२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डढेलो रोक्ने अभियान

डढेलो रोक्ने अभियान

डढेलो रोक्ने अभियान

डढेलो रोक्ने अभियान

डढेलो रोक्ने अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • नेपालमा हरेक वर्ष डढेलोले ठूलो धनजनको नोक्सान हुँदै आएको छ । खासगरी सुख्खायाम फागुनदेखि जेठसम्म एक गम्भीर समस्याको रुपमा देखिएको छ । डढेलोले जैविक विविधताको विनाश, वायुमण्डलमा प्रदूषण र मानव बस्तीलाई जोखिममा पार्छ । यद्यपी यसले गर्ने क्षतिको प्रष्ट लेखाजोखा नभए पनि वातावरण र मानव समाजलाई विनाशको मार्गमा पु¥याउने भएकाले रोकथामका उपायहरु अवलम्बन गरिए पनि ती उपाय कामयाव हुनसकिरहेका छैनन् ।


    नेपालमा ९६ प्रतिशत डढेलो मानवीय कारणले हुने गरेको छ ।  नयाँ घाँस पलाउने लोभमा, चुरोटका ठुटा फालेर, वनभोज जाँदा आगो ननिभाउँदा र अरिङ्गाल पोल्दा छाडेको आगोले डढेलो लाग्ने गरेको अध्ययनहरुले देखाएका छन् । डढेलो नियन्त्रण समुदायको सहभागिता विना सम्भव छैन । समुदायको सहभागिता गराइ डढेलो नियन्त्रण अभियान अघि बढाउनुपर्छ । डढेलो लाग्नुपहिले नै पूर्व तयारीका कार्यक्रमले नियन्त्रण अभियान प्रभावकारी हुनसक्छ । वनमा अग्निरेखा बनाउने र अग्निरेखामा भएका पातपतिङ्गर हटाउने बेला हो यो । रूपन्देहीको देवदहका सामुदायिक वनहरुले डढेलो नियन्त्रण अभियान चलाएका छन् । सामुदायिक वनको सक्रियताले समुदायको परिचालन गर्छ । सामुदायिक वनमा अग्निरेखा बनाउने र अग्निरेखामा पातपतिङ्गर हटाउने काम सामुदायिक वन उपभोक्ता समूहले गर्न सक्छन् ।


    वनमा सुकेका र ढलापडा काठ निकाल्न बेलैमा ध्यान दिने हो भने डढेलोको क्षति न्यूनीकरण गर्न सकिन्छ । वनमा ढलापडा काठ ननिकाल्दा हामीलाई आवश्यक काठ सहजै पाउन सकिरहेका छैनौ । अहिले विदेशबाट काठ आयात हुन थालेको छ । ढलापडा काठ निकाल्न नीतिगत समस्या भए नीतिगत सुधारमा प्राथमिकता नयाँ सरकारले दिनुपर्छ । कार्यशैलीगत विषयमा पनि सुधार गर्न आवश्यक छ । कर्मचारीलाई काम गर्दा हतोत्साहित पार्ने प्रवृत्ति मौलाउँदा नतिजामुखी काममा समस्या देखिन थालेका पनि छन् ।
    राष्ट्रिय वनमा समुदायको परिचालन सहज नभएको अवस्थामा सरकारले नै लगानी बढाउने र समुदायको परिचालनमा जोड दिन आवश्यक छ ।


     डढेलो नियन्त्रणका लागि समुदायको परम्परागत ज्ञान र सीपलाई प्रयोग गरेर अघि बढ्दा आर्थिक व्ययभार समेत कम पर्छ । समुदायको ज्ञान र सीप प्रयोग गर्दा उनीहरूलाई अपनत्व बढ्छ । कम बजेटमा पनि नतिजामुखी काम गर्न सकिन्छ । वन ऐन २०७६ मा डढेलो लगाउनेलाई क्षतिको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यो कानुनी व्यवस्थाको कार्यान्वयनलाई कडाइ गर्दा डढेलो नियन्त्रणमा बल पुग्न सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij