२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दोस्रो चौमासिकसम्म परिवर्तन गाउँपालिकाको खर्च २९.०६ प्रतिशत

दोस्रो चौमासिकसम्म परिवर्तन गाउँपालिकाको खर्च २९.०६ प्रतिशत

दोस्रो चौमासिकसम्म परिवर्तन गाउँपालिकाको खर्च २९.०६ प्रतिशत

दोस्रो चौमासिकसम्म परिवर्तन गाउँपालिकाको खर्च २९.०६ प्रतिशत

दोस्रो चौमासिकसम्म परिवर्तन गाउँपालिकाको खर्च २९.०६ प्रतिशत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मगर राेल्पामा रहेर सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछन् ।
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • रोल्पा
    रोल्पाको परिवर्तन गाउँपालिकाले आर्थिक वर्ष २०८२-०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिका अन्तर्गतका सबै वडामा क्रमशः सार्वजनिक सुनुवाई गर्ने कार्यपालिकाको निर्णयअनुसार वडा नं. ३ को थुनिकोटमा चालु आर्थिक वर्षको गतिविधिबारे सुनुवाइ गरिएको हो ।


    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म भएको खर्च विवरण प्रस्तुत गरे । ५१ करोड ६६ लाख ८ हजार ३१९ रुपैयाँ जम्मा बजेटमध्ये १५ करोड ३० लाख ८२ हजार ७६१ रुपैयाँ अर्थात् २९.०६ प्रतिशत खर्च भएको विवरण प्रस्तुत गरे । 


    जसमा चालुतर्फ १३ करोड ७९ लाख ९ हजार ९२९ खर्च भएको छ भने पुँजीगततर्फ १ करोड ५ लाख ८३ हजार ४६५ रुपैयाँ खर्च भएको कार्यक्रममा प्रस्तुत गरिएको छ ।


    सार्वजनिक सुनुवाइमा स्थानीयले दोस्रो चौमासिकसम्म पनि खर्च अनुपात निकै कम रहेको टिप्पणी गर्दै परम्परागत ‘असारे विकास’लाई रोक्नुपर्ने सुझाव दिएका थिए । ‘चालु आर्थिक वर्षमा ३० प्रतिशत भन्दा धेरै खर्च नभएको देखियो, यो त्यति राम्रो होइन’ स्थानीय शिक्षक सूर्यप्रकाश डाँगीले भने–‘आर्थिक वर्षको अन्तिमतिर मात्र खर्च बढाउने परम्परालाई तोड्नुपर्छ, यसतर्फ गाउँपालिका चनाखो बनोस् ।’ उनले शिक्षकलाई समयमै तलब खुवाउने वातावरण बनाउनुपर्ने माग गरे । अर्का शिक्षक मिनबहादुर डाँगीले तलब सम्बन्धित शिक्षकको खातामा जाने व्यवस्था गर्न सुझाव दिए ।


    त्यस्तै स्थानीय ज्योतीप्रकाश चन्दले कृषकलाई समयमै मल, बिउ उपलब्ध गराउनुपर्ने बताए । विषादी नहुँदा कृषि उत्पादकत्व वृद्धि हुन नसकेको भन्दै स्थानीय भिमबहादुर केसीले कृषकले उत्पादन गरिरहेका कृषि उपजहरु रोग किराका कारण क्षतिग्रस्त रहेको बताउँदै गाउँपालिकाको कृषि शाखाले विषादीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

     
    सार्वजनिक सुनुवाइमा सहभागी राजेन्द्र डाँगीले गाउँपालिकाको जेसीबी आवश्यकताका आधारमा सबै वडामा पु¥याउनुपर्ने बताए । वडाको सर्पलोटे क्षेत्रमा अहिलेसम्म जेसीबी नपुगेको बताउँदै सडक सुधारका निम्ति गाउँपालिका अझै चनाखो बन्नुपर्ने बताए । 
    उनले टोलस्तरबाट छनोट भएर जाने योजनाहरु गाउँपालिकाको बजेटमा नसमेटिएको गुनासो गरे । ग्रामीण भेगका कच्ची सडकहरु निकै जोखिमपूर्ण रहेको र धेरैजसो घुम्तीहरु साँघुरो रहेकाले निर्माण व्यवसायीलाई मापदण्डअनुसार काम गराउनुपर्ने स्थानीय भिमसेन थापाले माग गरे ।


    गाउँपालिकाको समग्र कामलाई व्यवस्थित गर्न हरेक नागरिकको भूमिका हुने बताउँदै स्थानीय युवा खुमबहादुर रिजालले खोलाका तटीयक्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा रोक लगाउनुपर्ने बताए । उनले पालिकाका सार्वजनिक जग्गाहरुमा व्यक्तिहरुले व्यवसाय गरिरहेको बताउँदै त्यस्ता प्रयोजनलाई रोक्ने वा नियमन गर्नुपर्ने उनको भनाइ थियो ।


    स्थानीयको जिज्ञासालाई गाउँपालिकाका विषयगत शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले सम्बोधन गरेका थिए । शिक्षा शाखा प्रमुख बालराम वलीले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षामैत्री वातावरण निर्माण गरेको बताए ।


     कृषि शाखा प्रमुख भिमकुमारी बुढाले मलका लागि छनोट भएको सहकारीले बेवास्ता गरेका कारण समयमा पु¥याउन नसकेको स्वीकार गरिन् । सार्वजनिक सुनुवाइ उठेका समग्र विषयलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुकबहादुर बुढाले विद्यालयकै ढिलासुस्तीका कारण कहिलेकाँही तलब त्रैमासिकरुपमा पुग्न नसकेको बताए । 


    उनले शिक्षक ऐन पारित गरेर नियमावली बनाउने चरणमा रहेको र त्यसपछि शिक्षा क्षेत्रको समग्र समस्या व्यवस्थापन हुने जानकारी दिए । विद्यालय समायोजनका कुरामा केही छलफल चलाइए पनि विद्यालयकै अटेरीका कारण समायोजनको कुरा अगाडि बढ्न नसकेको बताए ।


    कृषि क्षेत्रमा हालसम्म उत्पादनमै जोड दिए पनि अहिले उत्पादन व्यापक भएको र त्यसको बजारिकरण र मूल्य समायोजनमा केही समस्या देखिएको अध्यक्ष बुढाले जनाए । मूल्य समायोजनको काम सकिएको र बजारिकरणको समस्यालाई न्यूनीकरण गर्न पहल भइरहेको उनको भनाइ छ । गाउँपालिकाले चिस्यान केन्द्र स्थापनाका लागि पनि काम गरिरहेको उनले बताए ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij