२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भाटभटेनी भैरहवाका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा छुट

भाटभटेनी भैरहवाका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा छुट

भाटभटेनी भैरहवाका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा छुट

भाटभटेनी भैरहवाका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा छुट

भाटभटेनी भैरहवाका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा छुट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • भैरहवा । भाटभटेनी सुपर मार्केट भैरहवाका ग्राहक तथा सञ्चालक, शेयर सदस्य र कर्मचारीहरुले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन् ।

    भाटभटेनीको भैरहवा शाखा र लुम्बिनी केबलकार लि बीच मंगलबार छुट सम्बन्धी  सम्झौता  भएको हो । सम्झौता अनुसार भाटभटेनी भैरहवामा एक हजार रुपैयां बराबरको सामान खरिद गर्ने ग्राहकले एउटा कुपन पाउने छन् । उक्त कुपन २ महिनाभित्र लिएर आउने ग्राहकले लुम्बिनी केबलकारको ७५० रुपैयांको टिकट दरमा २० प्रतिशत छुट पाउने छन् ।

    सम्झौतापत्रमा लुम्बिनी केबलकारका तर्फबाट स्टेशन म्यानेजर डिएन कायस्थ सैंजू र भाटभटेनी भैरहवाका शाखा प्रबन्धक कुमार मैनालीले हस्ताक्षर गरेका छन् । 
    एक हजारको सामान खरिदमा एउटा कुपन पाए अनुसार ग्राहकहरुले दुई हजारको सामान किन्दा दुई वटा र एवं रितले खरिद अनुसार  छुट कुपनहरु पाउने केबलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले बताए ।

    यस्तै भाटभटेनीका सञ्चालक, शेयर सदस्य र कर्मचारीहरुले पनि केबलकारकोटिकट दरमा २० प्रतिशत छुट पाउने छन् । 


    केबलकारका स्टेशन म्यानेजर कायस्थले बजार प्रवद्र्धनका लागि संस्थाले विभिन्न व्यवसायिक,शैक्षिक र अन्य संघसंस्थासंग सम्झौता गरेर छुट सुविधा दिने गरेको बताए ।
     भाटभटेनी भैरहवाका शाखा प्रबन्धक कुमार मैनालीले लुम्बिनी प्रदेशकै पहिलो र नेपालको दोस्रो लामो लुम्बिनी केबलकारसंगको सम्झौताले भाटभटेनीका ग्राहकहरु लाभान्वित हुने बताए ।  
      
    आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको गरी डेढ अर्ब लगानीमा सञ्चालित  केवलकारमा  साढे दुई वर्ष बढी अवधिमा करिब पांच लाख पर्यटक भित्रिएको कम्पनीका लेखा प्रमुख राजन लम्सालले बताए । केबलकारमा आन्तरिक संगै भारत उत्तर प्रदेशका विभिन्न शहरबाट आउनेको संख्या उल्लेख्य रहेको छ ।  


    केवलकारको माथिल्लो स्टेशनमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर र सय वर्षदेखि पुजाआजा हुँदै आएको दुर्गा मन्दिर,जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ, बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हललगायत धार्मिक र पर्यटकीय संरचना बनेकाले पर्यटकलाई दिनभर घुम्ने र रमाउने वातावरण बनेको छ । 


    केवलकारले जन्मदिनमा निःशुल्क यात्रा, हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघसंस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवर्धन गरिरहेको छ । 

     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij