२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारीले धानेको जिन्दगी

भारीले धानेको जिन्दगी

भारीले धानेको जिन्दगी

भारीले धानेको जिन्दगी

भारीले धानेको जिन्दगी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • तुल्सीराम पाण्डे
    भारी बोक्नु गाउँघरको जिन्दगीको अनिवार्यता नै हो । हिमाल र पहाडका मानिसहरु कपालमा नाम्लो राखेर पिठीउँमा भारी बोक्छन् । तराईमा टाउको माथि राखेर भारी बोक्छन् । घाँस, दाउरा बोक्ने, मलबोक्ने, खेतीपाती बोकेर घरमा लैजानु,  नुन तेल बोक्ने पहाड र तराईमा हुने कामको प्रमुख हिस्सा हो । तराइमा प्रयोग हुने लडियाले बोक्ने कामलाई सजिलो बनायो । भारतीय सिमानासँग नजिक भएको कारणले नुन, तेल समेत सजिलै पाइने भयो । यातायातको विकाससँगै भएको साइकलको प्रयोगले भारी बोक्ने कामलाई अरु सजिलो बनायो । तराईवासीलाई साइकल चलाउनु सोख र आवश्यकता दुवै बन्यो । कुनै समयमा विवाह गर्न जाँदा समेत केटा वा केटीले साइकल चलाउन जानेको छ कि छैन भनेर सोध्दथे । सबैभन्दा धेरै साइकल चलाउने जिल्ला चितवनलाई मानिन्छ ।


    पहाडतर्फको कुरा गरौँ । पाहाडको उकालो ओरालो गर्नु पर्ने कारणले जति सम्पन्न परिवार भए पनि कपालमा नाम्लो र पिठिउँमा भारी बोक्नु पर्ने हुन्छ । धेरै मानिसले आफ्नो घरको भारी बोक्दछन् भने केही मानिसले ज्यालादारी रुपमा अरुको भारी बोक्छन् । दिनदिनै पानी बोक्ने, खेती लगाउँदा हलो जुवा बोक्ने । घर बनाउँदा ढुङ्गा माटो र काठ बोक्ने, गाउँवेशीको पाई हुनेहरुको धान, मकै र गहुँका भारी बोक्ने गरेर घर चलाउँछन् । गाडीको सुविधान पुग्दासम्म पहाडका सबै मानिसहरुले नुन लिन बुटवल र अन्य आफूलाई पायक पर्ने सिमानाका बजारमा जान्थे । घरबाट  घ्यूका  टिनका भारी  लिएर आउने र नुनको भारी लिएर फर्कने गर्दथे । नजिकको मान्छे लाई ५-६ दिन र टाढाको लाई १५ दिनसम्म लाग्थ्यो ।


    ज्यालादारी रुपमा अरुको भारी बोक्नेहरुले मेलापातको काम गर्ने । छोरी चेलीको भारी बोकेर छोड्न र लिनजाने, दोकानको सामान बोक्ने । रातोमाटो र कमेरो बोकेर अन्नले साट्ने । लाहुरेको भारी बोक्ने गर्दथे । घरायसी काममा भन्दा अरु कामको भारी बोक्दा मिठो खाना  पाइने, इज्जत पनि हुने र  कमाइ  पनि धेरै हुन्थ्यो । ज्यालादारी काम गर्नेहरुले भारीकै भरमा  घर चलाए । सधँै कामपाउने र दाम चिन्नेहरुले  प्रगति  पनि देखाए । धेरैले प्रगति नभएको देख्दा  हुने खानीहरुले भरियाहरुलाई जुन दिन ग¥यो उसै दिन खायो, भोक पनि छैन, भकारी पनि छैन” भनेर हेप्दथे । भरियाहरुलाई समाजले सम्मान गर्दैनथ्यो । 


    अब केही भारी बोक्नेहरुका कुरा गरौँ । गायक जीवन शर्माले बुढो मानिसले भारी बोकेको देखेर “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको” भन्ने गीत बनाए । त्यो गीत सबै नेपालीले मन पराए । यो पङ्क्तिकार पनि बाग्लुङमा बस्दा त्यहाँ गाडी नपुग्दैबाट भारी बोक्ने पेशा गर्ने “काले दाइ” सँग कुरा गरेको थिएँ । उनले १०-११ वर्षको उमेरबाट भारी बोक्न सुरु गरेका रहेछन्, सुरुमा ३७-३८ सालमा इट्टा बनाउने ठाउँमा बालुवा बोक्ने इट्टा ओसार्दा ३०-४० रु कमाइ भएछ । त्यसपछि कृषि सामग्री संस्थानको गोदाममा लोड अनलोडका काम गर्दा ४२ सालमा दिनभरिमा ३००-४०० कमाइ हुने र तोक्वा काम गरेमा अझै धेरै हुने रहेछ । ०४५-०४६ सालमा त्यसै ठाउँमा खच्चडको भारी मिलाउँदा लाउँदा १ क्वीन्टलको ८ रु को हिसाबले दिनभरिमा १२००-१५००-२००० सम्म हुँदो रहेछ । ४० सालमा सरकारी कर्मचारीको तलब रु ४०० थियो । यो कुरा स्थानीय कर्मचारीलाई सोद्धा उनले नै तिनलाई मैले चिनेको छु । त्यतीकमाई पनि हुन्थ्यो । 


    उनका बाउ समेत धेरै बलिया थिए । मेरो तलव महिनाको ४१० रुथियो । उनले दिनमा नै ५-६ सय कमाउँथे । पछि म सरुवा भएँ भन्नुभएको थियो । २०४७ मा माल ढुङ्गामा गाडी गएपछि बजारसम्म लगेको क्वीन्टलको १०० रु हुने र दिनमा ४-५ खेप हुन्थ्यो । बिरामी बोक्दा बजारबाट बलेवा १००० देखि १५०० । बजारबाट गल्कोट लगेको ४-५ हजार र बागलुङबाट नाउँडाँडा लगेको ४-५ हजार नै हुन्थ्यो । 


    २०५१ पछि बजारमा गाडी अनलोड गरेको क्वीन्टलको ४ रु. ४-५ गाडी अनलोड गरेमा एउटा लाई ४-५ सय पर्ने । ३८-३९ सालमा नाउँडाँडाबाट भारी बोक्दा जान १ दिन, फर्कन २-३ दिन लाग्ने, बाटामा भारी बोक्ने मानिस र खच्चडको भिड हुने, पौवामा र ओडार मा बस्ने गर्नु पर्दथ्यो । ज्याला क्वीन्टलको ३०० हुन्थ्यो । २०७७ सालमा कुरा गर्दा समेत दिनको कम्तीमा २ हजार बढीमा ५ हजारसम्म कमाइ हुने बताउनु भएको थियो । कति गहुँगोसम्म बोक्नुभयो भन्दा २०७० सालमा ५ हजार लिएर प्रभु बैङ्कको २५० किलोको सेफ एक्लै बोक्नु भएको रहेछ । 


    २०७७ सालमा नै बाग्लुङ बजारमा पेशा गरेर बस्ने बुर्तीवाङ स्याउला खोलाको एकजना दिदीसँग कुरा गरेको थिएँ । उनले पनि १०-१२ वर्षबाट नै भारी बोक्न सुरु गरेको बताइन् । सुरुमा नजिकैको भारी बोक्ने र साँझ आफ्नो घरमा जाने भयो । १५ वर्ष पुगेपछि अरुसँग तानसेन गएको र भारी बोकेर १५ दिनमा घर पुगेको कुरा थाहा भयो । स्याउलाखोलाबाट हिंडेपछि बोङगादोमान, बुर्तीवाङ, तुरतुरे, रिनाम, भिमगिठे, खाल, खार लौरेसिमल, राक्से, चुल्ठेको फाँट, ठुटेपिपल चिसापानी, धारापानी, तालखोला, रिडी, अर्गली, जोर्ते, भुल्के चण्डीभञ्ज्याङ (धुरीछेडे) भएर पाल्पा पुग्ने र सोही बाटो फर्कने गर्दथे । घरबाट बाटामा चाहिने पकाउने भाँडा, ओढ्ने ओछ्याउने र डम्फो मादल समेत लिएर हिंड्थे । धेरै जना भएर कुरा गर्दै हिंड्दा बाटो काट्न सजिलो हुने, दाजुभाइ पनि सँगै हुनाले सुरक्षा हुने र बास बस्दा ३-४ हुल एकै ठाउँमा भएर झाम्रे गाउँदै हिँड्दा रमाइलो हुन्थ्यो । लामो बाटो हुनाले आफूलाई चाहिने १ दिनको खर्चको पोका बनाउने जाँदा होटलमा राखेर जाने र फर्कदा २५ पैसा गिलास चिया खाने र खर्च लिएर फर्कने ।


    गाडी नपुग्दासम्म पहाडमा घोडा खच्चड र भेडाले भारी बोक्दथे । २०५४÷५५ सालसम्म पनि भारतीय सिमानाबाट घोडाले सामान बोकेर गाडी नपुगेका ठाउँसम्म पु¥याउँथे । भन्सार गरेर लगेको सामान सदरमुकाम पु¥याउने र भरिया लगाएर गाउँमा पु¥याउँदा महँगो पर्दथ्यो । सीमाबाट सिधँै घोडा खच्चडमा लैजाँदा सस्तो पर्दथ्यो । भन्सार नगरेको सामान अवैध हुन्थ्यो । गाडी पुगेको ठाउँबाट सामान बोक्दा घोडाले ७०-८० किलो, खच्चडले ८०-१०० किलो, गधाले ४० किलो, भेडा र चाङ्ग्राले १६-२० किलो चौरीले ६० किलोसम्म बोक्दछन् । घोडा सौखिन भएर कम बोक्ने । २०७६ को अनुमानित मूल्यअनुसार घोडालाई ५० हजार खच्चड र गधालाई ३५-४० हजार भेडा च्याङ्ग्रालाई २० हजार र चौरीलाई ५० हजार पर्दछ । 


    अन्य कुराहरुमा प्यूठानमा सधैँ २ क्वीन्टल बोक्ने मानिसले राजाको सवारी हुँदा दर्शन पाएछन् । उनले २ क्वीन्टल बोकेर राजासँग उभिएर फोटो खिचाएछन् । बलियो भएको हुनाले त्यस ठाउँमा उनलाई सबैले सानो टेक्टर भन्दारहेछन् । पहाडबाट तराई बसाई सर्नेहरुले आफ्ना थाङ्नाभोटा बोकेर केटाकेटी सीत ६-७ दिन लगाएर ठाउँमा पुग्थे । सबैको जीवन दुःख गरेर र भारी बोकेर नै धानिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij