२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल देवीनगरमा २४ दिने महामेला शुरु

बुटवल देवीनगरमा २४ दिने महामेला शुरु

महामेलामा सोमबार ¥यापर माइला, गायक विशाल सोनी,भुवन खड्का, गायिका विष्णु मगर, रितु मगर, सोनी डान्स ग्रुप, डान्स स्टुडियोका कलाकारको प्रस्तुति रहने सांस्कृतिक संयोजक दीपेन्द्र न्यौपानेले जानकारी दिए ।

बुटवल देवीनगरमा २४ दिने महामेला शुरु

बुटवल देवीनगरमा २४ दिने महामेला शुरु

महामेलामा सोमबार ¥यापर माइला, गायक विशाल सोनी,भुवन खड्का, गायिका विष्णु मगर, रितु मगर, सोनी डान्स ग्रुप, डान्स स्टुडियोका कलाकारको प्रस्तुति रहने सांस्कृतिक संयोजक दीपेन्द्र न्यौपानेले जानकारी दिए ।

बुटवल देवीनगरमा  २४ दिने  महामेला शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • बुटवल । बुटवलमा सांस्कृतिक कार्यक्रम सहितको २४ दिने महामेला शुरु भएको छ ।

    बुटवल–११ देविनगर रंगशालामा आयोजित महामेलाको आइतबार सांझ बुटवलका मेयर खेलराज पाण्डेयले उद्घाटन गरे ।

    फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिको आयोजनामा भएको महामेला उद्घाटन गर्दै मेयर पाण्डेयले बुटवल बजार चलायमान बनाउन मेला महोत्सवहरु निरन्तर चल्नुपर्ने बताए । उनले मेला महोत्सवमा उपभोक्ताको हितलाई प्राथमिकता दिएर सञ्चालन गर्न आग्रह गर्दै उपमहानगरको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाए । 
    आयोजक कम्पनीका अध्यक्ष गोबिन्द भुसालले चैत १ देखि २४ गतेसम्म महामेला  सञ्चालन हुने बताउंदै बुटवल बजारलाई चलायमान बनाउने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ महामेला आयोजना गरिएको बताए । 


    महामेलामा हरेक दिन राष्ट्रिय र स्थानीय कलाकारको विशेष प्रस्तुति रहने र मुख्य आकर्षणको रुपमा ब्रुज खफिफा, सिंह दरबार, धरहरा, बुद्ध मूर्तिलगायत लुम्बिनीको झल्को दिनेगरी संरचना बनेका अध्यक्ष भुसालले बताए । 


    महामेलामा जलपरी, जोडी डान्ससहित, बाल उद्यान, सर्कस ,  टिकटक प्रतियोगिता तथा नृत्य प्रतियोगिता  आयोजना गरिने उनले बताए ।  मेलामा विभिन्न प्रकारका १२० वटा स्टल रहेका छन् । मेला अवधिभर करिब ५ लाख दर्शक आउने र १ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

    उद्घाटन समारोह अघि मेलास्थलबाट पञ्चे बाजा र झांकी सहित ¥याली निस्किएको थियो । महामेलामा सोमबार ¥यापर माइला, गायक विशाल सोनी,भुवन खड्का, गायिका विष्णु मगर, रितु मगर, सोनी डान्स ग्रुप, डान्स स्टुडियोका कलाकारको प्रस्तुति रहने सांस्कृतिक संयोजक दीपेन्द्र न्यौपानेले जानकारी दिए । 

    7d3946da-8690-47c5-87b0-43de8997b6f1.jpg
    undefined

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij