२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा जिल्ला आर्थिक गणना कार्यालय उद्घाटन

बुटवलमा जिल्ला आर्थिक गणना कार्यालय उद्घाटन

बुटवलमा जिल्ला आर्थिक गणना कार्यालय उद्घाटन

बुटवलमा जिल्ला आर्थिक गणना कार्यालय उद्घाटन

बुटवलमा जिल्ला आर्थिक गणना कार्यालय उद्घाटन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • बुटवल । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहने राष्ट्रिय तथ्याङ्क कार्यालयको जिल्ला आर्थिक गणना कार्यालय रूपन्देही ख बुटवलमा उद्घाटन भएको छ । रूपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले बुटवल देविनगरस्थित वडा कार्यालयको भवनमा स्थापना भएको कार्यालय उद्घाटन गरेका हुन् ।

    सो अवसरमा बोल्दै नित्ति प्रमुख जिल्ला अधिकारी उपााध्यायले राष्ट्रलाई चाहिने तथ्यांकहरु मध्ये आर्थिक तथ्यांक अति महत्वपुर्ण हुने भन्दै सही तथ्यांकका आधारमा मात्रै सही नीति र कार्यक्रम बनाउन र प्रभावकारी कार्यान्वयन गर्न सकिने बताए ।

    बुटवल वडा नं ११ का वडाध्यक्ष रामचन्द्र खनालले उपमहानगरपालिका र वडाको तर्फबाट कार्यालयलाई आवश्यक पर्ने सहयोग गरिने प्रतिवद्धता जनाए ।

    जिल्ला आर्थिक गणना कार्यालय रूपन्देही खका कार्यालय प्रमुख तथ्यांक अधिकृत नन्दलाल कुर्मीले रुपन्देहीमा भैरहवा र बुटवल गरी दुई स्थानमा कार्यालय स्थापना भएको जानकारी गराउंदै बुटवल कार्यालयले बुटवल उपमहानगर तथा देवदह र तिलोत्तमा नगरपालिकामा रहेका व्यवसायिक फर्म तथा प्रतिष्ठानहरुको तथ्यांक संकलन गर्ने बताए ।

    बुटवल कार्यालयमा ७५ जना गणक र १२ जना सुपरिवेक्षक तथा भैरहवा कार्यालयमा ८४ जना गणक र १२ जना सुपरिवेक्षक फिल्डमा खटिने कुर्मीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij