिदेखि बुटवल देवीनगरमा २४ दिने महामेला हुँदै

भोलिदेखि बुटवल देवीनगरमा २४ दिने महामेला हुँदै

भोलिदेखि बुटवल देवीनगरमा २४ दिने महामेला हुँदै

भोलिदेखि बुटवल देवीनगरमा २४ दिने महामेला हुँदै

भोलिदेखि बुटवल देवीनगरमा २४ दिने महामेला हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • बुटवल । बुटवलमा सांस्कृतिक कार्यक्रम सहितको व्यापार महामेला आयोजना हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिको आयोजनामा चैत १ देखि २५ गतेसम्म बुटवल–११ देविनगर रंगशालामा बुटवल महामेला  आयोजना हुने भएको हो । 
    शुक्रबार पत्रकार सम्मेलन गरी कम्पनीका अध्यक्ष गोबिन्द भुसालले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । आर्थिक मन्दीका कारण सुनसान हुँदै गएको बुटवल बजारलाई चलायमान बनाउने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ महामेला आयोजना गरिएको उनले बताए । 
    बुटवल उपमहानगरपालिका संरक्षक रहेको मेलामा हरेक दिन राष्ट्रिय र स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ र मेलामा आकर्षणको रुपमा बुज्र खफिफा, सिंहदरबार, धरहरा, बुद्ध मूर्तिलगायत लुम्बिनीको झल्को दिनेगरी सचिवालय निर्माण गरिने अध्यक्ष भुसालले बताए । मेलाको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
    यस्तै मेलामा जलपरी÷जलपरा कपल डान्ससहित, बाल उद्यान, सर्कस रहनेछन् भने टिकटक प्रतियोगिता तथा डान्स प्रतियोगिता  आयोजना गरिने उनले बताए ।  मेलामा विभिन्न प्रकारका १२० वटा स्टल रहने छन् । यस्तै मेला अवधिभर करिब ५ लाख दर्शक आउने र १ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष भुसालले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij