२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चुनौती सामना गर्न चाहिन्छ योजनाबद्ध पहलकदमी

चुनौती सामना गर्न चाहिन्छ योजनाबद्ध पहलकदमी

चुनौती सामना गर्न चाहिन्छ योजनाबद्ध पहलकदमी

चुनौती सामना गर्न चाहिन्छ योजनाबद्ध पहलकदमी

चुनौती सामना गर्न चाहिन्छ योजनाबद्ध पहलकदमी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • मध्यपूर्वमा चर्केको द्वन्द्व तत्काल साम्य हुने स्थिति नहुँदा त्यसको मारमा नेपाल परेको  छ । अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकीसहित अन्य देशका सैन्य शिविरहरूमा जवाफी हमला भइरहँदा विश्वको अर्थतन्त्रलाई असर  गरिरहेको छ ।  युद्ध चर्किदै जाँदा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइसकेको छ । त्यसले नेपालीको भान्सादेखि यातायात आवागमनसम्म असर देखिइसकेको छ । मध्यपूर्वमा युद्ध चल्दा नेपालको अर्थतन्त्रले गम्भीर धक्का व्यहोर्ने भएकाले सम्भावित जोखिमको सामनाका लागि सरकारले तत्काल कदम नचाल्ने हो भने मुलुकले मूल्य चुकाउनुपर्ने निश्चित छ ।


    नेपालको अर्थतन्त्रको एउटा मुख्य आधार रेमिट्यान्स हो । प्रत्येक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, खाडी क्षेत्रका मुलुकबाट मात्रै कुल रेमिट्यान्सको ४२ प्रतिशत रकम आउँछ । यसका कारण संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, कुवेत, बहराइनलगायत देशमा रहेका नेपाली श्रमिकको रोजगारीमा असर पर्न सक्छ । वैदेशिक रोजगारी गुम्दा त्यहाँबाट आउने रेमिट्यान्स घट्दै जान सक्छ । खाडी क्षेत्रका मुलुकहरूमा युद्ध चर्कदै गए नेपाल आउने पर्यटकको संख्यामा भारी कटौती हुनसक्छ, जसले कोभिडपछि तङ्ग्रिदै गरेको पर्यटन क्षेत्र पुनः थला पर्न सक्छ । नेपाल आउने पर्यटकमध्ये तेस्रो ठूलो संख्या अमेरिकी पर्यटकको छ । गत फेब्रुअरी महिनामा अमेरिकाबाट सात हजार ५१५ जना पर्यटक आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । उनीहरू विशेषगरी यूएई र कतारको विमानस्थललाई ट्रान्जिट बनाएर नेपाल आउने भएकाले अब आगमन समस्या छ । इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकासहित अन्य देशका सैन्य शिविरमा आक्रमण गरेयता यूएई र कतारका ठूला विमानस्थल प्रभावित छन् । 


    नेपालको कुल वैदेशिक व्यापारमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ को सात महिना (साउन–माघ)मा पेट्रोल, डिजेल र एलपीजीको आयातका लागि एक खर्ब ३९ अर्ब १० करोड १८ लाख रुपैयाँ खर्चिएको छ । त्यसमध्ये ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र ३१ अर्ब ८५ करोड नौ लाख रुपैयाँको एलपीजी आयात भएको छ । इन्धनको मूल्य बढ्दा नेपालले भुक्तानी गर्नुपर्ने रकम पनि बढेको छ । जसले देशको व्यापार घाटाको आधार झन् फराकिलो बनाउने छ । इन्धन आयातकै लागि ठूलो रकम खर्च गर्नुपर्दा त्यसको प्रत्यक्ष असर देशको शोधनान्तर स्थिति (देशमा भित्रिने र देशबाट बाहिरिने रकमबिचको अन्तर) र विदेशी मुद्रा सञ्चितिमा पर्छ । इन्धनको आयात गर्दा विदेशी मुद्राबाटै भुक्तानी गर्नुपर्छ ।


    आन्तरिक उत्पादन कमजोर र रेमिट्यान्समा टिकेको अर्थतन्त्र दबाबमा पर्नु अस्वभाविक पनि होइन् । अहिलेको दबाबलाई योजनाबद्ध सामना गर्दा दीर्घकालीन हितका लागि काम गर्न सकिन्छ, त्यो अवसर पनि हो । समग्र पक्षको विश्लेषण गरी आन्तरिक उत्पादन वृद्धि, रोजगारी श्रृजना र सरकारको फजुल खर्च नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन रणनीति र योजना बनाएर सरकारले काम थाल्न ढिलाइ गर्न हुन्न । नयाँ राजनैतिक नेतृत्व चयन भइसकेको, तर सरकार गठन नभइसकेकोले केही दिन पर्ख र हेरको अवस्थामा अहिलेको अर्थमन्त्रालयको राजनैतिक र कर्मचारी नेतृत्व देखिन्छ । तर घटनाको दबाबले पर्ख र हेरको अवस्था छैन । छिटो निर्णय गर्नुपर्ने विषयमा राजनैतिक नेतृत्व कुरेर बस्ने होइन, अहिले नै कतिपय कामको खाका बनाएर अघि बढ्न सकिन्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij