२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हाम्रो आकाश हाम्रो राजनीति र मध्यपूर्वको बमबाडी

हाम्रो आकाश हाम्रो राजनीति र मध्यपूर्वको बमबाडी

हाम्रो आकाश हाम्रो राजनीति र मध्यपूर्वको बमबाडी

हाम्रो आकाश हाम्रो राजनीति र मध्यपूर्वको बमबाडी

हाम्रो आकाश हाम्रो राजनीति र मध्यपूर्वको बमबाडी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • झपेन्द्र जिसी
    हेर्नुहोस्  आकाशतर्फ ! कुइरीमण्डल छ । त्यही अस्वस्थ वातावरणका कारण रुघा, खोकी, आँखा चिलाउने रोगहरु क्रमशः फैलिँदै छन् । सुनिन्छ काठमाडौैं शहर, उदयपुर अनि यस्तै यस्तै शहर बजार प्रदूषित बनेका छन् ।
    वास्तविक कारण के हो ? भनिएको छ–उच्च चापीय हावा, निम्न चापीय हावा । दोष प्रकृतिमाथि थोपरिएको छ, प्रकृतिलाई दोषी करार गरिएको छ । यस्तो अभियान चलिरहेको छ ।


    प्रकृति सफा, सुग्घर, स्निध्ध हुन्छ । प्रकृति कहिल्यै पनि फोहरी हुँदैन । प्रकृतिले फोहर गर्न चाहँदैन, त्यसैले प्रकृतिलाई दोषी करार गरेर उम्किन पाइँदैन ।


    किन ? किनकि रुख बिरुवा, हिमाल, पहाड, तराई, गार्ई, भैंसी, सुंगुर, कुकुर, गधा, घोडा सबै प्रकृति हुन् । चरा चुरुङ्गी पनि सबै प्रकृतिका उपज हुन् । मान्छे पनि प्रकृतिको उपज हो । यही मान्छे पनि पहिला सफा सुग्घर थियो र छ पनि मान्छेलाई प्रकृतिको सबैभन्दा बुद्धिमानी प्राणी पनि मानिन्छ । 
    किन्तु अर्काेतर्फ सबैभन्दा हिंस्रक, फोहरी यही मानव जमातबाट जन्मेको छ । 
    कसरी ? फोहरी ? कसरी हिंस्रक ?


    अनन्त इच्छा, आकांक्षाको भण्डार केही मान्छेले घातक हातहतियार निर्माण ग¥यो, पानी जहाज, राडार, ड्रोन बम गोला बारुद, निर्माण ग¥यो । यही मान्छेकै जमातबाट दानब पनि जन्मियो । पौराणिक कथाकहानी, काव्य, महाकाव्य पढे पनि यो कुरा थाहा हुन्छ । इतिहास पढ्नुस् युरोपले विज्ञान प्रविधिको विकास गरेर, हातहतियार निर्माण गरेर, विश्व बादशाह बन्न तम्सियो । बेलायतले कम्पनी सरकार बनाएर भारतलाई कब्जा ग¥यो । पोर्चुगलका कोलम्बसले अमेरिकी महादेश पत्ता लगाए । त्यो पत्ता लाग्नासाथ फ्रान्स, बेलायतलगायत अमेरिका पुगे । कब्जा गरे । आफ्ना सम्पत्ति बनाए । बेलायती कम्पनीले फ्रान्सलगायत अन्य युरोपियन देशहरुका कम्पनीलाई हटाएर अमेरिका अर्थात् युएसएको बादशाह भयो । यसैलाई साम्राज्यवाद भनिन्छ । त्यसैले बेलायतलाई साम्राज्यवादी देश भनियो । तर सन् १७७५ मा अमेरिकी स्वतन्त्रता सङ््ग्रामले बेलायती साम्राज्यवादीहरु लखेटे । बेलायतको दास अमेरिका स्वतन्त्र भयो ।


    कलकत्तालाई राजधानी कायम गरी शासन गर्दै गरेको बेलायती साम्राज्यवादीले नेपालको दार्जिलिङ्ग सिक्किम पूर्वतर्फ लुटेर लगे । यसरी नै कुमाऊँ, गढवाल, सतलज नदी पारि गढवालसम्मको जमिन पनि लुटेर कथित सुगौलीको सन्धि जाली सन्धिमार्फत् कुमाऊ, गढवाल सबै पश्चिमतर्फ लुटे । हाम्रै पाल्पा, बुटवल क्षेत्र लुट्नका लागि भारतस्थित कम्पनी सरकारले ठूलो सैन्य फौज लिएर आक्रमण गर्न आयो । तर भीमसेन थापाको निर्देशन, कंडेल उजिर सिंह थापाको नेतृत्वमा भएको प्रतिरोधी युद्धमा वीर नेपालीहरुले अंग्रेजालाई परास्त गरे । त्यसैले जितेपछि बुटवलगढीको नाम जितगढी भयो । 


    प्रिय मित्रहरु ! बेलायती साम्राज्यवादको दास र उपनिवेश बनेका संयुक्त राज्य अमेरिका हो । जसले विज्ञान प्रविधि र घातक हातहतियारको आविष्कार निर्माण गरेर बेलायती साम्राज्यवादी पाइलामा हिंड्यो । अहिले ऊ विकास, प्रजातन्त्र, मानव अधिकारको रटान लाउँदै विकासशील विकासोन्मुख देशहरुलाई ललिपप देखाउँदै ती गरिब देशहरुको प्राकृतिक साधन स्रोत कब्जा गर्न लागि नै रहेको छ ।


    उसैको नेतृत्वमा पश्चिम एसिया युरोपियन र अमेरिकनले भन्दै गरेको मध्यमपूर्वको प्यालेस्टाइन राज्यमा संसारभरिका यहुदीहरुलाई शरणार्थीको रुपमा बसोबास गराएर सन् १९४६–१९४७ मा इजरायल राज्यको स्थापना ग¥यो । प्यालेस्टाइन देशका आदिवासी प्यालेस्टाइनीहरुलाई प्रवासी वा अप्रावासीलाई झैं शरणार्थी बनाएपछि जोर्डन नदी र गाजापट्टीमा गई बसोबास गर्न बाध्य छन् ।


    यतिले मात्र नपुगेर इरायललाई आवश्यक हातहतियार, गोलाबारुद, मिसाइल, उपलब्ध गराएर, आदिवासी प्यालेस्टाइनीको करिब १ लाखका दरले सन् १९४६ देखि कत्ले आम गरिरहेको छ । 


    अमेरिकी सहयोगले उन्मत्त भएको इजरायलले प्यालेस्टाइनमा मात्र होइन, इरानमा मात्र होइन, समग्र मध्यपूर्व वा पश्चिम एसियामा प्रहार गरेको ड्रोनले बमगोलाको प्रहारले हजारौं होइन लाखौं जनधनको क्षति भइरहेको छ । अरबभूमि रगताम्य भएको छ । अरब भूमिबाट उठेको धुम कुइरोले आकाश ढाकेको छ त्यही धुम कुइरोले नेपाली शहर बजार पनि ढाकेको छ ।
    त्यसकोे असर आँखा पिरो भइरहेको छ, शारीरिक कमजोरीको अनुभूत भइरहेको छ, रुघाखोकी ज्वरो आदि समेतले आक्रान्त पारेको छ ।


    दिल्लीतिर पनि असर त त्यस्तै हो । तर, मौकाको ताक हेरेर बसेको भारतीय शासक वर्ग बोल्दैन । नेपाली शासक वर्ग पनि बोल्दैन । तर घोषणा गरिदिन्छ, आकाश धुम्म हुनुको कारण उच्च चापीय हावा र निम्न चापीय हावा हो । यसकै कारण धुम्म कुइरो बढेको र प्रदूषण बढेको छ भनिदिन्छ । मिडियाले त्यही खबर पाउँछन् । त्यही सुनाउँछन्  ! बबुरा !


    प्रिय मित्र ! साम्राज्यवादीहरु चरित्र कस्तो हुँदोरहेछ भने विकास, समृद्धि, अधिकार, उदार प्रजातन्त्रको नाम ती देशहरुलाई केही दिए जस्तो गर्ने ! ती देशमा आफ्नो अखडा (सैनिक केन्द्र) खडा गर्ने र तिनै अखडामार्फत् ती देशको प्राकृतिक साधन स्रोत कब्जा गर्ने । अनि आफ्नै खुट्टामा उभिएर विज्ञान प्रविधिका आविष्कार, कृषि र औेद्यिगकीकरणमा फड्को मार्दै गरेका देशहरुमा जातीय दङ्गा, धार्मिक दङ्गा र सामाजिक दङ्गा गराउने अनि अखडा कायम गरिएका देश वा ठाउँहरुबाट सैन्य आक्रमण गर्न । बेलायती साम्र्राज्यवादले त्यस्तै गरेको थियो । त्यही बाटोलाई पक्रेर अमेरिकाले पनि विकासशील विकासोन्मुख देशहरुमा त्यही प्रवृत्तिलाई निरन्तरता दिएको छ ।


    देखिहाल्निु भयो– स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देश भेनेजुएलाका राष्ट्रपति निकोलास माधुरोलाई रातारात अपहरण गरी अमेरिका पु¥यायो र भेनेजुएलाको राष्ट्रपति म आफैँ हुँ भनेर ट्रमले घोषणा ग¥यो । कस्तो लाज शरम नभएको । यस्ता उदाहरण सयौं छन्, आफैँले खोजेर पढौं, बुझौं । 


    हाम्रो देश नेपालमा पनि विद्युतीयकरण र विकासको नाममा एमसीसी र एमसिएमार्फत् अमेरिकी साम्राज्यवाद प्रवेश गरिसकेको छ ।
    अब नयाँ सरकार बन्दैछ । राम्रो गर्छु भनेका छन्, भने अनुसार (गरुन्) ।


    अब बाँकी छ सन्धि गर्न एसपीडी एसपीपी सन्धि गर्न नमानेकै कारण भाद्र २३ र २४ गते नेपालमा विद्रोह गराएर ओली सरकार ढालियो र निर्वाचन पनि भयो । ओली सरकार पाल्नेहरु पोल्ने जलाउनेहरु र युवा ऊर्जा सहभागिता भन्नेहरुको सरकार निकट दिनमा बन्दैछ ।


    त्यो सरकारले लामो समयको संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको पक्षमा उभियोस् ! नेपाली मतदाताको कामना त यही हो ।


    २०३० -०३१ सालमा नेपाल मुस्ताङ क्षेत्रमा खम्पा विद्रोह भयो । खम्पा भनेका दलाई लामाका चेला तिनै तिब्बती शरणार्थी थिए । उनीहरुले मुस्ताङ हाम्रो हो भन्ने दाबी गरेका थिए भने अमेरिकाले हेलिकोप्टरबाट हातहतियार मुस्ताङमा उतारेर सघाएको थियो । त्यसरी नै ती खम्पाहरुलाई नेपालविरुद्ध लड्न सैनिक तालिमसमेत दिएर सघाएको इतिहास छ ।


    अन्त्यमा तपाईं हामीले पश्चिम एसिया अर्थात् मध्यपूर्वमा युद्ध भयो भनेर मात्र पुग्दैन । त्यो युद्धको प्रभाव नेपाली आकाश र धर्तीमा नराम्ररी मडारिसकेको छ । त्यसैले राजनीतिक प्रदूषण पनि नराम्ररी फैलिएको छ । हेर्दै जाऊ आकाशितर कतिबेला ड्रोनले बम गोला बर्साउने हो केही भन्न सकिने अवस्था छैन । त्यसले हाम्रो देश नेपालमा महँगी पनि बढ्दै छ । आवश्यक इन्धनको पनि अभाव हुँदैछ । अस्वस्थ वातावरणले आँखा पनि पिरा–पिरा भइरहेका छन् । के के रोग महारोगहरु फैलिने हुन् होशियार बनौं ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij