२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तेस्रो बबुवा स्मृति फुटसलको उपाधि फुटसल फेलेम चितवनलाई

तेस्रो बबुवा स्मृति फुटसलको उपाधि फुटसल फेलेम चितवनलाई

तेस्रो बबुवा स्मृति फुटसलको उपाधि फुटसल फेलेम चितवनलाई

तेस्रो बबुवा स्मृति फुटसलको उपाधि फुटसल फेलेम चितवनलाई

तेस्रो बबुवा स्मृति फुटसलको उपाधि फुटसल फेलेम चितवनलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • बुटवल। स्वर्गिय बबुवा दाइ स्मृति तेस्रो   फुटसल प्रतियोगिता २०८२ को उपाधि फुटसल फेलेम चितवनले चुमेको छ । तिलोत्तमाको लुम्बिनी फटसलमा शनिबार सम्पन्न फाईनलमा वाईल्ड बोर तिलोत्तमालाई २–१ गोल अन्तरले पराजित गर्दै चितवनलेउपाधि चुमेको हो । 
    प्रतियोगिताको उपाधिसंगै चितवनले  नगद १ लाख रुपैया, तथा उपविजेता वाईल्ड बोरले  नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । 

    प्रतियोगितामा फुटसल फेलेमका महेन्द्र कार्कि ११ गोल गर्दै  हाई स्कोरर, फेलेमकै एन्जल गुरुङ बेष्ट गोलकिपर तथा वाईल्ड बोर तिलोत्तमाका श्रीकृष्ण श्रेष्ठ सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भए। 

    एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि अमृत खड्का, आयोजक आस्था समुहको अध्यक्ष केशव पुन, सचिव सुजन पुन, हिमाल गौचन, प्रतियोगिता संयोजक भुवन श्रेष्ठ लगायतले विजयी टिम र खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितालाई बुटवल उपमहानरपालिकाले आर्थिक सहयोग गरेको थियो । यस्तै स्थानीय र विदेशमा रहेका खेलप्रेमी ले पनि सहयोग गरेका थिए । युवाहरुलाई खेलकुदमा आवद्ध गराई लागु औषध प्रयोग बाट टाढा राखी स्वस्थ जीवन जिउन सन्देश दिने उद्देश्यले आस्था समूहले हरेक वर्ष यो प्रतियोगितालाई निरन्तरता दिएको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij